शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

उत्कृष्ट बिद्यार्थी उत्पादन गर्दै स्वर्गद्वारीको छैठौ उत्सव


नेत्र खनाल प्युठान
प्युठान र दाङको सिमानामा सरुमारानी २ स्थित ददेरी रहेको स्वर्गद्वारी ईग्लिस बोडीङ स्कुलले बुधबार स्थापनाको छैठो बार्षिक उत्सव मनाएको छ । स्कुलकी शिक्षिका करिस्मा एम सि को संञ्चालन बाट अगाडि बठेको समारोहको अध्यक्षता बोडिङ स्कुलका बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बासुदेब पोख्रेलले गरेका थिए भने समारोहका प्रमुख अतिथि सरुमारानी गापा २ न।

वडाका वडा अध्यक्ष भानुभक्त भुसाल ले गरेका थिए १ राष्ट्रिय गान तथा बिद्यालयका प्रिन्सिपल मोहन पोख्रेलको स्वागत मन्तब्यबाट अगाडि बडेको समारोहका प्रमुख अथिति भुसालले बोडिङ स्कुलले उत्कृष्ट बिद्यार्थी उत्पादन गर्दै किर्तिमानी कायम गरेको र गुणस्तर युक्त पढाईमा कोसेढुङा साबित गरेको बताएका थिए

उक्त समारोहकोमा निवर्तमान ब्यबस्थापन समितिका अध्यक्ष मोतिराम पोख्रेल जनज्योतिका प्र।अ बिष्णु खनाल पत्रकार नेत्र खनाले स्थापना दिवसको शुभकामना ब्यक्त गरेका थिए भने स्थापना दिवसको अबसरमा सुगर ईम्फेक्सन भै खुट्टा गुमाएकि सरुमारानी २ गहना निवासी भुमि सुनारलाई बिद्यार्थी ले जन्मदिन तथा खाजा बाट बचाई जम्मा गरेको आर्थिक रकम रु ११ हजार ८ सय ८० उपचार खर्च बिद्यालय बाट सहयोग प्रदान गरिएको थियो भने उक्त बिद्यालयमा अध्यनरत रुपक पंन्थिले नेपालकै उत्कृष्ट गण्डकी बोडिङ स्कुल पोखरामा नाम निकाल्न सफल भएको हुदा बिद्यालय बाट पुरस्कार तथा संम्मान गरिएको थियो भने उक्त बिद्यालयले कक्षा ५ सम्म अध्यापन गराई रहेको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top