शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

सच्चिएला त अव माओबादी ?



सुशील पोखरेल
अहिले मुलुकको सत्तारुढ दल संसदमा उपस्थितिका हैसियतले तेस्रो राजनीतिक दल माओबादी केन्द्रको केन्द्रीय समिति बैठक चलिरहेको छ । राजनीतिक परिबर्तनका खातिर मुख्य भूमिका खेलेको यो शक्तिको जारी बैठकमा उठेका बिषयले अहिले मुलुकको ध्यान समेत केन्द्रित गरेको छ । ०६४ सालको निर्वाचनमा जनताको अपार आस्था, आशा र बिश्वास सहित देशको मुख्य शक्तिको रुपमा उभिएको यो दल १५ बर्षको संसदिय यात्रामा राजनीतिक एजेण्डामा मुख्य भूमिका खेल्दै आएतापनि सांगठनिक ग्राफ खस्काउदै अहिले संसदमा ३२ सिटको तेस्रो दलको हैसियतमा छ । तथापी सत्ता संचालनको नेतृत्व गर्ने युगीन अवसर प्राप्त गरिहेको यो बेला केन्द्रिय समिति बैठक चलिरहेको छ । त्यसले अहिले देशभरका पार्टीकार्यकर्ता र सुभेच्छुकका लागि मात्र होइन माओबादी इतर शक्तिहरुले समेत चासोका साथ यो बैठकले लिने अन्तिम निष्कर्ष र आगामी राजनीतिक भूमिकाको चित्र कस्तो होला भनेर हेरिहेका छन् ।
यो कुरामा २ मत छैन की मुलुकको क्रान्तिकारी कम्यूनिष्ट आन्दोलनको एउटा प्रबाहमा परिबर्तनका मुद्धाहरुलाई संस्थागत गर्न मुख्य भूमिका खेलेको शक्ति हो माओबादी । सवैभन्दा बढी बलिदान र त्याग गरेको शक्ति पनि हो यो । यसो हुँदाहुँदै पनि पछिल्ला दिनहरुमा हिजो जुट्ने प्रक्रियामा थियो बिस्तारै फूट्ने शिलशिलाले हिजोका सशस्त्र युद्धकालका सहयात्रीहरु आज संगै छैनन् यसले फूट्नेहरुलाई अहिले सम्म आउँदा कति लाभ दियो ? हिजोको माओबादी आन्दोलनलाई आज कुन अवस्थामा, अनि उचाईमा पुरयाईरहेको छ त्यो एउटा समिक्षाको बिषय छ भने कम्यूनिष्ट नीति अनुसार नेतृत्व बहन हुन नसक्दा माओबादीभित्र आम प्रश्न उठिरहेका छन् । यही इतिहासको एउटा निर्मम समिक्षा हुनुपर्ने बेलामा माओबादी केन्द्रको बैठक चलिरहेको छ । नेताहरुले खुलस्त रुपमा धारणा राख्ने अवसर मिलेको छ । सांगठनिक संरचना केन्द्रमा फूक्दै गएको तर जनस्तरमा सुक्दै गएको सन्दर्भमा माओबादीले मुलुकभरका आम कार्यकर्तामा उत्साह ल्याउने अनि जनस्तरमा जोडिने कार्यक्रम लिन सक्छ कि सक्दैन ? यतिबेला कैयन प्रश्न उठिरहेका छन् । सवै भन्दा ठूलो क्रान्तिकारी र परिबर्तनका कुरा गर्ने यो पार्टीभित्र एउटा पुस्ता नै धकेलिने अबधि सम्म पनि नेतृत्व परिबर्तन हुन नसक्ने गरेको परिपेक्ष्यमा पुस्तान्तरणको बिषयले पनि अहिले प्रबेश पाएको छ । साथै पार्टीभित्र झांगिएका कैयन बिकृति र बिसंगतिका बिषयमा पनि जसरी कुरा उठान भैरहेका छन् , कुरा मात्र उठान हुने तर रुपान्तरण हुन नसक्ने हो भने यी बहसका बिषयहरु अबश्य नै निरर्थक हुन सक्छन् ।
यसैले इतिहासको एउटा निर्मम र कठिन घडीमा छ माओबादीकेन्द्र यतिबेला , साथै अवसरलाई चुमेर नयाँ संभावनाको बाटो पक्रने अवसर पनि उत्तिकै छ यो बेला । हाल सत्तासंचालनको नेतृत्व गर्दैगर्दा देशका सवै शासकीय तथा प्रशासनिक संरचनाहरुमा बिकृति र बिसंगति छन् । भ्रष्टाचारले देश बिक्षिप्त छ । हरेक क्षेत्र हेर्दा मुलुक नराम्ररी थलिएको छ । दैनिकी औषत २ हजारका आसपासमा देशका प्रतिभावान युवायुवतीहरुले देश छाड्ने क्रम बढेको छ । संसदिय चरित्रको तर समाजबाद उन्मुख नाम दिएको यो लोकतान्त्रिक राज्यब्यबस्थामा माथीबाटै मुहान सफा गर्न माओबादी नेतृत्वको सरकारले चालेको कदम अबश्य नै सह्रानिय छ । भ्रष्टाचारका फाइल खोलेर भ्रष्टाचार संस्कृतिलाई अन्त्य गर्न थालिएको प्रयास र कदमलाई ठिक ढंगले ब्यवस्थापन गर्न सकियो भने माओबादीकेन्द्रको मात्र बिषय होइन की मुलुक साँच्चिकै सुशासनको मार्गमा प्रबेश गर्ने आधार तयार हुन सक्दछ तर मुद्धा उठाउने ठिक ढंगले ब्यवस्थापन गर्न सकिएन भने माओबादीका लागि क्षयीकरणको दिशामा जाने बाटो यो भन्दा केही हुने छैन । यस्तै सांगठनिक संरचना निर्माणमा पनि बासीकार्यशैली, नेताहरुका आ–आफ्नै समुह,गुटबन्दी र परिवारबाद जस्ता गलत अभ्यासबाट उठ्न जरुरी छ । कार्यकर्ता र जनतामा नयाँ तहबाट बिश्वास लिने बाटो तय गर्नै पर्दछ । आम कार्यकर्ताको योग्यता,क्षमता र त्यागको पृष्ठभूमिको सही मुल्याँकन हुन सकेन भने बैठकको चर्को प्रचार गरेर केही हुने छैन । सधै सत्तामा जोडिएर अवसरको फाइदा लुटिरहने एउटा समुह अनि सदैव कुनै कुरा राख्न पनि पुहँच पुरयाउन नसकेका अर्को नमुखा कार्यकर्ता समुहबीचको दरारले पनि माओबादी आन्दोलनभित्र समस्याका पोका झन गाँठो पर्दै गएको छ । माओबादीलाई सच्चाउन खोजिएको हो भने यो संस्कृतिको पनि अन्त्य हुनु जरुरी छ । यस्का साथै छरिएर रहेका माओबादी शक्तिहरुलाई नयाँ शिराबाट एकीकरणको कोर्षमा पुरयाउन सार्थक पहल पनि थालिनु पर्दछ । हरेक नेता कार्यकर्ताले आफ्नो क्षमता र योग्यता प्रदर्शन गर्ने अवसर पाउनै पर्दछ । अव मुलुकमा हरेक क्षेत्रमा संख्यामा होइन गुणको खोजी भइरहेको तथ्यलाई बुझ्न जरुरी छ । अन्यथा ०८४ निर्वाचनलाई लक्षित गरेर पार्टीभित्रको एउटा बर्ग र समुहको स्वार्थसिद्धका लागि मात्र गरिएको चुनावी बचाउ अभियान अर्थात राजनीतिक खेती हो भने माओबादी पार्टीको भबिष्य खोज्न धेरै लामो समय कुर्नुपर्ने छैन।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top