नेताज्यूहरुको एउटै स्वर चाल्नेटार र केबुलकार जिन्दाबाद !
हाम्रो एकता
प्रकाशित मिति : १४ जेष्ठ २०८१
प्यूठानमा चाल्नेटार र केवुलकार यी दुई शव्दलाई जनताले भन्दा धेरै उच्चारण नेता तथा उपनेता (सांसदहरुले) गरेका छन् । उनीहरुले जनसम्वोधन पछी आ आफ्नो वक्तव्यारम्भ चाल्नेटार र केबुलकारबाट गरेका छन् । चाहे जिल्ला स्तरीय नेता होउन् या अन्तरजिल्लास्तरीय नेता होउन् सवैको एउटै गुरुमन्त्र छ कि चाल्नेटार र केबुलकार जिन्दाबाद !
।
अझ चुनावको बेलामा त झन चाल्नेटार र केबुलकार नभए उनीहरुका वाक्यजो बन्द हुन्छन् । यसरी चाल्नेटार र केबलकार हर चुनाव हर पार्टी हर नेताको मागी खाने भाँडो सिद्ध भएको छ ।
आजको घडीमा प्यूठान पाँच पार्टीको अखडा भएको छ –मसाल,कांग्रेस,राप्रपा,माओवादी र एमाले । उनीहरुले प्यूठानी जनतालाई पाँच भाग लगाएका छन् र सबै पार्टीले आ आफ्नो घोषणापत्रमा यही जाहेर गरेका छन् कि चाल्नेटार र केबुलकार जिन्दाबाद ! यसको अर्थ हो यतीखेर सवै पार्टीको उद्धेश्य गन्तव्य निशाना केन्द्रविन्दु र भविश्य एउटै छ –चाल्नेटार र केबुलकार जिन्दाबाद !
पहिले पहिले नेताका पेट पनि मिल्दैनथे मुख पनि मिल्दैनथे र भाडभैलो उचालथैलो गर्दथे तर आज हामी प्यूठानी जनताको सौभाग्यले नेताहरुले पेट नमिले पनि कमसेकम् चाल्नेटार र केबुलकार भन्दै मुख त मिलाएका छन् !
कुनैबेला जसको तलबार उसको दरबार ,एशियाली मापदण्ड ,युरोपको दाँजो ,घर घरमा रोजगार,गाउँ गाउँमा विकास,हंकङ्ग,सिंगापुर,स्विट्जरल्याण्ड आदि इत्यादि नाराहरु पनि जिन्दाबाद थिए तर ती नाराहरु डुंगा हिड्छ पाइलो मेट्छ भनेझै भए । त्।यस्तै यी दुई शव्द चाल्नेटार र केबुलकार पनि अजायब घरमा पुग्न बेर छैन त्यसैले फलाम तातेको बेला घनले नठटाए कहिले ठटाउने ?जव पाँचवटै पार्टीले सय डेसीबलको आबाजमा एक स्वरले चाल्नेटार र केबुलकार जिन्दाबाद भनेका छन् भने !
प्यूठानको लागि आज नेताहरुमा विकासप्रेमको भावना जागेछ ,प्यूठानीहरुले पनि सम्वृद्धि चाहन थाले र अन्य विकसित जिल्लाहरुको स्तरमा आफुलाई उठाउन सतत्प्रयत्नशिल छन् भन्ने कुरा जग जाहेर हुनुपर्यो । यो पनि सही हो कि प्यूठानमा राष्ट्रलाभको लागि विकासका सम्भावनाहरुखात् छन् ।
सर जान जैंक्सरुसो ले भन्नु भएको। छ “ शत्तिको श्रोत जनता हुन् कुनै इश्वर पुत्र पुत्रीहरु होइनन् ” भन्ने भनाइलाई आत्मसात गर्दै हामी जनता पनि राष्ट्र उन्नतिका लागि एकाकार हुन जरुरी छ । हामी जनताहरु होसमा आएर भन्नुपर्यो कि नेताज्यूहरु तपाईहरु जनताको कव्जामा हुनुहुन्छ । यो पाँच वर्षको आफ्नो कार्यअवधिलाई कालो युग नबनाउनुहोस नत्र जनताको सेवक हौँ भन्ने जोकरको भुमिका खेल्ने ललितपुरे ६ प्रधानहरुलाई पृथ्वीनारायणशाहले महिलाहरुले पोतारो बनाएका गुन्या चोला पहिर्याई दिएर कसरी कान्ठोपत्यका घुमाएका थिए ? के ऐतिहासिक दृष्टान्तप्रति हाम्रा श्रद्धेय नेताज्यूहरु अनविज्ञ हुनुहोला र ? काम चल्छ जनताको ‐नाम चल्छ नेताको ।
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031
सम्बन्धित पोस्टहरू
२५ मंसिर २०८१
१ कार्तिक २०८१
२३ श्रावण २०७९
कमेन्ट गर्नुहोस !