शुक्रबार, बैशाख १४, २०८१ | Friday 26th April 2024

सगुनका संस्थापक गिरीको भारतीय उच्च नेतृत्वसँग भेट


नयाँ दिल्ली: सोसल कमर्श साइट सगुनको बारेमा भारतीय सरकारले चासो राखेको छ। भारतीय राजनीतिक नेतृत्वदेखि नीतिगत निर्णय गर्ने नेतृत्व तहले सगुनका बारेमा चासो राखेको हो। भारतीय सरकारको नीति निर्माण र कार्यान्वयनमा सहयोग गर्ने ‘थीङ्क ट्याङक’ संस्था नीति आयोगले भारतमा समेत कार्यालय राखि सञ्चालनमा आइराखेको स्टार्ट अप कम्पनी सगुनलाई भारत सरकारका तर्फबाट आवश्यक सहयोग गर्न तयार रहेको बचन दिएको छ।

सगुनका संस्थापक गोविन्द गिरीसँगको भेटमा भारतीय नीति आयोगका प्रमुख कार्यकारी अधिकृत अभिताभ कान्तले भारत सरकार सगुनलाई कुनै पनि किसिमको सहयोग गर्न तयार रहेको बताए। भेटमा कान्तले भने, ‘सगुनका भावी योजना र परियोजनाहरुमा भारतीय सरकारका तर्फबाट आवश्यक सहयोग रहनेछ।’

भारतमा नरेन्द्र मोदी नेतृत्वको सरकारलेस्टार्ट अप कम्पनीहरुलाई प्रवर्दनात्मक कार्यक्रम ल्याएको छ। नीति आयोगले पनि ‘स्टार्ट अप इण्डिया कार्यक्रम ‘ मार्फत स्टार्ट अप कम्पनीहरुलाई नीतिगत र अन्य व्यवहारिक सहयोग गर्दै आएको छ।
आयोगका प्रमुख कार्यकारी अधिकृत कान्तसँगको भेटमा सगुनका सहसंस्थापक स्वाती दयालको पनि उपस्थिति थियो। यसअघि सगुनका संस्थापक गिरीले भारतीय केन्द्रीय गृहमन्त्री राजनाथ सिंह र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग पनि भेट गरेका थिए।
भारतीय सरकारका दुवै उच्च नेतृत्वसँगको भेटमा उहाँहरुले सगुनको योजना र लक्ष्यका बारेमा जानकारी लिनुभएको थियो।अमेरिकामा स्टार्टअप कम्पनिका रुपमा स्थापना भएको सोसल कर्मश साइट सगुन भारतमा समेत कार्यालय खोलेर काम गर्दै आएको छ।सगुनले भारतमा आफ्नो कार्यालयमा डिजाइन र डेभ्लपमेन्टको काम गर्दै आएको छ।

स्टार्ट अप कम्पनीका रुपमा भारतमा समेत शुरु भएको सगुनलाई सफल बनाउन भारतीय सरकारको तर्फबाट दिनुपर्ने सबै किसिमका सुविधा दिन भारत सरकार तयार रहेको भारतीय गृहमन्त्री राजनाथ सिंहले बताए।
सगुनले सर्वसाधारणलाई शेयरमा लगानी गर्न अवसर दिएकोमा पनि सिंहले खुसी व्यक्त गर्दै दक्षिण एशियामा पनि स्टार्ट अप कल्चरलाई वढावा दिनुपर्ने आफ्नो राय राखेका थिए।

पहिलो चरणमा लगानी गर्न नपाएका र छुटेकाहरुलाई सगुनले अहिले दोस्रो चरणमा शेयरमा लगानी गर्ने अवसर समेत दिएको छ। यो अवसर केहि दिन मात्र रहने कम्पनीले जनाएको छ।

अमेरिकामा शुरु भएपनि सगुनमा नेपाली मूलका संस्थापक भएको जान्न पाउँदा आफूलाई खुसी लागेको जनाउँदै सिंहले सगुनको सफलता नेपाली मूलको एक नेपालीको मात्र नभइ दक्षिण एशियाकै आम नागरिकको सफलतासँग जोडिएको बताए।

सिंहले सगुनको सफलतामा भारतीय सरकारको तर्फबाट हुन सक्ने सबै किसिमको सहयोगका लागि आफूहरु तयार रहेको बताए।गिरीसँगको भेटमा भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले भारत सरकारका तर्फबाट सगुन जस्ता स्टार्ट अप कम्पनीहरुको प्रवर्द्धनमा सहयोग गर्ने आश्वासन दिए।
भारतीय उच्च नेतृत्वसँग भएको भेटले आफू निकै उत्साहित भएको उल्लेख गर्दै सगुनका संस्थापक गिरीले स्टार्ट अप कम्पनीहरुलाई बढावा दिने भारतीय नीतिबाट आफू प्रभावित भएको बताए।

सगुन आफ्नो एन्ड्रोइड भर्सनको मोवाइल एप ल्याउने अन्तिम तयारीमा जुटिरहेको छ। भारतबाटै सार्वजनिक हुने सो मोवाइल एप पछि प्रयोगकर्ता बढ्ने अपेक्षा सगुनले गरेको छ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top