शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

आजको युवापुस्तालाई उत्पादनसंग जोड्नेमा नै मेरो मुख्य ध्यान छ



प्रकाश बिष्ट राप्ती गाउँपालिकाको अध्यक्ष । लुम्विनी प्रदेशको प्रादेशिक राजधानीको भूगोलभित्र रहेको राप्ती गाँउपालिकाको अध्यक्षको जिम्मेवारीमा रही काम गर्दैगर्दा अहिले २ बर्ष बितेको छ । यो ब्यतित अबधिमा टेक्दैगर्दा अध्यक्ष बिष्टले बिहानीको संकेत दिउसोले गर्दछ भने झै कामको छनक देखाइसकेका छन् । कार्यसम्पादन मुल्याँकनका दृष्टिले दाङमा अब्बलता त छदैछ । समग्र लुम्विनी प्रदेशका एक सय नौ पालिकामध्येमा उनले आफ्नो उदाहणीयता प्रदर्शन गर्न सफल भइसकेका छन् । अहिले अध्यक्ष बिष्ट र उनको टीमबाट आफ्नो कार्यक्षमता प्रदर्शन हुनुमा राप्तीवासी जनताले गौरवको अनुभूति गरेको पाइन्छ । त्यसो त उनले फरक काम गरेका छैनन् गरेका छन् त केवल फरक शैलीले । राप्तीमा युवा र महिला उद्यमशीलतामा पहिला यसैगरी उत्पादन साथमा अनुदान हातमा, जेष्ठ नागरिकका लागि गाँउगाँउमा बिशेषज्ञ सहितको स्वास्थ्यसेवा केही उदाहरणमात्रै हुन् । अवको बाँकी कार्यकालमा ५ हजार उद्यमी तयार गर्ने र नयाँ पुस्तालाई उत्पादनसंग जोड्ने उद्धेश्यका साथ ब्यक्तिगत रुपमा भने स्वार्थरहित भई राप्तीवासी जनताको सेवामा जोडिएका राप्ती गाँउपालिका अध्यक्ष प्रकाश बिष्टसंग सम्पादक सुशील पोखरेलले गर्नु भएको कुराकानीका सम्पादीत अंशहरु ः
१) स्थानीय तहको जिम्वेवारी सम्हालेको करिव २ बर्ष बित्दैछ यो अबधिमा आइपुग्दा यहाँको अनुभूति कस्तो रह्यो भन्ने लाग्छ ?
पालिकाको नेतृत्वमा रहेर जनताको सेवा गर्न पाँउदा अत्यन्तै खुशी छुँ । कतिपय कुराहरु जनताले अपेक्षा गरे अनुसार गर्न सकिएको छैन तथापी जनताको हक अधिकार सुनिश्चितता तथा समग्र बिकास प्रक्रियामा खेल्नुपर्ने भूमिकामा अहोरात्र खट्ने काम भएको छ । नयाँ अनुभूति अनि नयाँ कामले नयाँ सिकाई प्रदान गरेको छ ।
२) यहाँको कार्यकालमा भएका मुख्य उपलब्धि के के छन् ?
अहिले सम्म आइपुग्दा नेतृत्व सम्हालेको २२ महिना बितेको छ । राप्ती गाँउपालिका लुम्विनी प्रदेशको प्रादेशिक राजधानी क्षेत्रभित्र रहेकाले तुलनात्मक रुपमा बढी भूमिका खेल्नुपर्ने नै हुन्छ । हामीले लक्षित गरेका योजना अनुसार स्वास्थ्य, शिक्षा भौतिक पूर्वाधार कृषि सहकारी उद्यमशीलता जस्ता क्षेत्रमा केही उदाहरणीय काम गर्न सफल भएका छौं । बिकास भनेको एकै दिनमा झवाट्टै परिणाम देखिने होइन । हामीले चालेका सकारात्मक पहलुहरु र यसको परिणाम जनताको नजरबाट मुल्याँकन हुने नै छ ।
३) हजुरले भने जस्तै स्वास्थ्य, शिक्षा, कृषि लगायतका क्षेत्रमा गरेका ठोष उपलब्धिहरु बुँदागत रुपमा भन्नु पर्दा के के होलान् ?
यो त प्रष्टै छ नी स्वास्थ्य क्षेत्र हेर्नु हुन्छ भने भालुवाङ र सिसनीया अस्पतालमा मेडिकल अफिसर सहितको ब्यवस्था गरी २४ संै घण्टा स्वास्थ्य सेवाको ब्यवस्था गरिएको छ । सुरक्षित प्रसुति सेवाको लागि वडा नं ९ जावुनेमा स्वास्थ्य इकाई गठन गर्ने काम भएको छ । वडा वडामा रहेका जेष्ठ नागरिकहरुका लागि शिविरको रुपमा बिशेषज्ञ सहितको ब्यवस्था नियमित रुपमा गरिएको छ । यस्तै आधारभूत अस्पताल स्थापना,एम्वुलेन्स सेवा लगायतका कार्यमा हाम्रो ध्यान गएको छ । यस्तै शिक्षा तर्फ पनि केही उल्लेख्नीय कार्य भएका छन् ।
बिद्यालयहरुमा सीपमूलक तथा जीवनोपयोगी शिक्षाको सुनिश्चितता गर्ने कार्यमा लागेका छौं । बिद्यार्थीहरुका लागि पढ्दै कमाउदै कार्यक्रम थालिएका छन् । यस्तै बिद्यालयहरुमा स्काउट गठन गरेर बिद्यार्थीहरुलाई अनुशासित र स्वावलम्बी बनाउन भूमिका खेलिएको छ । उच्च माबिहरुमा प्रबिधियुक्त शिक्षाको ब्यवस्था, शिक्षा उपलब्ध गराउने काम भएको छ । बिकट दुरदराजमा रहेका बिद्यालयहरुमा कक्षा बिस्तार गर्ने कार्य भइरहेका छन् । साथै भौतिक पूर्वाधारतर्फ हेरयो भने बिद्यालयहरुमा भित्री ग्रामीण सडकहरुमा कालोपत्रे गर्ने काम नियमित रुपमा अगाडि बढेका छन् । यस्तै सडक मानव ब्यवस्थापन गर्ने देखि राप्तीका युवा र महिला उद्यमशीलतामा पहिला भन्ने कार्यक्रम अगाडि सारेका छौं । यसै शिलशिलामा पशुपालनतर्फ बाख्राका लागि पकेट क्षेत्र देखि बिभिन्न सरसफाईका कार्यक्रमहरु पनि नियमित रुपमा हुँदै आएका छन् । हामीले आजका बिद्यार्थीहरुलाई उत्पादनशीलतामा जोड्नका लागि प्राथमिकताका साथ लागि परेका छौंं । यसमा खासगरी कृषि खेतीमा बिद्यार्थीहरुलाई जोड्ने काम भएको छ । जस्तै सुर्योदय माविले धान खेती गरेर १ लाखको बिक्री भयो, त्यस्तै टमाटर उत्पादन, मौरी घार, देैनिक आबश्यक पर्ने खाजा निर्माण, बिद्यार्थीलाई कपाल काट्ने सीप सिकाई जस्ता काम भएका छन् । भने उत्पादन साथमा अनुदान हातमा कार्यक्रम संचालन गरेर दुध उत्पादन गर्नेलाई प्रति लि. ४ रुपैया अनुदान, तरकारी खेती गर्नेलाई प्रति कट्ठा रु २ हजार उपलब्ध गराउने काम भएको छ । जग्गा लिजमा लिएर खेती गर्नेलाई करार शुल्क उपलब्ध गराउने गरिएको छ । यस्तै कृषि एम्बुलेन्स, चिस्यान केन्द्र स्थापना लगायतका काम गरेर स्वरोजगारीका अवसर सृजना गर्न लागि परेका छौं । यस्तै बन बातावरणका लागि पनि हामीले ध्यान दिएका छौं । आँप, अम्वा लगायतका फलफूल बृक्षारोपण गरेर भबिष्यमा फलफूलका माध्यमबाट आत्मनिर्भर बनाउने र बातावरणयीय पक्षलाई हरित क्षेत्रको रुपमा बिकास र बिस्तार गर्न लागि परेका छौं । यस्तै पर्यटनमा जोडिएर पार्क बनाउने काममा लागेका छौं । पोखरी निर्माण पनि गरेका छौं । यी लगायत आबश्यक क्षेत्र र पक्षमा जोडिएर उच्च प्राथमिकताका साथ इमान्दारितापूर्वक निर्वाह गर्नुपर्ने भूमिकामा हामी सदैव प्रयत्नशील छौं ।
५) अहिले सम्मको कार्यप्रगतिले एउटा आशाको संचार गरेको महशुस त देखियो अवको बाँकी कार्यकालका मुख्य प्राथमिकताहरु के के छन् होला ?
अबश्य नै अहिले सम्मका उपलब्धिको जगमा टेकेर हामीले योजना अगाडि सारेका छौं । यसमा मुख्यतः प्रादेशिक राजधानी क्षेत्र भएकाले राजधानीको बिकासका लागि बाटाहरु कालोपत्रे गर्ने, यहाँका न्यूनतम ५ हजार युवाहरुलाई उद्यमी बनाउने, शिक्षामा गुणस्तरीयता प्रदान बृद्धि गरेर सवैलाई ढुक्क संग पढ्ने बतावरण निर्माण गर्ने, त्यस्तै नागरिकहरुलाई सर्वसुलभ स्वास्थ्य पहँुच पुरयाउने देखि नयाँ पुस्तालाई उत्पादनसंग जोड्ने र जीवनोपयोगी शिक्षाको अवसर सृजना गर्नु नै मुल कर्तब्य ठानेका छौं ।
६) अनि समस्या तथा चुनौतिहरु केही नदेख्नु भएको हो ?
त्यसो होइन हामीसंग इच्छाशक्ति अदम्य छ । हामीसंग योजना छन् , आबधिक योजना निर्माण पनि गरिएको छ तर आन्तरिक राजश्वको कमी हुनु र स्रोत साधनको अभावले सोंचेजति काम हुन नसक्नु नै मुख्य चुनौति छ ।
७) अन्तमा, थप केही छ ?
देख्नु भएकै छ हाम्रो यो पालिकाले कार्यसम्पादन मुल्याँकनमा दाङमा श्रेष्ठता कायम गरेको छ । यो हामी पालिकामा कार्यरत जनप्रतिनिधि र कर्मचारीबीचको सामुहिक एकता र काम गर्ने दृढ इच्छाशक्तिको परिणाम हो । यसलाई थप पृष्ठपोषण गर्नका लागि यहाँहरुले आफ्ना संचारमाध्यमबाट भए गरेका गतिबिधिको उजागर गर्ने र काम गराईमा केही कमजोरी छन् भनेपनि रचनात्मक सुझाव हाम्रा लागि मार्गदर्शक हुनेछ । हाम्रो पालिकाको गतिबिधिमा केन्द्रित रहेर लोकप्रिय पत्रिका हाम्रो एकतामा केही बिचार राख्ने मौका दिनु भएकोमा यहाँलार्इ धन्यबाद ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top