शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

पठन संस्कृतिको बिकासमा पहल लिंदै संजोग ट्रेडर्सले गर्यो शुभकामना आदान प्रदान



प्यूठान, योगदानका दृष्टिले सामाजिक क्षेत्रमा अद्धितीय पहिचान कायम राख्दै आएका संजोग ट्रेडर्स प्यूठानका संचालक श्री अर्जुन कुमार कक्षपतिले गतबर्ष देखि नयाँ बर्षको पहिलो दिन गर्दै आएको शुभकामना आदान प्रदान कार्यक्रमलाई यसबर्ष पनि निरन्तरता दिएका छन् ।
पठन संस्कृतिको बिकास गरौं भन्ने मुल नाराका साथ आयोजित कार्यक्रमले सहभागीहरुमा आजको पुस्ताले पठन संस्कृतिका पक्षमा बिशेष ध्यान दिनुपर्नेमा चेतना जागृत गरेको छ भने अर्कोतर्फ धन भएर पनि समाजसेवाका लागि मन नभएका आजका स्वार्थी समाजलाई कक्षपतिको सामाजिक योगदानले गतिलो सवक सिकाएको छ ।
पुण्य कमाउन दान धर्म गरौं, प्रतिष्ठा कमाउन सामाजिक सेवा गरौं यी कमाउन उद्योग ब्यवसाय गरौं भन्ने मुल सन्देश दिएको कार्यक्रमको प्रमुख आतिथ्यता समाजसेवी ब्यक्तित्व तथा आम प्यूठानीका ढुकढुकी डा. लेखराज सुवेदीले गरेका थिए । प्रमुख अतिथि सुवेदीले बोल्दै संजोग ट्रेडर्सका निमित्त प्रोप्राइटर तथा संचालक अर्जुन कक्षपतिको योगदान प्यूठानवासीका लागि प्रेरणादायक तथा उल्लेख्नीय रहेको बताए । साथै उनले अवको पुस्तालाई सकारात्मक दिशामा बढाउन अनि ज्ञान चेतनाको महत्व दर्शाउन समकालीन पुस्ताले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । यस्तै कार्यक्रममा सम्मानित साहित्यकार देवेन्द्र रिजाल,ओम शान्ति अभियानकी भवानी भट्राई, साहित्य परिषद प्युठानकी अध्यक्ष बिमला खनाल, पत्रकार महासंघका सचिव प्रकाश बैद्य लगायतका बक्ताहरुले अहिलेको समयमा पठन संस्कृतिका क्षेत्रमा आएको बिचलनका बिषयमा चर्चा गर्दै आम सरोकारवालाहरुको यसतर्फ ध्यान जानुपर्नेमा जोड दिएका थिए ।
यसै बीच बिगतमा जस्तै प्यूठानको साहित्य तथा लेखनका क्षेत्रमा उल्लेख्य योगदान पुरयाउदै आएका अग्रज ब्यक्तित्वद्धय कमल पोखरेल र देवेन्द्र रिजालका साथै जेष्ठ नागरिक गंगादेवी भण्डारी र फन प्रसाद भण्डारीलाई सम्मान गरिएको थियो । यसैगरी शैक्षिक सत्र २०८० मा प्यूठान नगरपालिकामा रहेका शिक्षण संस्थाबाट कक्षा ८ को नतिजामा उत्कृष्ट नतिजा हासिल गर्ने बिद्यार्थीहरु नेरामावि टारीका बिराट पाण्डे र अनुज पाण्डेलाई शैक्षिक सामगी र प्रमाण पत्र सहित पुरस्कृत गरिएको थियो । कार्यक्रमको अवसरमा अर्जुन कक्षपतिले नेरामावि टारीको भवन निर्माणका लागि रु १० हजार बरावरको सहयोग रकम हस्तान्तरण पनि गरेका छन् । स्थानीय बौद्धिक ब्यक्तित्वहरुको उत्साहजनक सहभागितामा स्थानीय बाल प्रतिभाहरुको नृत्यले आकर्षक बनेको कार्यक्रमको अध्यक्षता आयोजक अर्जुन कक्षपतिले गरेका थिए भने संचालन पशपतिलाल श्रेष्ठले गरेका थिए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top