बिहिबार, माघ १०, २०८१ | Thursday 23rd January 2025

मेथिखोला दोभानमा शवदाह स्थल बन्दै


प्यूठान,प्यूठान नगरपालिका वडा न. ३ स्थित जुम्री र मेथिखोलाको दोभान स्थल मेथिखोलामा शवदाह स्थल निर्माण गर्न थालिएको छ ।
प्यूठान नगरपालिकाबाट विनियोजित वडा न. ३ अन्तर्गत रु ३ लाख तथा जनश्रमदान ३० हजार गरी कुल ३ लाख ३० हजारको लागतमा उक्त शवदाह स्थल निर्माण गर्न थालिएको हो ।
आज बाट निर्माण कार्य सुरु गरिएको शवदाह स्थलको काम असार २५ गते सम्म सम्पन्न गरि सक्ने निर्माण समितिका अध्यक्ष सिमन्त न्यौपानेले बताए ।
शवदाह स्थल निर्माणले प्यूठान नगरपालिका वडा न. ३ सापडाँडा ,दैलेसिमल,गूरुवाटोल,मेथिखोला तथा वडा न. ४ अन्तर्गत पर्ने मेथिखोला आसपासका क्षेत्र ,लगायतका वस्तिहरुका वासिन्दाहरुलाई शव अन्त्यष्टि गर्न सहज हुनेछ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top