शनिबार, मंसिर २२, २०८१ | Saturday 7th December 2024

खै,पढिदिए पो लेख्ने…….!?



No photo description available.
-अग्निधर चन्द बोहोरा



बिश्वोबिख्या रुसि साहित्यकार म्याक्सिम गोर्किले भनेका थिए कि-” लेखन त्यति सजिलो छैन,जति ठानिन्छ।”त्यस्तै जर्मन तानासाह हिट्लरले भनेका थिए कि -” लेखनको प्रभाब भाषणको जस्तो हुँदैन।”भनेर।यहाँ यी दुई बिशिस्ट सकारात्मक र नकारात्मक ब्यक्तिहरुको पेशागत तथा मनोबेगात्मक विश्लेषण रहेका छन।महान साहित्यकार गोर्किले साहित्य र लेखनलाइ जोड दिन लेखन वा शृजनाको हदै महत्व हुने तर हेर्दाखेरी निकै सहजरुपमा सजिलैसँग लेखिन्छ भन्ने गरेर नजरन्दाज(हल्कारुपमा लिनु) गरिन्छ भन्ने आसय प्रकट गरेका छन।बास्तबमा यी दुबै कुराको आ-आफ्नै महत्व रहेतापनि अलि गहन र दिगो महत्त्व भाषणको भन्दा लेखन वा कृतिको हुन्छ।राजनीति गर्न, अरुमाथि शासन गर्नको लागि वा उसको मस्तिष्कमा राज गर्नको लागि भाषण महत्त्वपूर्ण भएपनि ज्ञान सिप र बुद्धि बिना त्यो भाषणको पनि खासै तुक रहँदैन।किनभने सर्बप्रथम बोल्नलाइ भाषा सुद्द, प्रखरता र ज्ञानपुर्णता हुनु जरुरी छ।त्यो चाहिँ सबै लेखन वा सृजना सँग जोडिएको हुन्छ।अनि प्रायगरी अधिकतम रुपमा भाषण लेखेरै मात्र बोलिने हुँदा,लेखन नै ठूलो होकि! भन्दा अतिश्योक्ती नहोला।
लेखनिको उपक्रम अनुसार रगडिनुपर्नेमा यो लेखनी भ्यागुतो झैँ बुर्कुसी मारे झँ लाग्यो।अब म बिस्तारै लय र मालातिर लगाम खिँच्ने प्रयास गर्छु।समादरणिय पाठकबर्ग माझ म केही महिनापछि बादलले ढाकेको घाम केही क्षेण झल्के झैं यहाँ सामयिक तर तितो सत्यरुपी शिर्षकका साथ उपस्थिति भएको छु।जसरी एउटि आमाले आफ्नो बच्चालाई नौं नौं महिना सम्म जिउमा राखी जन्म दिन्छिन।अपार प्रशब पिडाले बच्चा पाएपछि सर्बप्रथम उनको स्याहार -सुसार र अगृम बधाइ उनैलाई गर्ने वा दिनुपर्नेमा हाम्रो समाजले उल्टै श्रीमानलाइ पो दिन्छ।” लौ, हेर! फलनाले त छोरा पाएछ, छोरी पाएछ।” भनेर।उसलाई फुलमाला र अबिरले स्वागत गर्छ।ती मजदुरहरुले घनघोर मिहिने्त
गरि बाटोघाटो बनाउँछन, मर्मत गर्छन।तर गाडी चढनेबेलामा एकपैसा पुगेन भने गाडिबाट गलहत्याइन्छन।किसानले बार्है महिना माटोमा लडिबुडी गरेर अन्न उब्ज्याइदिन्छन र मानिसले प्राण धान्न पाउँछन्।तर त्यही किसानको धुर्सेमुर्से – मैलाधैला फोहोरी पहिरनलेगर्दा वा “किसान ” नामक पदले गर्दा नै उसको प्राय; कहिँपनि मान मानितो हुँदैन।
माथी उल्लिखित फेहरिस्तसरि एउटा दलित कालिगडले ज्यानको बाजि थापेर दर्जनौँ तलाको घर, बिल्डिङ्ग आदि बनाइदिन्छ तर उ त्यही घरमा छिर्न वा पस्न पाउँदैन ।लोहारको काम गर्ने आरने दाइले हाम्रा आधारभुतमा पर्ने कैयन औजारहरु बनाउने, मर्मत गर्ने, सान लगाउने काम गर्दछन।उनले बनाएका भाँडाकुँडाहरु हामिले खुशी हुँदै प्रयोग गर्छौँ तर उनी गैर्ह दलितको घरमा पसेर त्यही औजार समात्न पाउँदैनन् ।आफ्नो पिठ्युँ पिसायर भर्याङ्ग बनी अमुल्य भोट हालेर नेतालाइ केन्द्रमा पठाउँछन तर त्यही नेताले जितेर गयो भने फरक्क मन्टो फर्काउँदैन वा तिनै दातारुपी मतदाताहरुलाइ चिन्दै चिन्दैन।जब कि उसको अर्कोपटक निर्बाचन आउँदैन ।
होइन, यो कस्तो समाज, संस्कार संस्कृति र परम्परामा अनि कस्तो देशमा बसेका वा बाँचेका छौँ हामी? खै कहाँ छन ती मानबिय मूल्य र मान्यता?कहाँ छन ती समानता, स्वोतन्त्रता र मौलिक हक? हेर्दा सुन्दा र गहन रुपमा अनुभव गर्दा निक्कै ताज्जुब,नियास्रो र कताकता घृणा पनि जागेर आउँछ।यहाँ उल्लिखित उदाहरणहरु निक्कै थोरै र प्रतिनिधिमुलक घटनामात्र हुन।यस्ता दर्जनौँबिकृती र विसंगती एबम अनगिन्ती चित्र – बिचित्रहरु हाम्रो मस्तिष्कमा बग्रेल्ती छन।
एउटा लेखकले घनघोर दुख,कस्ट्गरी दिमागी पुर्जा खियाएर लेख लेख्दछ वा रचना गर्दछ, आफ्नो सर्बत्र ध्यान एबम तब, मन सामयिक ध्यान ( समय) लगाउँदछ र यथासक्य सुन्दर तथा उत्कृष्ट बनाउने भरमग्दुर प्रयास गर्दछ उसले।प्राम्भीक खेस्रा तयार गरिसकेपछि पान्डुलिपिलाइ २/३ पटक साफी गरेर कम्प्युटर टङ्कन गरेर प्रकाशक मार्फत एउटा झुसिकिराले विभिन्न चरण पारगरेर एउटा सुन्दर पुतली बनेझैँ यो गएर प्रेसमा छापिन्छ।त्यो नाथे लेखकले ठान्दोछकि , “वाओ…… ! मेरो लेख त अत्यन्तै सुन्दर छ।अनि सवैले उस्तै परे खानै छाडेर निर्निमेषपुर्णढङ्गले कौतुहलताकासाथ पढदछ्न।अनि त्यसको प्रतिक्रिया झ्यामै दिइहाल्छन।”उ यति आश्वस्त र बिश्वस्त हुन्छकी उसले जसरी आफुले सकस्टपुर्ण सृजना गर्न घनघोर मिहिनेत गरेथ्यो-अ
रुलेपनि त्यस्तै ठानेर – सबै छाडेर पढछन वा अध्ययन गरिदिन्छन।उसले ” साउनमा आँखा फुटेको गोरुले चौतर्फी हरियै देखे झैँ ” अनुभव गर्दछ।
तर आज यो एक्काइसौं शताब्दिको अल्छे,पुर्बाग्रही, ब्यस्त,अदेखि र घोप्टे युगमा उसको त्यो अमुल्य रचना पढने पाठक उहिमात्र हुनबेर लाउँदैन उस्तैपरे……।
यदि अरु बिशेष, परिचित, पाठकबर्ग, शुभचिन्तक र लङौटिया मित्रजनहरु बाहेक अरुले भरसक त्यो पत्रीका ( छापा माध्यम)तिर नजर नदेखाउला-यदि नजर लाइहाल्यो भनेपनि फ्याट-फ्याट २-३ मिनेटमा तिनै भङ्गेरा टाउके शिर्षक हल्का हेरेर उता कुनातिर फ्यात्त राख्लान।अनि त भयो कि मजा? उसले दशैदिन लगाएर लेखेको किन नहोस।चाहे जे नै भएपनि प्राय आजको यो बिसर्जनरुपि – पठन संस्कृतिबिलिन संसारमा पाठकबर्गले खासै पढेको पाइँदैन बडै!
यहाँ कुनै लेखक वा ब्यक्तिबिशेष वा कुनै रचनाकारकै गुनासोमिनासो बिस्याउन खोजिएको पटक्कै होइन।हो, सबै पाठकजनहरु एकै हुँदैनन।कसैले पनि पढदै पढ्दैनन भनेर यहाँ तोरि र कोदो एकै ठाउँमा हालेर पिस्न खोजिएको कदापी होइन। पत्रपतृकाहरु खोजखाज गरेर पढने कोहि पाठकबनधुजन पनि हुनुहोला नै।हो, त केबल बर्तमानमा देखिएको चौतर्फ अनिच्छापुर्बक पाठक खडेरिको।हो, त नि! बास्तबमा त्यो स्तम्भकार मूर्ख र बेवकुफ बनी घाँस खाँदैछ।किनभने त्यस्ता मालचरिबिस्टावाल अक्षरहरु हेर्न सके फुर्सद छैन; भएछ भनेपनि दाम गन्नुपर्यो,सर्वपृय मोबाईलमा देखिने दर्जनौँ तिरिमिरी झ्याँइमा आँखा गाडनै पर्यो।यदि मोबाइल नहेर्नेवाला रहिछ्भने – अरुको उछितो काढदै – कुराको खोइरो खनेर माइन्ड फ्रेस गर्नैपर्‍यो।युवा वा सम्बन्धित रहेछ भने भट्टितिर गै सोमरस ग्रहणगरी आङ्ग तताउनै पर्यो।स्त्री युवा रहिछ भने,दोहोरी साँझ – फिल्म हल– घुमघाम।यदि त्यो नभए घरको टिभी र मोबाईल जिन्दावाद!अनि बयस्क – वरिष्ठहरु आजका राष्ट्रिय खेलहरु जुवातास वा क्यासिनो हलमा नगइ भएन।डेटिङ्ग – सेटिङ्ग र डृङ्किङ त सामान्य नै भए।जेब जबरजस्त गरम भए सके बिदेश- नभए स्वोदेशमै भएपनि घुमफिर गर्नैपर्यो।सहरिया लाइफस्टाइले भए झनै फुर्सदै नहुने कुरै खलास।भरदिन कार्य र भ्रमण ब्यस्तता साँझपरे रोदिघर र क्यासिनो वा रेस्ट।यदि त्याहाँ नगए टिभी, मोबाइलमा ब्यस्त, अभ्यस्त अनि त्यसभित्रका रंगिन सन्सारमा डुबुल्क्याँइ।
अनि त कहाँबाट त्यो स्वेतपत्रीका कागजमा छापिएका कालाचरी छेरुवा सुक्ष्मबर्ण हेर्न लेठा टन्टा कसले गरोस त!? हो, त्यही भएर हे लेखनदास हो!घुँडा धँसेर आफुले लेख्या लेख वा रचना स्वयमले नै पढने लेख्ने लेठो र टन्टो के गर्छौ र हो!यद्यपि जे जस्तो भएपनि मुर्छित बिरामीलाई संजिबनिको सुनपानी छर्कन भने नछाडे।अब उप्रान्त पठनदृष्टि र इच्छा हुररेर आउन सक्छ।त्यसैले मलाइ भन्न मन लाग्दछ कि लेख्ने त थिएँ अति नै,खै! पढिदिएपो लेखुँ र!के लेखु र?पढिदिएपो लेखुँ!!!????

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top