काठमाण्डाै – २०७२ सालको भूकम्पले भत्काएका केही सांस्कृतिक सम्पदाहरुको पुनर्निर्माण भए पनि अझै कतिपय सम्पदाहरु जीर्ण छन् ।
कतिपय ठाउँमा एकीकृत बस्ती बने भने कतिपय परिवारले अझै पालमुनि जीवन बिताइरहेका छन्। सांस्कृतिक सम्पदाको अवस्था पनि उस्तै छ । केही सांस्कृतिक सम्पदाको पुनर्निर्माण भएको छ भने कतिपय ठाउँमा अझै पुनर्निर्माणको काम नै अघि बढ्न सकेको छैन ।
रानीपोखरीकाे निर्माण सम्पन्न भइसकेको छ भने धरहरा पुनर्निर्माणको काम अन्तिम चरणमा छ । राणाकालीन ऐतिहासिक पुरातात्विक भवनहरु भने अझै जीर्ण छन् ।
कतिपय भवन अभावमा कार्यालयहरु यस्तै जोखिमपूर्ण भवनमै सञ्चालनमा छन् । केही भवनकाे पुनर्निर्माण र रेक्ट्रोफिटिङ गरिए पनि धेरै भवन लथालिङ्ग अवस्थामा छोडिएको छ ।
भूकम्पपछि पुनर्निर्माण हुन नसक्दा र राज्यले आवश्यक चासो नदेखाउँदा भग्नावशेष बनेका राणाकालीन भवनका केही तस्बिर :
रानीपोखरीकाे निर्माण सम्पन्न भइसकेको छ भने धरहरा पुनर्निर्माणको काम अन्तिम चरणमा छ । राणाकालीन ऐतिहासिक पुरातात्विक भवनहरु भने अझै जीर्ण अवस्थामा छन् ।
कमेन्ट गर्नुहोस !