शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

माण्डवीमा विद्यार्थीलाई प्रोत्साहन स्वरुप शैक्षिक सामाग्री वितरण


प्युठान,१६ फागुन ।
माण्डवी गाउँपालिका जस्पुर प्युठानको आयोजनामा गरिब,विपन्न, दलित र जेहेन्दार विद्यार्थीलाई प्रोत्साहन स्वरुप शैक्षिक सामाग्री वितरण गरिएको छ । शुक्रवार मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमको सहयोगमा शैक्षिक सामाग्री वितरण गरिएको हो । पालिकाका आधारभुत र माध्यामिक गरि २६ वटा विद्यालयबाट गरिब,विपन्न, दलित र जेहेन्दार विद्यार्थीलाई प्राथमिकताका आधारमा सामाग्री वितरण गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष श्रीधर रोकाको अध्यक्षतामा एक औपचारिक कार्यक्रम गरि ७५ जना विद्यार्थीलाई एक हजार बराबरको झोला र स्टेशनरी सामाग्री हस्तान्तरण गरिएको हो । त्यस्तै शैक्षिक सत्र २०७५ मा कक्षा ५,८,१० र १२ कक्षामा उत्कृष्ट अंक ल्याई उर्तीण हुने विद्यार्थीलाई पनि प्रमाणपत्र र शैक्षिक सामाग्री वितरण गरिएको छ । कक्षा १२ मा प्रथम,दृतिय र तृतिय हुनेलाई क्रमसः ७,६,५ हजार बराबरको शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो । त्यस्तै कक्षा १० मा प्रथम,दृतिय र तृतिय हुने विद्यार्थीलाई क्रमस ः ७,६,५ हजार बराबरको शैक्षिक सामाग्री वितरण गरिएको मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमका सहजकर्ता हेमराज अधिकारीले जानकारी दिनुभयो ।
कक्षा ८ मा प्रथम,दृतिय र तृतिय हुने विद्यार्थीलाई क्रमसः ५,४, ३ हजार बराबरको शैक्षिक सामाग्री वितरण गरिएको छ । र कक्षा ५ मा प्रथम,दृतिय र तृतिय हुने विद्यार्थीलाई क्रमस ः ४,३,२ हजार बराबरको सामाग्री वितरण गरिएको सहजकर्ता अधिकारीले जानकारी दिनुभयो । त्यस्तै समावेशी तर्फ प्रथम,दृतिय हुने विद्यार्थीलाई पनि शैक्षिक सामाग्री वितरण गरिएको छ । जसमा कक्षा १२ र १० मा प्रथम र दृतिय हुनेलाई क्रमश ः ७ र ६, कक्षा ८ मा प्रथम र दृतिय हुनेलाई क्रमशः ५ , ४ र ५ कक्षामा प्रथम र तृतिय हुने विद्यार्थीलाई ४ र ३ हजार रुपिँया बराबरको शैक्षिक सामाग्री वितरण गरिएको हो ।


साथै माण्डवी गाउँपालिकाको आर्थिक सहयोगमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम,दृतिय र तृतिय हुने २३ जना विद्यार्थीलाई जुत्ता,डे«स, जर्सी र प्रमाणपत्र वितरण गरिएको हो । पालिका अध्यक्ष श्रीधर रोका, उपाध्यक्ष मुगा पुन, प्रमुख प्रशासकीय अधिकृत शिसिर रिजाल, स्वास्थ्य शाखा प्रमुख धुव्र पोख्रेल, शिक्षा शाखा प्रमुख पूर्णबहादुर केसीले विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्नुभएको हो ।
शैक्षिक सामाग्री वितरण गर्दै अध्यक्ष रोकाले शैक्षिक गुणस्तर बृद्धिका लागि पालिकाले कुल बजेटमध्य ३३ प्रतिशत बजेट शिक्षामा विनियोजन गरेको बताउनुभयो । वित्तिय समानीकरणको १ करोड र वित्तिय समानिकरण तर्फ १० करोड गरि ११ करोड बजेट शिक्षामा विनियोजित भएको छ । शिक्षा क्षेत्रमा नमुना गाउँपालिका बनाउन विभिन्न शैक्षिक योजना बनाएर कार्यान्वयन उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,–‘दिगो विकास लक्ष्य प्राप्तीका लागि ,जनचेतना विकासका लागि शैक्षिक विकासमा ध्यान दिएका छौँ । ’
गरिब, विपन्न र जेहेन्दार विद्यार्थीलाई शिक्षाको मुलधारमा ल्याउन प्रोत्साहनका कार्यक्रमहरु सञ्चालन भईराखेको उहाँले बताउनुभयो । हामी चुनावमा जुनसुकै पार्टीबाट सफल भएपनि अहिले राजनीति भज्दा पनि समृद्ध बनाउने अभियानमा रहेकाले शिक्षकहरुलाई शैक्षिक क्षेत्र सफल बनाउन अध्यक्ष रोकाले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो,–‘विद्यार्थीको भविश्य उज्वल बनाउनलाई ध्यान दिनुस ।’
त्यस्तै माण्डवी गाउँपालिकाले शैक्षिक सुधारकै लागि विद्यालय समय भित्र शिक्षक र विद्यार्थीलाई मोबाईल प्रयोगमा प्रतिबन्ध लगाएको छ । गाँउपालिकाको केहि सिमय पहिले बसेको कार्यपालिका बैठकले शैक्षिक गुणस्तर बृद्धिका लागि विद्यालयमा मोबाईल फोन प्रयोगमा निषेध गरिएको गाउपालिकाले बताएको छ । शिक्षक एवं बिद्यार्थीले बिद्यालय समयमा मोबाईल फोन प्रयोग गर्न नपाईने बारे विद्यालयलाई परिपत्र गरिसकेको जनाईएको छ ।


मोबाईलको प्रयोगले पठनपाठन र शिक्षा आर्जनमा प्रभाव पारेकोले नियमनका लागि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शिशिर रिजालले बताउनुभयो । विद्यालयमा पढाउदा शिक्षण सिकाई विधि सिक्ने भन्दा पनि फेसबुक र युबटुब चलाएर समय दुरुपयोग गरेको जनगुनासो बढेपछि नियमनका लागि मोवाइल रोक लगाईएको उहाँले बताउनुभयो । पालिका क्षेत्र भित्र रहेका २६ वटा विद्यालयमा निर्देशन दिएको उहाँले बताउनुभयो । पाँच वटा माध्यामिक विद्यालयमा ईन्टरनेट जोडिएको छ भने अरु विद्यालयमा ईन्टरनेट नजोडिएको उहाँले बताउनुभयो ।
चालु आर्थिक वर्षमा शैक्षिक विकासका लागि भवन निर्माणका काम, शिक्षक ,विद्यार्थी,अभिभावकलाई प्रोत्साहन भत्ता, गरिब विद्यार्थीलाई छात्रवृति, बालविकास केन्दहरुमा टिभी जडान, गरिब र जेहेन्दारलाई छात्रवृति वितरण, सिसाकलम, कलम समेत किन्न नसक्नेलाई स्टेशनरी बैंक सञ्चालन, माध्यामिक तहका प्रधानाध्यापकलाई तलबको ५ प्रतिशत भत्ता दिईने छ । त्यस्तै पालिकाले शिक्षा गुणस्तरीय बनाउनका लागि शिक्षक नभएका विद्यालयमा २५ जना शिक्षकहरुलाई भर्ना गरेको समेत उहाँले बताउनुभयो ।
पत्रकार सागर रिजालको सहयोगमा

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top