शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

आज देखी दादुरा –रुबेला खोप अभियान सुरु २२ हजार ८ सय २४बालबालिकालाई खोप दिइदै



प्रकाश बैद्य
प्यूठान ÷ प्युठानमा आज आइतवारदेखि दादुरा –रुबेला विरुद्धको खोप अभियान सुरु भएको छ ।
दादुरा– रुवेला खोप अभियान २०८०÷०८१ सफल पार्न जिल्ला स्वास्थ्य कार्यालयका साथै सवै स्थानीय तहहरुमा खोप समन्वय समितिको बैठक एवं सरोकारवालाहरु संग अभिमुखीकरण कार्यक्रम सम्पन्न भई आजदेखि १९ गतेसम्म जिल्ला भर खोप अभियान सञ्चालन हुन थालेको हो । खोप अभियानको शुभारम्भ शहरी स्वास्थ्य केन्द्र दाखाक्वाडीबाट गरिएको छ । जिल्ला खोप समन्वय समितिको आयोजना तथा प्यूठान नगरपालिकाको समन्यमा गरिएको उक्त स्वभारम्भ कार्यक्रममा प्यूठान नगरपालिका नगरप्रमुख बिष्णु बहादुर योगीले गरेका थिए । शुभारम्भ कार्यक्रम खोप समन्वय समितिका संयोजक धरम बहादुर जिसीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
आज देखि थालिएको यो अभियानमा ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिकाहरुलाई दादुरा– रुवेला रोगविरुद्ध खोप दिइने भएको छ । जिल्लाका २७३ वटा खोपकेन्द्रवाट खोप दिइने स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।
अभियानका सन्दर्भमा बुधवार स्वास्थ्य कार्यालय प्यूठानले सञ्चारकर्मी एवं सरोकारवालाहरुमाझ अभिमुखीकरण गोष्ठी आयोजना गरी अभियानमा जनशक्ति परिचालन,अभियानको उद्देश्य,लक्षित संख्या ,सरोकारवालाहरुले खेल्नु पर्ने भुमिका लगायतका वारेमा जानकारी गराएको थियो ।
जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम वहादुर जि.सी.को अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख हेमराज पाण्डेले राष्ट्रिय खोप कार्यक्रमका उद्देश्य, औचित्य र चुनौती तथा जिल्लामा खोप अभियान सञ्चालनका लागि स्वास्थ्य कार्यालयको कार्य योजनाको साथै दादुरा विग्रदा हुन सक्ने विभिन्न रोगहरुका बारेमा जानकारी गराएका थिए ।

प्रत्येक बालबालिकाहरुलाई बच्चा जन्मे देखि नै खोप दिन सुरु गरीने भएकाले बच्चाले नियमित खोप सात पटकमा नौ वटा खोप पाउने जसवाट १३ प्रकारका रोगवाट बँच्न सकिने स्वास्थ्य कार्याल्य प्रमुख पाण्डेले बताए । अभियानको तयारी स्वरुप प्यूठान जिल्लामा स्थानीय तहका स्वास्थ्य शाखाका २१ जना तथा ६४ वडाका स्वास्थ्य संस्था प्रमुखहरुलाई अभिमुखीकरण गरिएको,स्थानीय स्तरमा १ सय ६८ जना खोप दिने स्वास्थ्यकर्मीहरुलाई अभिमुखीकरण गरिएको ,जिल्लाको लक्षित जनसंख्या २२ हजार ८ सय २४ जना बालबालिकाहरुलाई खोप लगाउनका निमित्त २५ हजार ५ सय डोज खोप र आवश्यक खोप सामाग्री व्यवस्थापन गरिएको ,स्थानीय तह तथा वडाहरुमा खोप समन्वय समितिको अभिमुखीकरण गरिएको, घरधुरी सर्भेक्षण गरी खोप लगाउन निमन्त्रण कार्ड प्रदान गरिएको, समेत कार्यालय प्रमुख पाण्डेले जानकारी दिए ।


सन् २०२६ सम्म नेपाललाई दादुरा रोगलाई शुन्य अवस्थामा ल्याउने भनिए पनि गत वर्ष तराइका केही जिल्लाहरुमा महामारीको रुपमा फैलिएर चुनौती थपिएकोे कार्यालय प्रमुख पाण्डेले बताए । ‘गत वर्ष घरधुरी सर्वेषण गर्दा जिल्लामा १ सय ३ जना बालबालिकाहरुले पुरा खोप नलाएको भेटिएको थियो ।’ उनले भने–‘बालबालिकालाई लगेर भारत जाने कसैले उतै जन्माएर आउने यो प्रक्रियाले गर्दा खोप लगाउन छुट्ने गरेको हो ।’ यस मध्ये जिल्लामा ४ जना बालबालिकाले कुनैपनि खोप नलगाएको भेटिएको पनि उनले बताए ।
दादुरा रोग लागेमा ज्वरो आउने, रुगाखोकी लाग्ने, आँसु आउने, शरीरमा एकैनासको राता विविरा आउने, जटिल अवस्थामा निमुनिया हुने र मृत्यु समेत हुन सक्ने, छिटो फैलिने र खोप नलगाएको अवस्थामा एक जनाले १८ जनासम्म सार्न सक्ने भएको सबै बालबालिकालाई खोप लगाउनबाट बञ्चित नगराउन प्रमुख पाण्डेले आग्रह गरेका छन् । भ्याक्सिन भनेकै भाइरस विरुदमा शरिरलाई मजबुद बनाउनकका लागि प्रयोग गरिने हुंदा नकारात्मक भ्रामक कुराको पछी नलागी बालबालिकाहरुलाई खोप अभियानमा सहभागि गराउन सबै अभिभावकहरुलाई कार्यालय प्रमुख पाण्डेले अनुरोध गरेका छन् ।
फागुन १३ गते देखि चैत्र ७ गते भित्र देशैभर अभियानको रुपमा सञ्चालन हुने खोप अभियानमा प्यूठानका ९ वटा स्थानीय तहहरुमा २२ हजार ८ सय २४ जना बालबालिकालाई खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top