शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

भुवनेश्वरी मा.वि.लाई सुचना प्रविधि सामाग्री हस्तान्तरण , बिद्यार्थीको उज्वल भविश्य निर्माणमा सुचना प्रविधी शिक्षा महत्वपूर्ण ः बक्ताहरु


प्रकाश बैद्य
प्यूठान ÷ बिद्यार्थीहरुको पठन पाठन प्रक्रियालाई व्यवहारिक एवं सुचना प्रविधी मैत्री बनाउन सघाउ पुर्याउने उद्देश्यले वेष्टर्न डेभलपमेण्ट बैंक लि.घोराही दाङले भुवनेश्वरी मा.वि. खैरा लाई सुचना प्रविधिका सामाग्रीहरु सहयोग गरेको छ ।
बैंकले आज एक कार्यक्रमको आयोजना गरी कम्प्यूटर,प्रिन्टर,प्रोजेक्टर लगाएतका सुचना प्रविधिका सामाग्रीहरु हस्तान्तरण गरेको हो ।
अहिलेको युग सुचना प्रविधिको युग भएकाले बिद्यालयमा अध्ययन गर्ने कलिला विद्यार्थीहरुलाई आजै देखि सुचना प्रविधिको विषयमा निपूर्ण बनाउन जरुरी रहेको र बालबालिकाको भविश्य उज्वल बनाउन सुचना प्रविधिको व्यवाहारिक शिक्षा प्रदान गर्ने विषयमा शिक्षक,अभिभावक तथा बिद्यार्थी सवैले उत्तिकै चासो राख्नु पर्नेमा बक्ताहरुले जोड दिएका छन् ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागि भएका नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले बिद्यालयका बिद्यार्थीहरुमा आजै देखि सुचना प्रविधिको प्राविधिक ज्ञान तथा वित्तिय ज्ञान हुनु पर्नेमा जोड दिए । वित्तिय तथा सुचना प्रविधिको ज्ञानले बिद्यार्थीहरुमा १२ कक्षा पास गरे पछि केहि गरौ भन्ने मानसिकता तयार हुन जान्छ त्यसैले बिद्यालयमा सुचना प्रविधि र वित्तिय साक्षरता कक्षा सञ्चालन गरिनु पर्दछ भन्दै डेपुटी गभर्नर श्रेष्ठले विद्यार्थीहरुमा फजुल खर्च नगर्ने , बचत गर्ने वानीको विकास गर्ने , पछि गएर रोजगारीका अवसर खोज्न सक्ने खालको ज्ञानको विकास गर्न पनि वित्तिय शिक्षा तथा सुचना प्रविधि शिक्षाको आवश्यक्ता रहेको प्रष्ट्याए । आम प्यूठानी जनताले अहिले बैंकहरुले प्रदान गर्ने विभिन्न सेवाको वारेमा थाहा पाई सेवा लिन आग्रह समेत गर्दै डे गभर्नर श्रेष्ठले नेपाल राष्ट्र बैंकले अहिले बैंकहरु मार्फत केहि गरौ भन्ने भावना भएका मानिसहरुका लािग सहुलियत दरमा धेरै प्रकारका कर्जाहरु उपलव्ध हुने व्यवस्था मिलाएकाले सो को उपयोग गर्न समेत आग्रह गरे ।
कार्यक्रमका विशिष्ट अतिथि नेकपा स्थायी कमिटी सदस्य लिलामणी पोख्रेलले हिजोको जस्तो घोकेर परिक्षा दिने, एउटाले घोकेको सवैले त्यहि सार्ने र एउटा शव्द विग्रियो भने सवै विग्रने जसले गर्दा परिक्षा नै विग्रने गरेको पाइन्थ्यो तसर्थ अवको आधुनिक युगमा त्यस्तो घोकन्ते विधिले विकास हुन नसक्ने भएकाले विद्यार्थीहरुको शिक्षामा रुपान्तरणको आवश्यक्ता रहेको प्रष्ट्याए । शिक्षामा अव व्यवहारिक प्राक्टिकल ज्ञानको जरुरी रहेको चर्चा गर्दै नेता पोख्रेलले एउटा औलामा संसार अडेकाले संसारको सुचना त्यहि एउटा औलामा केन्द्रिकृत हुने हुँदा बिद्यार्थीहरुका लागि अव सुचना प्रविधि शिक्षाको बिकल्पै नरहेको प्रष्ट पारे । कार्यक्रमका विशेष अतिथि प्यूठान नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपतिले सुचना प्रविधिको जव सम्म हामीले महत्व बुझ्न सक्दैनौ तव सम्म हाम्रा सपना पुरा हुन नसक्ने बताए । बिद्यार्थीहरुको सुचना प्रविधि शिक्षालाई आवश्यक्ता बोध गर्दै प्यूठाननगरपालिकाले नगर क्षेत्रका १३ बिद्यालयमा आइसिटी कक्षा तथा एउटा वडामा एक नमुना बिद्यालय बनाउने अभियानका साथ कार्य अगाडि बढाएको समेत नगर प्रमुख कक्षपतिले बताए । वेष्टर्न डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत खिम बहादुर डाँगीले ग्रामीण ठाउँका बिद्यालयका बिद्यार्थीहरुको शिक्षामा सघाउ पुर्याउन बैंकको सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तर्गत प्यूठानमा बैंकको कार्य क्षेत्र नभएता पनि पहाडी बिद्यालयहरुमा पनि सहयोग गर्ने मनशायले प्यूठानको भुवनेश्वरी मा.वि.मा सुचना प्रविधि सामाग्री हस्तान्तरणका लागि छनौट गरिएको बताए । पूर्व बिद्यालय व्यवस्थापन समिति अध्यक्ष चुमानसिंह बस्नेतले दाङवाट आएर भुवनेश्वरी मा.वि. लाई सामाग्री सहयोग गरेकोमा धन्यवाद व्यक्त गरेका थिए ।
भुवनेश्वरी मा.वि.का बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवी वहादुर बस्नेतको अध्यक्षतामा भएको सो कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक मुक्ति पोख्रेलले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन शिक्षक शोभाराम भट्टराईले गरेका थिए । सुचना प्रविधिका सामाग्री अन्तर्गत भुवनेश्वरी मा.वि.लाई कम्प्यूटर ८ थान , प्रिन्टर २ थान , प्रोजेक्टर १ थान तथा थ्रि इन वान प्रिन्टर १ थान हस्तान्तरण गरिएको थियो ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top