शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

कोभिड –१९ विरुद्ध फाईजर बायोएनटेक खोप लगाइदै



प्यूठान , जिल्लामा कोभिड –१९ विरुद्ध फाईजर बायोएनटेक खोप लगाइने भएको छ ।
१२ बर्ष भन्दा माथिका उमेर समुहका मानिसहरुलाइ कोभिड –१९ विरुद्ध फाईजर बायोएनटेक खोप लगाउने बारे स्वास्थ्य कार्यालय प्यूठानले आज जिल्लामा क्रियाशिल सञ्चारकर्मीहरु सँग अभिमुखिकरण कार्यक्रम गरी खोप लगाउने तालिका तथा तौर तरिका बारे जानकारी गराएको हो ।
प्यूठानका नौ वटै स्थानीय तहमा खोप पूर्याइसकिएको समेत स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । खोप माघ २३ गते सम्म प्रत्येक स्थानीयतहको वडाहरुमा पुग्ने र २४ देखी २८ गते सम्म एकैचरणमा लगाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय प्यूठानका निमित्त प्रमुख मधुसुधन खड्काले बताए । खोप बाह्र वर्ष भन्दा कम उमेरकालाई लगाइने छैन । त्यसैगरी कोभिड संक्रमितलाई पनि नलगाउने तर बाह् वर्ष भन्दा माथिका उमेरकालाई लगाइने छ । खोप केन्द्रमा खोप सम्बन्ध तालिम प्राप्त स्वास्थ्यकर्मी एक जना , स्वास्थ्य स्वयम् सेविका एक जना पुरुष र महिला , प्रत्येक स्वास्थ्य सस्थाबाट ए.इ .एफ आई अनुगमनको एक जना जनशक्ति खटिनेछन । खोप वडा हुदै नजिकका विद्यालयमा पनि लगाइने छ । प्यूठानमा ४१हजार ७० फाईजर बायोएनटेक खोप आएको समेत स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । यस भन्दा पहिले यो खोप पाचँ देखी नौ वर्षसम्मका बालबालिकालाई लगाइएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंंघ जिल्ला शाखाका प्यूठानका अध्यक्ष सञ्जय रिजाल , केन्द्रिय सदस्य सुशील पोख्रेल , पूर्व अध्यक्ष गीरु प्रसाद भण्डारी , सचिव प्रकाश वैद्य तथा जिल्लमा विभिन्न सञ्चारमाध्यममा कार्यारत सञ्चारकर्मीहरुकोे उपस्थित रहेको थियो ।
स्वास्थ्य कार्यालय प्यूठानका निमित्त प्रमुख मधुसुधन खड्काको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य कार्यालयका कोल्डचेन निरिक्षक कौसलराज बैद्यले फाइजर वायोएन्टेक खोपको परिचय,खोप दिने तरिका,खोप अभियानमा परिचालन गरिने जनशक्ति विवरण,खोप केन्द्रहरुको विवरण,खोपको मात्रा ,लगायतका विषयमा प्रस्तुतिकरण मार्फत सहिजकरण गरेका थिए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top