शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

गौमुखिमा गौमुखी फेडेरेसनको पाचौं महाधिवेशन सम्पन्न



बिगत झन्डै २ दशक देखि गौमुखी क्षेत्रमा कृयाशिल रहँदै आएको विभिन्न संघ संस्थाहरुको नेतृत्व गर्दै आएको छाता संगठन “गौमुखी फेडेरसन” को पाचौं महाधिवेशन पुजामा सम्पन्न भएको छ।
बि.सं.२०६४ मा गौमुखी क्षेत्रका अर्खा,रजवारा,पुजा,खुङ्ग,नारिकोट,लिवाङ्ग र गुल्मिको अग्लुङ्ग समेत तत्कालीन सात गा.बि. स. मा कृयाशिल संघ संस्थाहरुको साझा संगठन गौमुखी फेडरेसनको स्थापना भएको थियो।
यस फेडरेसनको निति र बिधान अनुसार प्रत्येक २-२ बर्षमा यसको कार्यकाल समाप्त भइ चकृय प्रणाली अनुसार अर्को गाउँ (वडा) का संघसंस्थालाई नेतृत्व हस्तान्तरण गर्ने नीति छ।हाल बिगतमा यस क्षेत्रको कृयासिल संस्था तिखाचुली युवा क्लब रजवाराले पुजाका तीन क्लब-तामाखानी युवा क्लब,पुजा साकुदायिक कल्याण सेवा र डा. गौतम न्याउपाने फाउन्डेसन लाई संयुक्तरूपमा नेतृत्व हस्तान्तरण गरेको छ।यहि फागुन २१ गते सम्पन्न महाधिबेसन को अध्यता गौमुखी गाउँपालिकाका उपाध्यक्ष महाबिर राना,बिशिस्ट अतिथिहरुमा युनेसीन सर्बोच्च पार्षद तथा गौमुखी फेडेरेसनका संरक्षक अग्निधर चन्द बोहोरा,प्युठान उद्योगले बाणिज्य संघका पुर्ब अध्यक्ष ज्ञामुराम न्याउपाने लागायत गाउँपालिकाका विभिन्न जनप्रतिनिधि तथा क्लब,संघसंस्थाका पदाधिकारी तथा प्रतिनिधि हरुको बाक्लो उपस्तिथि थियो।सो महाधिवेशनले संघसंस्थाहरुलाइ थप कृयासिल बनाइ फेडेरेसनको मुल्य मान्यता अनुरुप अघि बढने,पर्या पर्यटन सम्बन्धि रचनात्मक कार्य अघि बढाउने,पर्यावरण र जलबायु परिबर्तनको असर न्यूनीकरण सम्बन्धी कार्य गर्ने,भु- संरक्षण र जलाधार क्षेत्रको संरक्षण गर्न बृक्षारोपण गर्ने जस्ता सातवटा विभिन्न निर्णयहरु गर्दै महाधिवेशन सप्पन्न भएको हो।
तिखाचुली युवा क्लबका अध्यक्ष माधब कुमार कार्कीकोअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन सोही क्लबका सचिबले गर्नुभएको थियो भने बिबश बिस्टको स्वागत मन्तब्य रहेको थियो।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top