शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

गौमुखी गाँउपालिकाले बालविकास केन्द्र खारेज गरेपछि …….


प्युठान,२४ माघ ।
तपाई तस्बीरमा देख्नुहुन्छ स्कुलमा पढ्ने उमेर पुगेका बालबालिकाहरु धुलोमा खेलिरहेका छन् । बालबालिकाहरुको यो अबस्था गौमुखी ६ लिवाङको हो । कहि नभएको जात्रा हाँडी गाउँमा भनेझै राज्यले एकातिर शैक्षिक विकासको नारा दिने तर माबि तह सम्मको शिक्षाको जिम्वेवारी लिएको स्थानीय गौमुखी गाउँपालिका सरकारले गाउँमै रहेको बाल बिकास विद्यालय खारेज गरेर जनभावना कुल्चने काम गरेको छ । गाँउपालिकाले विद्यालयमा दरबन्दी अनुसार आवश्यक विद्यार्थी संख्या नपुगेको कारण देखाइ विद्यालय नै खारेज गर्ने निर्णय लिएपछि बालविकास केन्द्रमा अध्ययन गर्ने बालबालिकाको बिचल्ली हुन पुगेको छ ।
गौमुखी गाउँपालिका–६ लिवाङ डाफ्लेमा रहेको बालसुधार बालविकास केन्द्रलाई प्रावि संगै खारेज गरिएपछि त्यहाँ रहेका २१ जना बालबालिकाहरु अहिले शैक्षिक पहुँचबाट बिमुख भएका छन् ।
हामीलाई प्राप्त जानकारी अनुसार डाफ्लेमा २०५२ सालदेखी १ देखी ३ सम्म बालसुधार प्राथमिक विद्यालय सञ्चालन हुँदै आएको थियो । सो विद्यालयमा २०६३ सालदेखी बालबिकासको समेत पढाई सुरु भयो । २०७० सालमा प्रावि विद्यालयको खारेज भएपनि बालविकासको भने पढाई भई रह्यो तर बालविकासको पनि गत वर्ष गाउँपालिका अध्यक्ष, विद्यालय निरिक्षक लगाएतले अनुगमन गरि बिद्यार्थी नै नभएको भन्दै ०७६ सालबाट पढाई नहुने बताए । सोही अनुसार गत बैशाख देखि बालविकास केन्द्रको खारेज गरिएको छ ।
बिद्यालय खारेजी संगै बालबालिकाहरुले खेल्दै ,सिक्दै पढ्दै आएको बालबिकास केन्द्र खारेज गरिदा बालबालिकाहरु पढाईबाट बन्चित भएका छन् । भौतिक संरचना भएर पनि स्थानिय बालबालिकाले पढन नपाउने समस्या उत्पन्न गराइएको स्थानीयहरुको गुनासो छ । विद्यार्थी कम भएको भन्दै बालविकास खारेज हुँदा यस क्षेत्रका बालबालिकालाई पढाईमा समस्या भएको स्थानिय अभिभावक पदम केसीले बताए । यस क्षेत्रको बालविकास गौमुखी गाउँपालिका ४ पुँजा स्थित बालजीवन सुधार आधारभुत विद्यालयमा गाभिएको छ । तर यस क्षेत्रका बालबालिकाहरु उक्त विद्यालयमा पुग्नका लागि ३ घण्टा पैदल हिडनुपर्छ । त्यस्तै गौमुखी गाउँपालिका ७ नारीकोटमा पनि बालविकास केन्द्र रहेता पनि उक्त स्थानमा जान समेत बीचमा झिमरुक खोला रहेकाले त्यहाँ समेत बालबालिका जान नसकेको उनले बताए । साना बालबालिकाहरुलाई बालविकास केन्द्र अपायक हुदा पढाईमा बन्चित भएको उनले बताए । उनले भने,–‘ बालविकास केन्द्र नहुँदा बालबालिका थुलो खेलाएर बस्ने काम भईरहेको छ । ’ गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरीले अनुगमनमा गएको बेला बिद्यार्थीको आबश्यक न्यूनतम संख्या नदेखिएका कारण बालबिकास केन्द्र खारेजीको निर्णय लिनु परेको बताए । त्यस्तै शिक्षा बिकास तथा समन्वय इकाइ प्रमुख शिव पण्डितले अभिभावकहरु प्रक्रिया सम्मत ढंगले आएमा पुनः सचालन गर्न सकिने बताए । यता यस अघि सो बिद्यालयको शिक्षक अभिभावक संघका अध्यक्ष रहेका देब बहादुर बोहोराले बिद्यालय पुनः स्थापनाका लागि १८ जना बिद्यार्थीको संख्या सहित गाँउपालिकामा निवेदन पेश गर्न जाँदा गाँउपालिका शिक्षा शाखा प्रमुख रहेका ओमहरी पोखरेलले निवेदन नै दर्ता गर्न अस्वीकार गरेको गुनासो पोखे ।

 अभिभावक भेला  !
यसरी गाँउपालिकाले बिद्यार्थी संख्या नपुगेको कारण देखाउदै आएपनि अभिभावकहरुले भने उमेर पुगेका बालबालिकाको सूची सहित सरोकारवालाहरुको ध्यानाकर्षण गराएका छन् । खारेजीको निर्णय सरासर यस क्षेत्रका जनताको भावना बिपरित कार्य भएकाले शिक्षाको अधिकारबाट बन्चित गराउने कार्य आफूहरुको लागि सह्य नहुने ्अभिभावकहरु बताउछन् ।
पुनस्थापना गरिदिन स्थानीय अभिभावकको माग
डाफ्लेका स्थानीयले बालसुधार बालविकास केन्दलाई पूर्ववत अवस्थामा नियमित सञ्चालन गरिदिन गौमुखी गाउँपालिका, जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्युठान, सामाजिक विकास मन्त्रालयमा निवेदनका साथ अनुरोध गर्ने अभिभावक भेलाले निर्णय गरेको छ । यहि माघ ६ गते बसेको अभिभावक भेलाले उक्त निर्णय गरेको अभिभावक केसीले बताए ।

 अभिभावक भेलाबाट भएका निर्णयहरु !


ंं

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top