प्रकाश बैद्य
प्यूठान÷ जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुमा सञ्चालित किशोरकिशोरी मैत्री यौन तथा प्रजनन् स्वास्थ्य सेवा कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।
सेभ द चिल्ड्रेन , कालिका बिकास केन्द्र नेपाल , जिल्ला स्वास्थ्य कार्यालय तथा विभिन्न सहयोगि निकायको साझेदारीमा ०७१÷ ०७२ देखि जिल्लाका ४८ स्वास्थ्य संस्थाहरुमा १० देखि १९ बर्ष सम्मका किशोर किशोरीहरुको प्रजनन् स्वास्थ्यमा टेवा पुग्ने उद्देश्यले किशोर किशोरी मैत्री यौन तथा प्रजनन् स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गरिए पछि किशोर किशोरीहरु आफुलाई लागेको यौन तथा प्रजनन् स्वास्थ्य सम्वन्धी जिज्ञासा थाहा पाउन तथा स्वास्थ्य उपचारका लागि स्वास्थ्य संस्थामा आउने सक्रियता बढेको हो ।
कार्यक्रम अन्तर्गत स्वास्थ्य संस्थाहरुमा किशोर किशोरीहको स्वास्थ्य सेवाका लागि छुट्टै कोठाको व्यवस्था गरिएको छ भने उक्त कोठामा विभिन्न ८ प्रकारका प्रजनन् स्वास्थ्य सम्वन्धि पुस्तकहरु राखिएका छन् । ८ पाइला भनेर चिनीने ती पुस्तकहरुमा यौन रोग तथा एच आइ भि एड्स,किशोर किशोरी अवस्था , शारिरिक मानसिक परिवर्तन ,किशोर किशोरी अवस्थामा हुने समस्या तथा समाधानका उपाएहरु ,प्रजनन् स्वास्थ्य ,महिनावारी ,चुरोट रक्सी तथा लागु पदार्थ ,यौन र यौन सम्वन्ध ,विवाह गर्भावस्था र गर्भपतन लगाएतका विषयमा छुट्टा छुट्टै विषयमा किशोर किशोरीहरुले सजिलै बुझ्ने गरी व्याख्या गरिएका छन् । आफुलाई जान्न इच्छुक विषय तथा आफ्नो समस्याको उत्तरका लागि किशोर किशोरीहरु स्वास्थ्य संस्थाको किशोर किशोरी मैत्री कक्षमा जान्छन् र ती पुस्तक पढ्ने गरेका छन् । पुस्तक पढेर समाधान नभएका समस्याहरु स्वास्थ्य संस्थाका कर्मचारी मार्फत परामर्श गरेर समाधान गर्ने गरिएको छ ।
हिजो सापडाँडा स्वास्थ्य चौकीको किशोर किशोरी मैत्री कक्षमा पुस्तक पढ्दै गरेका किशोर राजीव के.एम भन्दछन् ै किशोर किशोरी मैत्री सेवाले हामीलाई पर्ने यौन तथा प्रजनन् स्वास्थ्य समस्या समाधानमा निकै सजिलो बनाएको छ हामी अरु साथीहरुलाई पनि बोलाएर पुस्तक पढ्न ल्याउने गरेका छौ । ै
आफुलाई परेको यौन तथा प्रजनन् समस्या समेत भन्न असजिलो मान्ने उमेर समुह किशोर किशोरी समुह भएकाले किशोर किशोरीहरुले पुस्तक अध्ययनबाट आफ्नो समस्या आफै समाधान गर्न पाउँदा सजिलो भएको बताउँछन् । पुस्तक पढ्दै गरेकी किशोरी गीता बस्नेत भन्दछिन् ै पुस्तकमा धेरै हामीलाई काम लाग्ने ज्ञान छ त्यसैले अरु साथीहरुलाई पनि लिएर आउँदछौ । ै
किशोर किशोरी मैत्री कक्षमा पुस्तकका अतिरिक्त फर्निचर ,टेबल ,तौल जाँच्ने मेशीन समेत राखिएको छ । किशोर किशोरी मैत्री सेवा कक्षमा स्वास्थ्य सम्वन्धी परामर्श दिदै गरेका सापडाँडा स्वास्थ्य चौकीका इन्चार्ज गोविन्द घिमिरे भन्दछन् ै चैत्र महिनामा मात्र हाम्रो सापडाँडा स्वास्थ्य चौकीमा करिव १ सय ४५ जनाले सेवा लिइ सकेका छन् त्यसैले पनि प्रष्ठ हुन्छ यो कार्यक्रम अत्यन्त राम्रो छ । देशको करिव २४ प्रतिशत जनसंख्या ओगटेको किशोर किशोरी अवस्थामा विभिन्न स्वास्थ्य समस्या आउने हुँदा किशोर किशोरी कार्यक्रमलाई यहि रफ्तारमा लैजानुको बिकल्प छैन तर कार्यक्रमको लागि छुट्टै बजेट तथा आवश्यक पूर्वाधार नहुँदा केहि समस्या छ, कार्यक्रमको दिगोपना तथा थप व्यववस्थित गर्ने सन्दर्भमा सवैको ध्यान जानु जरुरी छ ।ै
किशोर किशोरीहरुको स्वास्थ्य समस्यालाई मध्यनजर गरी सञ्चालनमा ल्याइएको किशोर किशोरी मैत्री सेवा कार्यक्रम आफैमा महत्वपूर्ण छ तर कार्यक्रमलाई थप व्यवस्थित गर्नु आवश्यक देखिन्छ । जस्तै धेरै किशोर किशोरीहरुलाई पढ्ने बानी बसाउन ८ प्रकारका पुस्तक होइन सवैलाई समेटेर एउटै पुस्तक बनायो भने अझ सजिलो हुने देखिन्छ । त्यस्तै कतिपय स्वास्थ्य संस्थाहरुमा छुट्टै कक्षको व्यवस्था गरिए पनि कतिपयमा छुट्टै व्यवस्था छैन तसर्थ सो ेबनाउने तथा अझ तालिम हल को व्यवस्था गर्न सकेमा थप प्रभावकारी हुने देखिन्छ । पुस्तक पढ्न आउने किशोर किशोरीहरुलाई चीयाको व्यवस्था हुन सके थप प्रभावकारी हुन सक्दछ । सेनेटरी प्याड,गर्भ जाँच किट जस्ता सामाग्री निशुल्क रुपमा उपलव्ध हुन जरुरी देखिन्छ । किशोर किशोरीहरु माझ थप चेतना जगाउन बिद्यालय स्तरमा व्यापक रुपमा अभियानकै रुपमा कार्यक्रम लैजानु आवश्यक देखिन्छ भने कार्यक्रमको दिगोपनाका सन्दर्भमा सम्वन्धित निकायले सोच्नै पर्दछ ।
यस विषयमा जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदी भन्दछन् ै स्वास्थ्य कार्यालयले जिल्लाका सवै स्वास्थ्य संस्था स्थानीय सरकारलाई हस्तान्तरण गरी सकेको छ तसर्थ किशोरी किशोरी मैत्री सेवा जुन आफैमा महत्वपूर्ण भएकाले स्थानीय तहहरुले अरु कार्यक्रम सरह यो कार्यक्रमलाई प्राथमिकता दिन जरुरी छ । किशोर किशोरी अवस्था विशेष गरेर प्रजनन् स्वास्थ्यका लागि ख्याल गर्नु पर्ने उमेर समुह भएका कारणले यो उमेर समुहलाई बिद्यालयमा र स्वास्थ्य संस्थामा सहजतापूर्वक वस्ने वातावरण मिलाउनु पर्दछ र विद्यालय र स्वास्थ्य संस्था व्यवस्थापन समितिले समन्वय गरेर बिद्यार्थीलाई चेतना जगाई सेवा उपभोगमा बृद्धि गर्नु यतिवेलाको आवश्यक्ता हो । बिद्यालयमा सुचना कर्नर स्थापना भयो भने अझ सो सेवाका बारे थाहा पाउन बिद्यार्थीहरुलाई सहज हुन्छ । ै
किशोर किशोरी सेवा सुचिकृत भई सके पछि त्यसको गूणस्तरता र दिगोपना कायम राख्न स्वास्थ्य सेवा विभागवाट प्रमाणिकरण गर्नु पर्ने हुन्छ जस अनुसार प्राथमिक स्वास्थ्य केन्द्र भिंगृ ,खैरा स्वास्थ्य चौकी ,बरौलास्वास्थ्य चौकी ,गोठिवा∙ स्वास्थ्य चौकी ,ओखरकोट स्वास्थ्य चौकी , र सोत्रे स्वास्थ्य चौकी गरी ६ वटा संस्था प्रमाणिकरण भई सकेको र थप १० वटा प्रमाणिकरण हुने प्रक्रियामा रहेको समेत स्वास्थ्य कार्यालय प्रमुख सुवेदीले बताए ।
किशोर किशोरीहरुको स्वास्थ्य समस्यालाई मध्यनजर गरेर सञ्चालन गरिएको किशोर किशोरी मैत्री यौन तथा प्रजनन् स्वाास्थ्य कार्यक्रम आफैमा महत्वपूर्ण कार्यक्रम छ । कार्यक्रमको प्रभावकारीता पनि बढ्दो देखिन्छ तर अझै कार्यक्रमलाई अभियानकै रुपममा व्यापक प्रचार प्रसार तथा बिद्यालय शिक्षाको माध्यमबाट चेतना जगाउने तथा आवश्यक सामाग्रीहरु व्यवस्था गर्ने र कार्यक्रमको दिगोपना तथा थप व्यवस्थित पार्ने तर्फ सम्वन्धित स्थानीय सरकारले विशेष योजना बनाएर लैजानु जरुरी छ ।
कमेन्ट गर्नुहोस !