शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

प्युठानमा लाईभ म्युजिक सहितको नौलो रेष्टुरेन्ट सञ्चालन


सागर रिजाल
प्युठान,२१ बैशाख ।
प्युठानमै नौलो लाईभ म्युजीक सहितको रेष्टुरेन्ट सञ्चालनमा आएको छ । प्युठान नगरपालिका–४ जुम्रीमा काभे्र बनेपाका पावल दंगालले काठमान्डौ प्यालेस एण्ड रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् । रेष्टुरेन्टको शनिवार एक कार्यक्रम गरि उद्घाटन गरिएको छ ।
करिब २ वर्ष सम्म यु.एस.य (ब्रसट) मा काम गरि केहि समय अगाडी नेपाल फर्केका दंगालले व्यवसाय सञ्चालनमा ल्याएको बताउनुभयाृ । विदेशीभूमि जानुभन्दा आफ्नै देशमा काम गर्नुपर्छ भन्ने सोचाईका साथ व्यवसाय सञ्चालन गरिएको हो । काभ्रेमा जन्मीनुभएका उहाँ व्यवसाय सञ्चालन कहाँ गर्ने भनेर धेरै जिल्लाको अनुगमन पछि प्युठान आएको बताउनुभयो । तराईका धेरै जिल्ला घुमे उहाँले भन्नुभयो,–‘अन्त्यमा पहाडी जिल्ला प्युठान मन पर्यो । ’
केहि दिन अगाडी घुमघामका क्रममा प्युठान आएका दंगालले यस क्षेत्रमा रेष्टुरेन्ट सञ्चालन गर्ने बातावरण उपयुक्त रहेकोले यही स्थान रोजेको बताउनुभयो । उहाँले भन्नुभयो,–‘प्युठानीले सहयोग गरेमा व्यवसाय फस्टाउने छ । ’


होटल उद्घाटन कार्यक्रममा होटल व्यवसायी संघका केन्द्रिय कोषाध्यक्ष शिव पुलामीले रेष्टुरेन्टको सफलताको शुभकामना व्यक्त गर्नुभएको छ । बाहिरी जिल्लाबाट आएर यस क्षेत्रमा व्यसाय सञ्चालन गर्नुभएको छ । उहाँले भन्नुभयो,–‘अनुशासित, लगनशील भएर व्यवसाय सञ्चालन गर्नुहोला । ’ होटल व्यवसायी संघ प्युठानले सदैव तपाईको व्यवसायलाई सहयोग गर्न तत्पर रहने उहाँले बताउनुभयो ।
त्यस्तै होटल व्यवसायी संघ ५ नंम्बर प्रदेशका महासचिव दधिराम भण्डारीले स्वर्गद्धारीको जिल्ला भनेर प्रख्यात रहेको प्युठानमा नौलो खालको रेष्टुरेन्ट सञ्चालन ल्याउनुभएकोमा सफलताको शुभकामना दिनुभयो । सञ्चालनमा आएको रेष्टुरेन्टले विकासमा सहयोग पुर्याउने विश्वास लिएको उहाँले बताउनुभयो ।


रेष्टुरेन्टमा लाईभ म्युजीक
दंगालले सञ्चालनमा ल्याएको रेष्टुरेन्टमा लाईभ म्युजिकको पनि व्यवस्था गरिएको छ । राष्ट्रिय स्तरका कलाकारको उपस्थितीमा लाईभ म्युजीक राखिने सञ्चालक दंगालले बताउनुभयो। उहाँले भन्नुभयो,–‘यसले व्यवसायमा थप टेवा पुर्याउने छ । ’
हप्ताको शुक्रबार र शनिवार दुई दिन कलाकारको उपस्थितीमा लाईभ म्युजिक हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,–‘अपरान्ह ४ बजेदेखी साझ ७ बजेसम्म लाईभ म्युजिक चल्नेछ । ’ राष्ट्रिय स्तरका कलाकार जिल्लामै आएपछि हेर्न र गीत सुन्नका लागि काठमान्डौ र महोत्सव कुर्नु नपर्ने यस क्षेत्रका स्थानियहरु बताउछन् ।
करिब १३ लाख रुपिँया लगानीमा सञ्चालनमा आएको रेष्टुरेन्टमा खाना, नास्ताको व्यवस्था सुविधा छ । साथै वर्थ डे पार्टी, सेमिनार, मिटिङ सञ्चालन गर्न सकिने सञ्चालक दंगालले बताउनुभयो ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top