बिहिबार, बैशाख १३, २०८१ | Thursday 25th April 2024

विरोधको फरक शैली


बाग्मती प्रदेशसभामा आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रमको छलफलमा आफ्नो धारणा राख्नेक्रममा सांसद नरोत्तम वैद्यले महात्मागांधीको हत्यारा नाथुराम गोड्सेको नाम लिएर प्रधानमन्त्री ओलीका विरुद्ध अरु नाथुराम बन्न तयार नभए आफु नै नाथुराम गोड्से बन्न तयार हुने अभिव्यक्ति दिए । वैद्यकोे उक्त अभिव्यक्ति संवेगात्मक,प्रतिकात्मक र प्रतिनिधिमुलक समेत देखिन्छ । व्यक्ति वा समुहले आफ्नो असन्तुष्ठिहरु लेखेर,बोलेर,संकेत,हाउभाउ,वल प्रयोग वा वल प्रयोगको धम्कीका माध्यमबाट व्यक्त गर्दछन् । घटनाको प्रकृति,परिवेश,विषयबस्तुको गांभिर्यता, आघात परेको व्यक्तिको स्वभाव,मनोविज्ञान जस्ता वस्तुगत र आत्मगत परिस्थितिले विरोधको शैली निर्धारण हुन्छ । एउटा उच्च तहको जनप्रतिनिधि(सांसद)ले प्रधानमन्त्रीका विरुद्ध संसद भवनमा हत्या सम्मको धम्कीपूर्ण भाषा प्रयोग भएको सायद पहिलो घटना हो । यसलाई सत्ता नेतृत्व विरुद्धको फरक शैलीका रुपमा बुझ्न सकिन्छ ।
प्रदेश सांसद नरोत्तम वैद्यले प्रदेशसभामा आफु नाथुराम गोड्से बन्न तयार भएको प्रसंग उठाउंदा आफू सार्वजनिक सवारी साधनहरुमा सवार गर्दा यात्रुहरुले प्रधानमन्त्री र अन्य जनप्रतिनिधिहरुका विरुद्धमा खरो रुपमा विरोध गर्दा आफुलाई आत्मग्लानी हुने गरेको, सांसदको लोगो समेत झिकेर हिडनुु परेको पीडा व्यक्त गरे । उनको अभिव्यक्ति निजात्मक अभिव्यक्ति पक्कै होइन । संसदमा व्यक्त आवेशात्मक तथा विचारोत्तजक भावनाले वहुसंख्यक नेपालीको भावनाको प्रतिनिधित्व गर्दछ । एउटा सांसदले व्यक्तिगत फाइदा वा रिसइवीका कारणले मात्र त्यो तहको (हत्या सम्मको) अभिव्यक्ति दिए होलान भन्ने अवस्था वैद्यको सामाजिक र राजनीतिक पृष्ठभूमिबाट देखिदैन ।
नाथुरामहरु जन्मिन्छन् कि जन्माइन्छ ?
भारत छोडो आन्दोलनका मूख्य नायक तथा अहिंसावादी आन्दोलनका प्रणेता मोहनदास कमरचन्द गान्धीले वृटिश शासनको अन्त्यतिर एउटा भनाइ राख्दै आएका थिए, भारतको विभाजन मेरो लास माथि हुनेछ । सन् १९४७ मा भारत वृटिश उपनिवेशबाट मुक्त भयो र साथै त्यसै वर्ष भारत पनि विभाजन भयो । गान्धीको विचारले केही काम गरेन । विभाजन लगतै भारतमा चर्को साम्प्रदायिक दंगा भयो । उनी त्यसलाई सामान्य गर्न तर्फ लागे । यसै विच ३० जनवरी १९४८ का दिन नाथुराम गोड्सेले महात्मागान्धीका्े हत्या गर्यो । वृटिश शासकहरुले भारतको पनि विभाजन गरे नाथुरामलाई प्रयोग गरेर गान्धीको पनि हत्या गरी वदला लिए भन्ने छ । अहिंसावादी आदर्शका प्रणेता गान्धीको हिंसात्मक घटनाबाट दुःखद अन्त्य भयो । गान्धी– हत्याको एउटा राष्ट्रिय परिवेश थियो ।
विश्वको सत्ता इतिहांस हेरयौं हो भने धेरै नाथुरामहरुले जन्म लिएकोे देखिन्छ । शक्ति र सत्ताको उच्च पदमा वहालवाला व्यक्तिहरुको हत्यामा यी गोड्सेहरु प्रयोग भएको या परिस्थितिले जन्म लिएको देखिन्छ । सत्ता नेतृत्वको हत्यामा प्रायः उनीहरुकै अंगरक्षक वा गाडी ड्राइभर वा निकटस्थ व्यक्तिको प्रयोग भएको देखिन्छ । गारा फिल्ड,जोन अफ केनडी (अमेरिकी राष्ट्रपति) इन्दिरा गान्धी (भारत)राजिव गान्धी(भारतका) हिटलर(जर्मन शासक) देखि हुसेन जाहिम(सिरियाका राष्ट्रपति) सम्म आउंदा दोस्रो विश्वयुद्ध (१९४५)को अवधि सम्म आउंदा सयौं उच्च पदस्थ व्यक्तिहरुको हत्या पदमा वहाली रहेकै अवस्थामा भएको देखिन्छ । नेपालमा पनि माथवरसिंह थापा देखि राजा विरेन्द्र र मदन भण्डारी सम्म आउंदा दर्जनौं उच्च पदस्थ व्यक्तिहरुको रहस्यमय तरिकाबाट हत्या गरिएको देखिन्छ ।
अपराधशास्त्रीय र समाजशास्त्रीय दुवै दृष्टिकोणबाट हेर्दा अपराध समाजको उपज हो । अपराध र अपराधी जन्मजात हुंदैन । राज्यले नागरिक प्रति गरिने व्यवहारका कारण नाथुरामहरु जन्मन्छन् । प्रख्यात समाजशास्त्री इमाइल दुर्खीमले अपराध समाजको सहज व्यवहार हो । समाजमा हुने एक दुई अपराधले समाजलाई अरु संगठित हुन,आफ्ना मान्यता र मुल्य प्रति सचेत हुन सघाउ पुरयांछ । दुर्खीमले भने जस्तो अराजक शासकहरुलाई आफ्ना मूल्य मान्यतामा फर्कन, पदीय जिम्वेवारी प्रति उत्तरदायि बनाउन पनि नाथुराम र नरोत्तमहरुको विरोधात्मक व्यवहारहरु आवश्यक हुन्छ । वहुजनहितका लागि गरिने यस्ता प्रतिकात्मक र प्रतिनिधिमुलक विरोध वा कार्वाहीका घटनाहरुले राज्य व्यवस्थालाई संविधान अनुकुल हिडाउन पनि सहायक हुन सक्दछन् । त्यसैले नाथुराम र नरोत्तमहरु यहि समाजका उपज हुन । उनीहरु जन्मिदैनन् ,जन्माइन्छन् । समय र परिस्थितिले धेरै नाथुराम र नरोत्तमहरुको माग गर्न सक्दछ ।
उच्चपदस्थ विरुद्ध जाइ लाग्ने वैद्य एक्ला पात्र हुन ?
फ्रान्सका राष्ट्रपति इमाइल मार्कोसलाई फ्रान्सेली नागरिकले सार्वजनिक स्थलमा गालामा थप्पड हानेको झण्डै एक महिनाको अन्तरालको वीचमा नेपालमा पनि सांसद नरोत्तम वैद्यले संसद भवनमा प्रधानमन्त्री ओलीलाई भौतिक रुपमा सिद्धाउन आफू नाथुराम गोड्से बन्न तयार भएको अभिव्यक्ति दिए । यो एउटा संयोग मात्र थियो । उच्च तहको परिपक्क जनप्रतिनिधिले प्रधानमन्त्रीका विरुद्ध त्यो तहको आक्रोशपूर्ण अभिव्यक्ति दिए । सार्वजनिक तथा औपचारिक कार्यक्रममा उच्च संवेगात्मक अभिव्यक्ति सांसद नरोत्तम वैद्यले दिएपनि नागरिक तहबाट सार्वजनिक स्थलमा सरकारको नेतृत्वमा पुगेका प्रचण्ड,झलनाथ र शुशिल कोइरालाहरु प्नि नागरिकस्तरको थप्पडको भागिदार भएका थिए । यो सरकारको नेतृत्व शैली प्रतिको विरोध वा असन्तुष्ठिका प्रतिनिधिमुलक घटनाहरु थिए ।
लोकतन्त्रममा आफ्ना असहमतिहरु शान्तिपूर्ण तरिकाले व्यक्त गरिन्छ । प्रतिनिधिमूलक शासन व्यवस्थामा सत्ता नेतृत्वका वदामासीहरु उनका प्रतिनिधिहरु मार्फत संसद राखिन्छ । यस्तो व्यवस्थामा हिंसा स्वीकार्य हुदैन । तर जव सत्ता वा नेतृत्व अविवेकी तथा अन्याीपूर्ण हुन्छ,त्यतिवेला हिंसा वा वल प्रयोगलाई स्वभाविक र स्वीकार्य मानिन्छ , भलै त्यो कानुनी रुपमा दण्डनीय किन नहोस । सत्ता नेतृत्वको कार्यशैली वा अन्यापूर्ण व्यवहारको विरुद्धमा कोही नाथुराम र नरोत्तम बन्दछन् भने त्यो कार्य अपराधिक भएपनि त्यसलाई समुदायका वहुसंख्यक मानिसले मौन स्वीकृति वा समर्थन गरेको हुन्छन् । त्यतिवेला त्यो कार्य कानुनको आंखामा दण्डनीय भएपनि समाजको आंखामा त्यो दण्डनीय हुदैन । नरोत्तमको अभिव्यक्ति व्यक्ति लक्षित होइन, पद वा ओली प्रवृत्तिका विरुद्ध लक्षित छ । सरकारका विरुद्धमा विपक्षी गठवन्धनका दल , नागरिक समाज, पेसागत समुह समेतले विरोध गरेको परिवेशमा नरोत्तमको अभिव्यक्तिले बलेको आगोमा घ्यु थप्ने मात्रको काम गरेको हो ।
निश्कर्षः
प्रदेश सांसद नरोत्तम वैद्यको अभिव्यक्तिलाई राजनीतिक पूर्वाग्रह वा कानुनको पाटोबाट मात्र हेर्नु हुदैन । त्यसरी हेरियो भने उनी माथि अन्याय हुन्छ । वैद्यको अभिव्यक्तिले सत्ता स्वार्थी समुह वा प्रधानमन्त्रीका आसेपास वाहेक अन्य आमसमुदायको भावनाको प्रतिनिधित्व गर्दछ । कानुनको शाव्दिक व्याख्यामा वैद्यको अभिव्यक्ति दोषपूर्ण देखिएपनि उनको अभिव्यक्ति दुरासयपूर्ण छैन । विरोधको शैली स्थान, माध्यम र प्रसंग फरक हुन सक्दछ , हेर्ने पक्ष भनेको व्यक्तिको विचार वा सामाजिक परिवेश र परिस्थितिलाई हेरेर विश्लेषण गर्ने हो । सांसद मेटमणि चौधरीले नरोत्तमको पक्षमा सार्वजनिक रुपमा अपिल गरे । न्यायको पक्षमा जनमत निर्माण गर्ने यो एउटा सर्वोत्तम उपाय होे । सुतेको समाजलाई व्युंताउने वाहक हुन नरोत्तमहरु ।
संसारमा जति पनि परिवर्तनहरु भएका छन् ,त्यसका पछाडि नाथुराम र नरोत्तम जस्ता पात्रहरुको भूमिकाले अहं भूमिका खेलेको देखिन्छ । न्यायपूर्ण समाज निर्माणमा पनि नाथुराम र नरोत्तम जस्ता पात्रहरुले विशेष भूमिका खेल्दै आएका छन् ।नरोत्तमले प्रदेश संसद भवनमा क्षमा याचना गरेकाले उनी उपर कानुनी कार्वाही अघि बढाउन उचित हुदैन ।ं नरोत्तमको विचार निजी होइन । उनको विचारले समाजिक मनोविज्ञानको प्रतिनिधित्व गर्दछ । मनोवैज्ञानिक विशेषज्ञ डा.गोपिलाल न्यौपानेले अहिलेको परिवेश र नरोत्तम वैद्यको अभिव्यक्ति समेतको विश्लेषण गर्दै आफ्नो धारणा यसरी राखेको देखिन्छ–समाजमा व्याप्त निरासा,असन्तुष्टि,धनी गरीव वीचको वढ्दो खाडल र त्यसले निर्माण गरेको सामाजिक मनोविज्ञानका कारण वेलवखत नरोत्तमम र नाथुरामहरु जन्मने गर्दछन । न्यौपानेले यो घटनालाई स्वभाविक मान्दछन् । यस्ता घटनालाई सत्ता नेतृत्वले आफ्ना कमजोरीहरुलाई सुधार गर्ने अवसरका रुपमा लिनु पर्दछ । वदला वा पूर्वाग्रह सांध्ने हतियार बनाउनु हुदैन ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top