प्यूठान, फूलबारी एकीकृत ग्रामीण विकास संस्था नेपाल (फ्रिडो नेपाल) को रणनीतिक योजना अध्यावधिक कार्यशाला गोष्ठी हिजो मंगलवार देखी खैरामा सुरु भएको छ ।
५ वर्षे रणनीतिक योजना अध्यावधिक कार्यशाला आज सम्म चल्नेछ ।
संस्थाका अध्यक्ष छन्द बहादुर बस्नेतको अध्यक्षतामा हिजो भएको कार्यशालाको उद्घाटन सत्रमा आड्रा नेपालका कृषि बजार अधिकृत सुमन लामिछानेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यकारी निर्देशक टिकाराम आचार्यले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष भोज बहादुर बस्नेतले स्वागत गर्नु भएको थियो ।
कार्यशालामा संस्थाका कार्यसमिति,संस्थापकहरु,सल्लाहकार तथा कर्मचारीहरुको सहभागिता रहेकोछ । कार्यशालाको लागि अष्ट्रेलियन एड आड्रा नेपाल र फूलवारी एकीकृत ग्रामीण विकास संस्थाको साझेदारी कार्यक्रम कृषि तथा जिविकोपार्जन प्रवद्र्धन गोल –२ परियोजनाले सहयोग गरेको संस्थाले जनाएको छ । कार्यशालाको सहजिकरण सामाजिक अभियन्ता महिला सहयोग मञ्च प्यूठानकी अध्यक्ष पार्वता आचार्यले गर्नु भएको छ ।
कमेन्ट गर्नुहोस !