शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

एमाले प्यूठानको अध्यक्षमा बिजय बिराज विष्ट विजयी


प्यूठान , नेकपा (एमाले) प्यूठानको अध्यक्षमा बिजय बिराज बिष्ट निर्वाचित भएका छन् ।
आज भएको निर्वाचनमा बिष्टले २ सय ९९ मत प्राप्त गरि अध्यक्ष पदमा बिजयी भएका हुन् । यस अघी पनि विष्ट नेकपा (एमाले) प्यूठानको अध्यक्ष थिए ।
विष्टका प्रतिस्पर्धी मधुर शर्माले १ सय ८५ र अजय सिंहले २५ मत प्राप्त गरेका छन् ।
त्यसै गरी उपाध्यक्ष पदको निर्वाचनमा माधव शर्मा पौडेल २ सय ५७ मत प्राप्त गरि बिजयी भएका छन् । शर्माका प्रतिस्पर्धी नेगन सिंह कवरले २५१ मत प्राप्त गरेका थिए । मतदानमा ५ सय २३ मत खसेको थियो ।
एमाले प्यूठानको सचिबमा इन्द्रमणी पोख्रेल, उप–सचिवमा हिरामणी भण्डारी र उप–सचिब इश्वरा आचार्य निर्बिरोध निर्वाचित भएका छन् ।
त्यस्तै ८९ सदस्यीय जिल्ला कमिटीमा सदस्यहरु निर्बिरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

 

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top