शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

नव बर्षको अवसरमा बिजयनगरद्धारा बनभोज तथा क्यालेण्डर बिमोचन



प्यूठान, आफ्ना नियमित गतिबिधिलाई प्रभावकारी बनाउदै बढेको प्यूठान नगरपालिका –३ वडा कार्यालय तथा सापडाँडा मेला ब्यवस्थापन समितिको संयुक्त आयोजनामा नव बर्षको अवसरमा आज शुभकामना आदान प्रदान सहित बनभोज कार्यक्रम सम्पन्न गरिएको छ । सापडाँडा मेला ब्यवस्थापन समितिका अध्यक्ष किरण खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नयाँ बर्षको क्यालेण्डर बिमोचन समेत गरिएको थियो । संबिधान सभा सदस्य नारायण प्रसाद अधिकारीको प्रमुख आतिथ्यता तथा ३ नं वडा अध्यक्ष एवम प्यूठान नगरपालिकाका प्रबक्ता सुमनराज श्रेष्ठको बिशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा मानव अधिकारकर्मी रबिन्द्र केसी र किरण केसी सहित बिजयनगरवासीको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले प्यूठान नपा –३ स्थित बिजयनगरको एउटा ऐतिहासिक सन्दर्भ रहेकोतर्फ औल्याउदै समाजका हरेक गतिबिधिमा वडावासीको बीचमा आपसी एकता र सदभाव जीवन्त रहनुपर्ने खाँचो औल्याउदै वडालाई आगामी दिनमा उन्नत बनाउन नयाँ बर्षले प्रेरणा दिने कामना गरेका थिए । अत्यन्तै सौहाद्रपूर्ण बातावरणमा सेती पोखरीमा आयोजित बनभोजको मंच कार्यक्रमलाई वडा सचिव ध्वज बहादुर केसीले संचालन गरेका थिए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top