शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

शैक्षिक सुधार गर्न विद्यालय प्रशासनको मूख्य भूमिका हुनुपर्ने ः नगरप्रमुख कक्षपति


प्युठान, ७ फागुन ।
प्युठान नगरपालिकाका नगरप्रमुख अर्जुनकुमार कक्षपतिले शैक्षिक सुधार गर्न विद्यालय प्रशासनको मूख्य भूमिका हुने बताएका छन् । मंगलबार मुक्ति माध्यामिक विद्यालय रातामाटाको ६८ औं वार्षिकउत्सव तथा अभिभाभक भेलामा नगरप्रमुख कक्षपतिले उक्त कुरा बताएका हुन् । विद्यालय सरस्वती र विद्याको मन्दिर भएकाले शैक्षिक सुधारमा विद्यालय प्रशासनले ध्यान दिनुपर्ने उनले बताए । विद्यालय प्रशासनलाई विद्यालय व्यवस्थापन समिति,अभिभावकले सहयोग गर्नुपर्ने उहाँको भनाई थियो । ठूला कुरा गर्दैमा, एक अर्काका कुरा काट्दैमा शिक्षा सुधार हुदैँन, कक्षपतिले भने,–‘शिक्षा सुधारका लागि सबै एकढिक्का हुन आवश्यक छ ।’
प्युठान नगरपालिकाले नगरक्षेत्रभित्रका सामुदायिक विद्यालयको सुधारका लागि निर्णय सहित योजनाहरु अगाडी सारेको नगरप्रमुख कक्षपतिले बताए । नगरपालिकाले शैक्षिक सुधारका लागि तीन वर्षे शिक्षा योजना समेत निर्माण गरि शिक्षाको स्तर बढाउने चरणमा रहेको उनले बताए । शिक्षा योजना मार्फत भौतिक पूर्वाधार, शिक्षाको गुणस्तर बृद्धि , एक वडा एक नमुना विद्यालय, प्रविधिमैत्री विद्यालय बनाउनका लागि चालु आर्थिक वर्षमा कामहरु भईरहेको उनले बताए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका कक्षपतिले विद्यालयमा बालमैत्री व्यवहार नहुनु, अनुशासनको पालना नगरिनु, योजना निर्माणमा ध्यान नदिनु, सम्पर्क समन्वयमा ध्यान नदिनाले गुणस्तरीय शिक्षा दिन नसकेको बताउँदै विद्यालय प्रशासन, विद्यालय व्यवस्थापन समिति र विद्यार्थीलाई यसमा ध्यान दिन आग्रह गरे ।
निशुल्क शिक्षाका लागि फागुन महिनाभर रकम फिर्ता गरिने

फोटो क्याप्सन ः कार्यक्रममा आफ्नो मन्तव्य राख्दै नगरप्रमुख अर्जुनकुमार कक्षपति ।
तस्बिर ः सागर रिजाल
प्युठान नगरपालिकाले चालु आर्थिक वर्षमा नगरक्षेत्रभित्र रहेका सामुदायिक विद्यालयमा निशुल्क शिक्षा दिने निर्णय भएअनुसार यसको फागुन महिनाभर कार्यान्वयन हुने नगरप्रमुख कक्षपतिले बताए । नगरपालिकाले आन्तरिक श्रोतबाट रकम फिर्ता दिने निर्णय भएअनुसार शैक्षिक सत्रको सुरुवाती चरणमा पैसा नभएकोले रोकिएको बताउदै कक्षपतिले अब यसलाई छिटै विद्यालयलाई रकम फिर्ता गरिने बताए ।
नगर क्षेत्र भित्रका ५२ वटा विद्यालयहरुमा एक देखी १० कक्षा सम्म निशुल्क शिक्षा दिनेका लागि भर्ना अभियानका उठाइएको शुल्क फिर्ता दिने उनले बताए । सामुदायिक विद्यालयबाट १० हजार विद्यार्थीबाट उठाइएको ६३ लाख रुपैया फिर्ता गरिने नगरप्रमुख कक्षपतिले बताए ।
प्युठान नगरपालिका ३ मा अवस्थित मुक्ति माध्यामिक विद्यालयमा कक्षा ९ देखी १२ सम्म प्राविधिकधार तर्फ सिभिल ईन्जिनियरिङ, २०७४ सालदेखी कक्षा १ र २ अग्रेजीमाध्यमबाट पठनपाठन भएको प्रधानाध्यापक योगेन्द्रबहादुर जिसीले बताए । चालु शैक्षिक सत्रमा विद्यालयमा एक हजार एक सय १२ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयको खातामा एक करोड ७१ लाख ३४ हजार दुई सय २४ रुपियाँ रहेको छ भने कुल भौतिक सम्पती चार करोड, ६६ लाख १९ हजार दुई सय ६० रुपिँया बराबरको रहेको समेत प्रधानाध्यापक जिसीले बताए ।

फोटो क्याप्सन ः बार्षिकउत्सव कार्यक्रममा सहभागी अभिभावक, विद्यार्थीहरु
तस्बिर ः सागर रिजाल
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख, विद्यालयका पूर्वप्रधानाध्यापक, अभिभावक, शिक्षक, विद्यार्थीको उपस्थिती रहेको थियो । पूर्व प्रधानाध्यापक शेरबहादुर बस्नेत र टंकबहादुर खड्काले विद्यालयको थप प्रगतिको शुभकामना व्यक्त गरेका थिए । बार्षिक उत्सवकै अवसरमा विद्यार्थीलाई पुरुस्कार समेत वितरण गरिएको थियो । भुजा पुरुस्कारबाट निश्चल श्रेष्ठ, तेज सुमित्रा स्मृति पुरुस्कारबाट कुश्मा थापामगर, कुलप्रसाद पार्वता स्मृति पुरुस्कारबाट कुश्मा थापामगर, कुलप्रसाद पार्वता स्मृति पुरुस्कारबाट रविन्स केसी, ढुण्डीराज खिमादेवी स्मृति पुरुस्कारबाट राजेश केसी, दुर्गा केसरी स्मृति पुरुस्कारबाट सम्झना धामी, थम्मनन पदमा एण्ड कर्मा अवार्डबाट बाबुराम पोख्रेल र रोहिणीराज स्मृति पुरुस्कारबाट अस्मिता जिसी पुरस्कृत हुनुभएको छ । यसैगरि शिक्षकहरु तेजमणी पोख्रेल, लोकराज थापा र भगवता केसीलाई पनि पुरस्कृत गरिएको थियो ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top