कुहिरोले ढाकिएको बिहानको बाहिरी मौषम शनिवारको दिन कलेजमा जानु नपर्ने छुट्टीको दिन पनि भएकाले सिरकभित्रै लुत्पतिएर एकाग्र बनेको त्यो क्षणमा सामाजिक संजालमा शुक्रवार नेकपाले राजधानीमा गरेको बिशाल आमसभामा प्रचण्डले ओलीलाई तह लगाउन नसकेकोमा क्षमा याचना गरेको स्टाटस हेर्दै थिएँ । मेरो एकाग्रता भंग गर्दै एकजना मित्रले फोन गरे मोवाइलमा, घण्टी टिरीरी बज्यो । उनी मेरा पत्रकारिता यात्राको सहकर्मी पनि हुन् । स्नेही साथीको धेरै दिनपछि आएको फोन उठाउनै पर्यो भन्ने लाग्यो, कानमा फोन डोसाएँ । उनी मित्रले सन्चो बिसन्चोको भलाकुसारी पछि राजनीतिक इभेन्टको बस्तुस्थिति तर्फ मेरो मन खोतल्दै हिजो शुक्रवार राजधानीमा त कार्यक्रम ठूलै भएछ नि भन्ने सन्दर्भबाट कुराको फेरो अगाडि सारें । मैले पनि हो, राम्रै भएछ, ७ दशक लामो त्यागबाट प्राप्त गरेको उपलब्धिलाई ओलीले १७ मिनेटमै तुहाउने खेलको प्रतिकारका लागि आमसभामा त्यो उपस्थिति देखिनु स्वभाविक रहेको सुनाए । मित्रले मेरो मनको कुरा क्रस गर्दै भने,‘जे जसरी भएपनि संसद बिघटन सदर नै हुने हो, ओलीले पुरै सेटिङमा गरेका हुन् । यहाँ हुने वाला अरु केही छैन, चुनाव हुन्छ, निर्वाचन आयोग तयारीमा लागि सक्यो । न्यायलयमा फैसला प्रक्रिया लम्बिदै जाने हो…….’ यस्तै यस्तै कुरा तान्दै साथीले बेलीबिस्तार लाउन थाले । मैले साथीको जिज्ञासा चिर्दै भने, ‘तपाइले भने अनुसार अब त्यसो हुनु भनेको अहिलेको यो संबिधानमा आगो लाग्नु हो । हेर्नुहोला समयले आन्दोलनको बलबाट भएपनि सत्यको पक्षमा फैसला गर्नेछ ’ भन्ने तर्क दिएँ । उनले मलाई ‘ओली भनेका सामान्य होइनन् ओलीको दम्भ र अडानको फेहरिस्त चिर्दै साथीले चानचुने नबुझ्न मलाई सुझाव दिए ।’ मित्रका कुराले मेरो गिदी चिलाए जस्तो भयो, साथीसंग के झगडा गर्नु, मैले ओलीको अधिनायकवादी प्रवृत्तिको परिणाम भएको अभिब्यक्ति दिएँ । उनले सेटिंग बुझे, आखिर उनी जे बुझे त्यही बोले, मैले प्रसंग माेंड,े संक्षिप्त कुराकानीमा २ दिनपछि भेटघाट गर्नेगरी संबादको बीट मारें । त्यसपछि म फेरि एकाग्र भएर साेंच्न थाले, साथीको बुझाइ, आखिर हल्लाको देश भन्छन् हुन पनि हो । अहिले प्राय ः चर्चा ओलीको सेटिङको बिषयमा छ । ओलीले अदालत,अनि निर्वाचन आयोगलाई कावुमा लिएर यो कदम चालेका हुन् भन्ने कुरा चियापसल, बाटाघाटा, गाडीका यात्रा, कलेज अनि कार्यालयमा यस्तै प्रकृतिका कुराले महत्व पाउने गरेका छन् । ओलीका झुण्डहरु अहिले त्यही भ्रमको राजनीति गरिरहेका छन् भने हिजो जनयुद्धकालमा एउटा पृष्ठभूमि बोकेका भनिनेहरु केही आज ओलीको ललीपपमा लट्ठिएर नयाँ जोगीको खरानीको भेषमा प्रस्तुत भइरहेका छन् ।
लोकतान्त्रिक राज्यब्यबस्थामा राजनीतिप्रति हरेक नेपालीले चासो राख्नु स्वभाविक नै हो । बिगतमा हामीले जुन ठक्कर भोग्यौं , जसरी हण्डर खायौं, लामो कथा पीडा र त्यागबाट हामीले यो उपलब्धि प्राप्त गरेका हौं । अस्ति भर्खरै जस्तो लाग्छ ०६२÷०६३ जनआन्दोलन उठाउने क्रममा दलका नेताहरुले आफूहरुले बिगतका कमीकमजोरी नदोहोरयाउने उद्घोष गरेका गरेका थिए । परिवर्तनका मुद्धाप्रति प्रतिबद्ध रहेपनि असंगठित रुपमा हुने गरेका ती लामो समयसम्मका संघर्षका परिणाम दिन नसक्ने अनि संघर्षकै रुपमा सिमित भइरहँदा अव भने दलहरुले महशुस गरे भन्ने लाग्यो, उकुसमुकुस भएका जनता सडकमा उठे । आखिर दुनियामा जनताको शक्ति भन्दा बलवान केहीपनि छैन भन्ने उदाहरण ०६२÷०६३ को जनआन्दोलनले समेत चरितार्थ गरयो । त्यसपछाडि बृहत शान्ति संझौता हुदै नयाँ संबिधान निर्माणको कोर्षमा २ पटक संबिधानसभा निर्वाचन भयो । नयाँसंबिधान निर्माणका लागि दलहरुलाई एउटा दृष्टिकोणमा ल्याउन पनि ठूलो मिहेनत नै गर्नुप¥यो । हाम्रो मुलुकको भूराजनीतिक वनोट र परिवेशले नेपालको राजनीतिलाई अन्र्तराष्ट्रिय शक्तिकेन्द्रको प्रभावबाट कुनै न कुनै ढंगले गिजोलीरहेको छ । जेसुकै होस् जनता नै सार्वभौमशक्ति सम्पन्न हुन् भन्ने कुराको ज्वलन्त उदाहरण भनेको अहिले सम्मको उपलब्धि नै हो । यो वेला कम्यूनिष्ट शासनको असली प्रयोग र परिक्षणको यो घडीमा बिश्वले चासोका साथ हेरिरहेको वेला कम्युनिष्ट पार्टीको नीति एकातिर नेतृत्व अर्कोतिर हुनुकै कारणले शुक्रवार राजधानीको बिशालसमुदायका बीच प्रचण्डले ओलीलाई नेतृत्व दिनु ऐतिहासिक भूल भएकोमा क्षमा याचना गरे ।
हो, आज यी सन्दर्भ केलाउदै जाँदा नेपाली राजनीतिमा ओली नाम एउटा पात्रको रुपमा नभएर प्रबृतिको रुपमा बिकास भइरहेको छ । यो प्रबृतिले संसद बिघटन हुनुलाई बाध्यताको रुपमा तर्क गरिरहेको छ । उसले अर्को प्रधानमन्त्री चुन्ने बिकल्प प्रतिनिधि सभामा नरहेको भन्दै संसद बिघटनलाई राजनीतिक अधिकारको रुपमा वाहियात तर्क गरिरहेको छ । इतिहास हेर्दा बिगतमा जतिपटक संसद बिघटन भए सवैले राजनीतिक स्थिरताका लागि ताजा जनादेश भन्ने आधार र कारण देखाउने गरेका छन् । बास्तवमा यस्ता घटनाक्रमले अहिले सम्म ती आधारलाई पुष्टि गर्न सकेका छैनन् । बरु मुलुकको राजनीति थप अस्थिरतातर्फ धकेलिने गरेका कारण बर्तमान संबिधानमा प्रधानमन्त्रीलाई यसरी बिघटन गर्ने अधिकार नदिइएको हो । भनिन्छ, सुन्दर तलाउमा एउटा माछो मरेर कुह्यो भने सिंगो पोखरी दुर्गन्धित हुन्छ । ठीक त्यसैगरी ओलीले पनि कम्युनिष्ट आन्दोलनभित्र सुन्दर भबिष्यको प्रतिक्षा गरिरहेका आम परिबर्तनकामी नेपाली जनताको भावनामाथी गम्भिर खेलवाड गरेका छन् । उनको अधिनायकवादी प्रवृत्तिको निर्णयले अहिले प्रतिनिधिसभा बिघटन गरेर संबिधानको हत्या गर्ने काम भएको छ । यसले गर्दा राजनीतिक परिबर्तनका अग्रगामी एजेण्डाहरु गम्भीर संकटमा धकेलिएको बेला यसलाई सही ट्रयाकमा ल्याउन सकिएन भने मुलुक अध्यारो सुरुङ तर्फ फस्ने भयानक खतरा छ । यतिबेला हामीले बुझ्नैपर्छ कि ओलीको कदमबाट मुलुक र जनताको भबिष्यमाथि मजाक भइरहेको छ । राजनीतिक आकाशमा कालो बादल मडारिएको छ । यतिवेला ओलीका झुण्ड बाहेक राजनीतिक दल, नागरिक समाज र सिंगो मुलुक ओलीको कदमको बिपक्षमा रहेका छन् । ओली र उनको झुण्ड भने दिनलाई रात जस्तै पुष्टि गर्न खोजिरहेको छ । अनि किर्तेजालसाँजी र कमेडी काम गरेर अन्र्तराष्ट्रिय राजनीतिमा नेपालको प्रधानमन्त्री पदको हैसियत समेत गुमाउन पुगेका ओलीको गलत कदमको फैसला कसरी हुन्छ भन्नेमा गम्भीर चासो त त छनै कुनै पनि हालतमा जनताको भावना बिपरित जानु हुदैन भन्ने हेक्का पनि हुनुपर्छ ।
कमेन्ट गर्नुहोस !