शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

स्वर्गद्धारी गौमुखी यातायातको अनलाइन टिकट बुकिङ्ग एप समुद्घाटन


प्रकाश बैद्य
प्यूठान,पछिल्लो समय जिल्लाको यातायात क्षेत्रमा यातायातका साधनहरुको सेवा विस्तार तथा आफ्नो कार्य प्रणालीलाई व्यवस्थित बनाउदै लगेको स्वर्गद्धारी गौमुखी यातायात सेवा प्रा.लि.ले यात्रुहरुको सहजताका लागि अनलाइन टिकट बुकिङ्ग एपको विकास गरी समुद्घाटन गरेको छ ।
यात्रुहरुले आ आफ्नो घरमै बसी मोबाइलबाट देशका विभिन्न ठाउँ तथा भारतको दिल्ली सम्म जानका लागि टिकट बुकिङ्ग गर्न सक्ने गरी विकास गरिएको उक्त एपको लुम्विनी प्रदेशका निवर्तमान मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले आज एक कार्यक्रमका बीच समुद्घाटन गरेका हुन् ।
समितिद्धारा आयोजित अनलाइन टिकेट बुकिङ्ग एप उद्घाटन कार्यक्रमका प्रमुख अतिथि
निबर्तमान मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले काठमाडौ बाट छुट्ने बसको मोबाइलबाट अनलाइन टिकट बुकिङ गरेर एपको उद्घाटन गरे ।
उद्घाटन गर्दै प्रमुख अतिथि चौधरीले स्वर्गद्वारी गौमुखि यातायात सेवा प्रालिले आफ्नै डिजिटल एप बनाई यात्रुबर्गहरुमा सुबिधा ल्याएकोमा प्रालिलाई बधाई दिदै एपको निरन्तरता तथा आधारभुतबर्ग सम्म पहुँच पुग्ने गरी यसको सेवा पूर्याउन समितिलाई विशेष आग्रह गरे । प्रत्ये वडा वडा गाउँ गाउँ सम्म विभिन्न माध्यमबाट सुचना सम्प्रेषण गरेर दुर दराजका जनताले सजिलै संग सेवा पाउने गरी एप सञ्चालन गर्न सिकाउनु पर्नेमा उनले जोड दिए ।

 


त्यस्तै प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले अस्वस्थ प्रतिस्पर्धा अन्त गर्न अनलाइन टिकट प्रणाली महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । विभिन्न सवारी साधनहरुको भाडादरमा एकरुपता,अपांगता भएका व्यक्तिहरुका लागि कानुनमा व्यवस्था भए अनुसार सहुलियतका कार्यक्रम समितिले कार्यान्वयन गर्न आग्रह गर्दै अनलाइनका माध्यमबाट यात्रुहरुले आफ्नो इच्छा अनुसार सवारी साधन,सिट छनौट गर्न पाउने हुँदा जनतालाई यो सेवाले सहजता हुने जनाए ।
कार्यक्रममा संविधान सभा सदस्य तथा नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य योगेन्द्र चौधरी, नेपाली काङ्ग्रेस लुम्बिनीका सचेतक तथा सांसद जन्मजय तिमिलसिना,पुर्ब प्रदेश मन्त्री बिरबहादुर राना, लुम्बिनी प्रदेशका पुर्व यातायात मन्त्री रोज राणा, प्रदेस सांसदहरु धनेन्द्र कार्कि,प्रचण्ड बिक्रम न्यौपाने,भुबनेश्वर चौधरी,लगाएत जिल्ला स्थित विभिन्न कार्यालयका प्रमुख ,राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि संचारकर्मीहरुको उपस्थिति रहेको थियो,।

प्रा लि का अध्यक्ष सुनिल बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको संचालन पत्रकार बिमल प्रसाद पोख्रेलले गरेका थिए भने कार्यक्रममा स्वागत प्रा लि का प्रबन्धक चन्द्रमान श्रेष्ठले गरेका थिए ।
एपबाट आउँदो आइतवार देखी यात्रुहरुले अनलाइन टिकेट बुक गर्न सक्ने व्यवस्था मिलाइएको प्रा.लि.ले जनाएको छ ।

 

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top