शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

माण्डवीमा विद्यालय समय भित्र शिक्षकलाई मोवाइल चलाउन रोक


शैक्षिक गुणस्तर बढाउँदै माण्डवी गाउँपालिका

प्युठान,२१ माघ ।
प्युठानको माण्डवी गाउँपालिकाले शिक्षा क्षेत्रमा नमुना काम गरेको छ । पालिकाले अगिल्लो वर्ष देखी शिक्षा क्षेत्रमा बजेटको स्तर समेत बृद्धि गरि शिक्षाको गुणस्तर बढाएको हो । शैक्षिक सुधारकै लागि विद्यालय समय भित्र शिक्षक र विद्यार्थीलाई मोबाईल प्रयोगमा प्रतिबन्ध लगाएको छ । गाँउपालिकाको हाँलै बसेको कार्यपालिका बैठकले शैक्षिक गुणस्तर बृद्धिका लागि विद्यालयमा मोबाईल फोन प्रयोगमा निषेध गरिएको गाउपालिकाले बताएको छ । शिक्षक एवं बिद्यार्थीले बिद्यालय समयमा मोबाईल फोन प्रयोग गर्न नपाईने बारे विद्यालयलाई परिपत्र गरिसकेको जनाईएको छ ।
मोबाईलको प्रयोगले पठनपाठन र शिक्षा आर्जनमा प्रभाव पारेकोले नियमनका लागि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शिशिर रिजालले बताए । विद्यालयमा पढाउदा शिक्षण सिकाई विधि सिक्ने भन्दा पनि फेसबुक र युबटुब चलाएर समय दुरुपयोग गरेको जनगुनासो बढेपछि नियमनका लागि मोवाइल रोक लगाईएको उनले बताए । पालिका क्षेत्र भित्र रहेका २६ वटा विद्यालयमा निर्देशन दिएको उनले बताए । पाँच वटा माध्यामिक विद्यालयमा ईन्टरनेट जोडिएको छ भने अरु विद्यालयमा ईन्टरनेट नजोडिएको उनले बताए ।
अरु विद्यालय भन्दा माध्यामिक विद्यालयमा अनुगमनका क्रममा यो समस्या बढेपछि नियमन संगै शिक्षालाई गुणस्तरीय बनाउन निर्देशन दिईएको उनले बताए । पालिकाले विहान १० बजेदेखी ४ बजेसम्म मोवाइल चलाउनमा रोक लगाएको हो । शिक्षकहरुले बिहान १० बजेभन्दा अगाडी र दिउसो टिफिन समयमा भने मोवाइल चलाउन सक्निुहुनेछ । शिक्षा स्थितिमा सुधार तथा विद्यालको पठनपाठनमा गुणस्तरीयता प्रदान गर्नको लागि यस्तो निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत रिजालले बताए ।
माण्डवीमा ३३ प्रतिशत बजेट शिक्षामा
माण्डवी गाउँपालिकाले पालिकाको कुल बजेटमध्य ३३ प्रतिशत बजेट शिक्षामा विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत रिजालले बताए । वित्तिय समानीकरणको १ करोड र वित्तिय समानिकरण तर्फ १० करोड गरि ११ करोड बजेट शिक्षामा विनियोजित भएको छ । शिक्षा क्षेत्रमा नमुना गाउँपालिका बनाउन विभिन्न शैक्षिक योजना बनाएर कार्यान्वयन गरिने गाउँपालिकाले जनाएको छ ।
उक्त बजेटबाट भवन निर्माणका काम, शिक्षक ,विद्यार्थी,अभिभावकलाई प्रोत्साहन भत्ता, गरिब विद्यार्थीलाई छात्रवृति, बालविकास केन्दहरुमा टिभी जडान, गरिब र जेहेन्दारलाई छात्रवृति वितरण, सिसाकलम, कलम समेत किन्न नसक्नेलाई स्टेशनरी बैंक सञ्चालन, माध्यामिक तहका प्रधानाध्यापकलाई तलबको ५ प्रतिशत भत्ता दिईने प्रमुख प्रशासकीय अधिकृत रिजालले बताउनुभयो । त्यस्तै पालिकाले शिक्षा गुणस्तरीय बनाउनका लागि शिक्षक नभएका विद्यालयमा २५ जना शिक्षकहरुलाई भर्ना गरेको समेत उनले बताए ।
राससकर्मी सागर रिजालको सहयोगमा !

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top