शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

कक्षा १२ पास गरे सव–इन्जिनीयर, प्राविधिक शिक्षामा प्यूठान केन्द्रविन्दु बन्दै


प्यार अलिखाँन
प्यूठान, कक्षा १२ पास गरेमा अब सिधै सव–इन्जिनीयर भईनेछ । कक्षा ९ बाटै सिभिलइन्यिनियरिङ्ग तर्फ प्राविधिक शिक्षा अध्यापन हुन थालेपछि कक्षा १० पास गर्दा विद्यार्थी सव–ओभरसियर हुने भएका छन् । जिल्लाकै पुरानो प्रतिष्ठित मुक्ति माध्यमिक विद्यालयमा सिभिल इन्जिनियरिङ्ग तर्फ प्राविधिक तथा रोजगारमुुलक शिक्षाको अध्यापन सुरु भैरहेको प्रद्यानाध्यापक योगेन्द्र जिसीले बताए । ‘११०० पुर्णाङ्कको पढाई हुनेछ ।’ प्रअ जिसीले भने, ‘४० प्रतिशत सैद्धान्तिक ज्ञान वाँकी ५० प्रतिशत प्रयोगात्मक सिकाई हुनेछ ।’ कक्षा १२ पछि विद्यार्थीहरु ब्याचलर ईन इन्जिनियरिङ्ग तर्फ थप अध्ययन गर्नलाई सोझै बाटो खुल्ने जिसीले बताए ।

दक्ष प्राविधिक उत्पादन गर्न सरकारले रोजगारमुलक शिक्षालाई प्राथमिकताका साथ अघि बढाएको उनको भनाई छ । ‘करिब ५० हजार मात्रै लगानीमा विद्यार्थीहरु प्राविधिक बन्दैछन्, यो विशुुद्ध सरकारी कार्यक्रम हो ।’जिसि भन्छन्, ‘यहि प्राविधिक शिक्षा अध्ययन गर्न बाहिर जाँदा करिब १० देखि १२ लाख खर्च हुन्छ ।’ कक्षा ११ र १२ का लागि प्रयोगात्मक सामाग्री नआउँदा विद्यालयलाई भने चिन्ता थपिएको छ ।
‘करिब १८ लाख बराबरको शैक्षिक सामाग्री आउनु पर्नेछ ।’ प्रअ जिसीले भने, ‘संघीयता अभ्यासको अन्यौलले गर्दा अलमलमा परेका छौँ ।’ समस्याबारे प्यूठान नगरपालिकामा बारम्वार जानकारी गराउँदा समेत सुनुवाई नभएकोमा जिसीले दुखेसो पोखे । ‘अन्यत्र जिल्लामा त यस्तो प्रकृतिको समस्या स्थानीयतहबाटै हलभएको सुनेका छौँ ।’ जिसीले थपे ।
विद्यार्थीहरुलाई माध्यमिक तह पुरा गरेपछि प्राविधिक तथा व्यवसायिक शिक्षा अध्ययन गर्न बाहिरि जिल्ला जानुपर्ने बाध्यता हटेको छ । घर आगँनमै आत्मनिर्भर हुन तथा स्वरोजगारमुलक शिक्षा कम खर्चमा प्राप्त हुने भएपछि अभिभावक तथा विद्यार्थीहरुमा खुसी छाएको शिक्षा क्षेत्रका विज्ञहरु बताउँछन् ।प्राविधिक शिक्षातर्फ आकर्षण ल्याउन स्थानीय सरकारनै बढी गम्भीर बन्नुपर्नेमा उनिहरुको जोड छ । प्यूठानका सबै स्थानीयतहमा विभिन्न विद्यामा प्राविधिक शिक्षा अध्यापन हुने भएपछि जिल्ला प्राविधिक शिक्षाका लागि हब बन्न सक्ने प्रचुर सम्भावना भएको जानकारहरु बताउछन् । प्यूठानमा प्राविधिक तर्फ शैक्षिक क्षेत्रको विकासले पूर्वपश्चिमका विद्यार्थीहरु समेत अध्ययन गर्न प्यूठान भित्रिएको जिल्ला शिक्षा समन्वय समितिका प्रमुख शिव पण्डितले बताए ।
शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय अन्तर्गत शिक्षा तथा मानवश्रोत विकास केन्द्र सानोठिमी भक्तपुरद्धारा २०७५ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत सरकारले ‘एक स्थानीयतह, एक प्राविधिक विद्यालयका’े अवधारणा अघि सारेपछि शैक्षिक सत्र २०७६ बाट कक्षा ९ देखि कक्षा १२ सम्म प्राविधिक तथा व्यवसायिकधार संचालन गर्ने गरि केन्द्रिय निर्देशक समितिको निर्णय वमोजिम प्यूठानका ९ वटै स्थानीयतहमा प्राविधिक शिक्षाको पठनपाठन सुरु हुँदैछ ।
यस अघि बालविद्यामावि मरण्ठानाले सिटिईभिटिबाट मान्यता प्राप्त गरि तीन वर्षे बालि विज्ञानतर्फ अध्यापन गराईरहेको विद्यालय कार्यक्रम संयोजक रमेश गिरीले बताए । मुगु डोल्पा, दाङ्ग, सुर्खेत, वाँके बर्दियाका विद्यार्थीहरुले समेत अध्ययन गरिरहेको गिरीको भनाई छ । क्षेत्रविकास माध्यमिक विद्यालय पूण्यखोलाले गत वर्षबाट ३ वर्षे बाली विज्ञानको अध्यापन सुरु गरेको विद्यालय कार्यक्रम संयोजक विशाल पोखे्रलले बताए । त्यस्तै भानुभक्त मावी बर्बोटले ५ वर्षअघि बाटै ९–१२ कक्षासम्म बाली विज्ञान विषयमा पठनपाठन गराईरहेको प्रअ चक्रपाणी पौडेलले बताए ।
१.स्वर्गद्धारी नगरपालिका ः उमा महेश्वरी माध्यमिक विद्यालय– बालि विज्ञान
२.ऐरावती गाँउपालिकाःमोती माध्यमिक विद्यालय– कम्प्यूटर इन्जिनियरिङ्ग
३.गौमुखी गाँउपालिकाःगौमुखी माध्यमिक विद्यालय– कृषि विज्ञान
४.झिमरुक गाँउपालिकाः बालशिक्षा माध्यमिक विद्यालय–सिभिल इन्जिनियरिङ्ग
५.माण्डवी गाँउपालिकाः माण्डवी माध्यमीक विद्यालय–कम्प्यूटर इन्जिनियरिङ्ग
६.प्यूठान नगरपालिकाः मुक्ति माध्यमिक विद्यालय– सिभिल इन्जिनियरिङ्ग
७.मल्लरानी गाँउपालिका ः बर्बोट माध्यमिक विद्यालय– कृषि विज्ञान

८.सरुमारानी गाँउपालिका ः सरस्वती माध्यमिक विद्यालय– कृषि विज्ञान
९ नौबहिनी गाँउपालिकाः गंगा माध्यमिक विद्यालय– कृषि विज्ञान सिटिईभिटिबाट मान्यताप्राप्त

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top