शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

पालिका पालिकामा संगठन विस्तार अभियानमा जुट्यो सहकारी केन्द्र नेपाल प्यूठान


प्यूठान ,सहकारी केन्द्र नेपाल प्यूठानले जिल्लाका स्थानीय तहहरुमा आफ्नो संगठन विस्तार अभियानलाई तिव्रता दिएको छ ।
गत जेठ ३ गते उमाराम पौडेलको अध्यक्षतामा गठित सहकारी केन्द्र नेपाल जिल्ला समिति प्यूठानले जिल्लाका सवै स्थानीय तहहरुमा संगठन विस्तार गरी सहकारी अभियानलाई गतिशिल बनाउन संगठन निर्माण अभियानमा जुटेको हो ।
जिल्ला समिति गठन भए संगै सहकारी केन्द्र नेपाल प्यूठानले जिल्लाको प्यूठान नगरपालिका,माण्डवी गाउँपालिका ,ऐरावती गाउँपालिकामा संगठन निर्माण गरेको तथा आज बिहिवार स्वर्गद्धारी नगरपालिकामा सहकारीकर्मीहरुको भेला गरी पालिका स्तरीय समिति गठन गरेको सहकारी केन्द्र नेपाल प्यूठानका अध्यक्ष उमाराम पौडेलले जानकारी दिए । समृद्धिका लागि सहकारी भन्ने मुल नाराका साथ सहकारी अभियानलाई व्यवस्थित गर्न जिल्लाका सवै स्थानीय तहहरुमा संगठन निर्माण गरी गतिविधि अघी बढाउने समेत अध्यक्ष पौडेलले बताए ।
सहकारी केन्द्र नेपाल प्यूठानका अध्यक्ष उमाराम पौडेलको अध्यक्षतामा आज भएको स्वर्गद्धारी नगरपालिका स्तरीय सहकारीकर्मीहरुको भेलाले तारा चन्द पुनको अध्यक्षतामा १७ सदस्यीय सहकारी केन्द्र नेपाल स्वर्गद्धारी नगरपालिका समिति गठन गरेको छ ।समितिको उपाध्यक्ष छवी कुमारी गुरुङ्ग,सचिव सञ्जिता पार्धे,कोषाध्यक्ष टंक प्रसाद योगी,सह‐सचिव कमला सामत रहेका छन् भने सदस्यहरु उदय जि.एम,शोभाराम खत्रि,तिलक सुनार,देवा रावल लगायतका रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य एवं प्यूठान नगरपालिकाका मेयर विष्णु बहादुर योगीले बर्तमान समयमा सहकारी क्षेत्रमा देखिएका केही समस्याहरु अन्त गर्न र सहकारी मार्फत उत्पादन रोजगारीमा जनतालाई जोड्न सहकारी केन्द्रले महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र स्वर्गद्धारी नगरकमिटि अध्यक्ष पदम भट्टराई ,सहकारी केन्द्र नेपाल प्यूठानकी उपाध्यक्ष एवं जिल्ला समन्व्य समिति प्यूठानकी उप‐प्रमुख दुर्गा रेग्मी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा सहकारी केन्द्र नेपाल जिल्ला समिति सचिव नरेश्वर लम्साल ,जिल्ला कृषि सहकारी संघका अध्यक्ष दिन बहादुर जि.सि., वाइ.सि.एल प्यूठान अध्यक्ष मोहन परियार ,सहकारी केन्द्र नेपाल प्यूठानकी कोषाध्यक्ष निर्मला पोख्रेल ,जिल्ला बचत संघका सचिव बलभद्र के.सी लगायतका व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो ।
सहकारी केन्द्र नेपाल प्यूठानले नारायण राउतको अध्यक्षतमा प्यूठान नगरपालिकामा १५ सदस्यीय समिति, श्रीकुमार अधिकारीको अध्यक्षतामा माण्डवी गाउँपालिकामा ११ सदस्यीय समिति,दोर्ण प्रसाद पाण्डेको अध्यक्षतामा ऐरावती गाउँपालिकामा २१ सदस्यीय समिति गठन गरेको तथा जेठ महिना भर जिल्लाका सवै स्थानीय तहमा सहकारीकर्मीहरुको भेला गरी समिति गठन गर्ने योजना रहेको सहकारी केन्द्र नेपाल प्यूठानका अध्यक्ष उमाराम पौडेलले जानकारी दिए । आउदो जेठ २५ र २६ गते काठमाण्डौमा सहकारी केन्द्र नेपालको राष्ट्रिय सम्मेलन हुन थालेको समेत अध्यक्ष पौडेलले बताए ।
सहकारी केन्द्र नेपाल नेकपा (माओवादी केन्द्र) निकट सहकारीकर्मीहरुको संगठन हो ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top