शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

नेकपा प्यूठान नगरको बैठक सम्पन्न


प्यूठान÷ नेपाल कम्यूनिष्ट पाटी (नेकपा) प्यूठान नगरकमिटीको बैठक आज जुमृमा सम्पन्न भएको छ ।
बैठकमा प्रमुख अतिथिको रुपमा ने.क.पा स्थायी समिति सदस्य मणि चन्द्र थापा तथा विशेष अतिथिको रुपमा नवनियुक्त जिल्ला अध्यक्ष तुल्सीराम शर्माको उपस्थिति रहेको थियो ।
बैठकले नगरपालिका संगठन कमिटीलाई सशक्त ढंगले अगाडि बढाउदै प्रत्येक बस्ती बस्तीमा पार्टीका गतिविधीहरु लैजान महत्वपूर्ण निर्णयहरु गरेको अध्यक्ष टंक बहादुर खड्काले बताए ।
बैठकमा नेकपा स्थायी समिति सदस्य मणि चन्द्र थापाले पार्टीको पछिल्लो राजनीतिक गतिविधी तथा अवको कार्य योजनाका विषयमा प्रशिक्षण दिएका थिए । बैठकमा जिल्ला अध्यक्ष तुल्सीराम शर्मा , नेता कृष्ण घिमिरे , मुक्ति पोख्रेल लगाएतले मन्तव्य राखेका थिए । बैठकमा नगरकमिटी अध्यक्ष टंक बहादुर खड्काले स्थायी समिति सदस्य मणि थापा तथा नवनियुक्त जिल्ला अध्यक्ष तुल्सीराम शर्मालाई खादा ओढाएर सम्मान समेत गरेका थिए । नगर कमिटीका सदस्य, विभिन्न जिल्ला कमिटीका सदस्य , स्थानीय तहका जनप्रतिनिधि लगाएत सयौको उपस्थिति रहेको बैठकको सञ्चालन नेकपा प्यूठान नगरकमिटी सचिव विष्णु योगिले गरेका थिए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top