शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

राजनीतिमा बैदेशिक शिक्षाको दवाव र प्रभाव


 

आजको सूचना प्रविधिले निर्माण गरेको २१ औं शताव्दीको ज्ञानात्मक तथा भूमण्डलीकृत समाजमा प्राचिनकालीन शैक्षिक इतिहांसलाई विभाजन गरे जस्तो स्वदेशी र विदेशी शिक्षा भनी विभाजन गर्नु समय सान्दर्भिक हुंदैन । यो मान्यताले समकालीन दुनियांमा धेरै महत्व पनि राख्दैन । पेसा,व्यवसाय वा आर्थिक क्षेत्रमा बैदेशिक शिक्षाले देशमा राम्रो प्रभाव पारेको कुरामा कसैको दुईमत छैन । तर राजनीतिक क्षेत्रमा भने बैदेशिक शिक्षाको प्रभाव सकारात्मक रहेको देखिन्न । यसको पछिल्लो प्रतिनिधिमूलक उदाहरण हो, अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) लाई हेर्ने दृष्टिकोणमा फरक मत । अहिले नेपालको राजनीतिमा सबै भन्दा बढी चर्चा छ भने त्यो एमसीसी नै हो । सत्ता गठबन्धन भत्कने र राजनीतिमा नयां धु्रवीकरण हुने हल्ला पनि यसैले निर्माण गरेको छ । यो विषयले नेपालकोे घरेलु मामलालाई मात्र होइन, वाह्य मामलालाई पनि त्यत्तिकै गिजोल्ने देखिन्छ । देशको राष्ट्रियता र सार्वभौंमिक अखण्डतासंग जोडिएको विषयलाई नेताहरुले जसरी सामान्य बैदेशिक सहायताको रुपमा अथ्र्याउंदै जनमत निर्माण गर्दैछन् ,त्यो देशका लागि दुर्भाग्यको विषय हो । अब यो विषयमा कसले ? के कस्तो अभिव्यक्तिहरु दिंदै आएका छन् ,उनीहरुको शैक्षिक धरातल के हो ? त्यसको खोजी गरौं । नेपाली कांग्रेसका पार्टी सभापति प्रधानमन्त्री शेर बहादुर देउवा(बेलायत),महामन्त्री गगन थापा,नेता मिलेन्द्र रिजाल,नेता रामशरण महत अमेरिकी शिक्षालयबाट दिक्षित नेता हुन ,जसले अग्र मोर्चामा रहेर एमसीसीको पक्षमा वकालत गर्दै आएका छन् । उनीहरुकै स्वर र स्तरमा उठेर समाजवादी पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले पनि एमसीसीको समर्थन गरेका छन् ,उनी भारतीय शिक्षालयका उत्पादन हुन ।
शिक्षा आर्जन गर्नु भनेको ज्ञान आर्जन गर्नु हो । व्यक्तिले ज्ञान आर्जन गर्दैमा उसमा बुद्धि या विवेक पनि प्रस्फुटन हुन्छ भन्न सकिन्न । पढेको ज्ञानले बुद्धि या विवेकलाई उजागर गर्न सकेन भने त्यो ज्ञान अधुरो हुन्छ । त्यस्तो ज्ञानले व्यक्तिको चौतर्फी विकास गर्न सक्दैन । आधुनिक शिक्षाले ज्ञान दिन्छ ,तर विवेक र बुद्धि दिन्छ नै भन्न सकिन्न । विवेक भनेको अन्तस्करणको अभिव्यक्ति हो । विवेकविनाको ज्ञानको घेरा संकुचित हुन्छ । त्यसले सार्वजनिक जीवनमा कुनै अर्थ राख्दैन । विवेकरहित ज्ञानले सहि र गलत छुट्टयाउंदैन । यो शिक्षाले व्यक्तिलाई यान्त्रिक र वैयक्तिकरण तर्फ डोराउं छ । सामुहिक हित वा स्वार्थलाई गौढ ठान्दछ ,व्यक्तिगत स्वार्थलाई प्रधान ठान्दछ । यस्तो ज्ञान आर्जनबाट धन दौलत, बिकाउ ख्याति किन्न सकिन्छ, क्षणीक सुख,भोग विलास खरिद गर्न सकिन्छ । यी सबै आधुनिक शिक्षा प्रणालीका खराबीहरु हुन ।
आधुनिक ज्ञान (अंग्रेजी शिक्षा प्रणाली) जसलाई आधुनिक शिक्षा पनि भनिन्छ । त्यो शिक्षाबाट दिक्षित नेपालका नेताहरुमा अंग्रेजी शिक्षा (ज्ञान)को प्रत्यक्ष प्रभाव परेको देखिन्छ । उनीहरुमा बढ्दो व्यक्तिगत स्वार्थ, महत्वकांक्षा त्यसैको परिणति हो । राष्ट्र,राष्ट्रियता र देश–प्रेम जस्ता राष्ट्रको जीवनमा महत्व राख्ने विषयलाई गौढ ठान्ने र विदेश र विदेशीका विषयलाई महत्व दिने र प्राथमिकतामा राख्ने सोंच दास मानसिकताको उपज र अंग्रेजी शिक्षाको प्रभाव हो ।
अंग्रेजी शिक्षा (कानुन विषय) अध्ययन गर्न बेलायत गएका माहात्मागान्धीलाई एलएलवी विषयको तेस्रो वर्षमा आफ्नो विषयसंग सम्बन्धित कुनै एक विषयमा शोध गर्नु पर्ने हुन्थ्यो । त्यसका लागि उनले दक्षिण अफ्रिकाको रंगभेद नीति र यसले पारेको प्रभावको विषयमा अध्ययन गर्ने निधो गरे । सो अध्ययन पूरा गर्ने उद्ेश्यले गान्धीले बेलायतबाट दक्षिण अफ्रिकाको लागि रेलको टिकट खरिद गरे । उनलाई रेल यात्राको क्रममा संगै बसेको गोरे (बेलायती) ले मानसिक र शारीरिक पीडा दियो । गान्धीलाई पीडा दिनुको कारण थियो ,उनले रेलको यात्रा गर्दा ए कलासको टिकट खरिद गरी गोरेसंगै यात्रा गर्नु । पश्चिमा मुलुकहरु विशेषतः अमेरिका र बेलायतमा रंगभेद हट्दै थियो , तर दक्षिण अफ्रिकामा भने जीवितै थियो । त्यहां गोरा जाती बाहेक अन्य वर्ण या जातीका व्यक्तिलाई ए कलासको टिकट खरिद गरी सार्वजनिक सवारी साधनमा यात्रा गर्नु अपराध ठानिन्थयो । यो घटनाले गान्धीलाई असाध्य पीडावोध गरायो । उनमा अंग्रेजसंगै अंग्रेजी शिक्षा प्रति पनि नकारात्मक धारणा बन्यो । उनले बीचमै पढाई छाड्ने निधो गरी स्वदेश (भारत) फर्के । स्वदेश फर्केर अंग्रेजहरुको विरुद्ध अहिंसावादी आन्दोलनको नेतृत्व गरे । यससंगै उनले स्वदेशी शिक्षामा जोड दिन थाले । अंग्रेजले आफू प्रतिको हिंसा र विभेद गरेको पीडालाई गान्धीले जसरी राष्ट्रप्रेम र राष्ट्रिय स्वाधिनतामा रुपान्तरण गरे । अहिले गान्धीकालीन अवस्था छैन,तापनि उनको स्वदेशी शिक्षा प्रतिको प्रेम उत्तिकै उदाहरणीय मानिन्छ ।
अमेरिकन शिक्षा प्रणाली विश्व मै राम्रो मानिन्छ । तेस्रो विश्वका अधिकांश देशका नागरिक र बहुसंख्यक नेताहरुले बेलायत,अमेरिकाका र युरोपका शिक्षालयहरुबाट विद्यालय तह र उच्च शिक्षा सम्मको ज्ञान आर्जन गरेका छन् । नेपालका प्रधानमन्त्री देउवा जस्तै युरोप,एशिया,अफ्रिकाका अधिकांश देशहरुका प्रधानमन्त्री,राष्ट्रपति देखि देशको उच्च तहको प्रशासकहरु समेत विदेशी शिक्षा आर्जन गरी नेतृत्व तहमा पुगेका छन् । उत्तर तर्फको छिमेकी देश चीनका पूर्व राष्ट्रपति देङ्गसाओपिङ्गले आन्तरिक युद्ध या वाह्य हस्तक्षेप (चीन–जापान युद्ध) कारण विस्थापति भएका चिनियां युवाहरु जो अमेरिका लगायत पश्चिमा देशहरुमा अध्ययन गरी विदेशमै थिए । ती युवाहरुलाई आफू राष्ट्रपति भएपछि स्वेदश फर्कन आव्हान गरे । आव्हानसंगै उनीहरुले विदेशमा आर्जन गरेको ज्ञान र शिप अनुसारको रोजगारी स्वेदेशमा दिने प्रतिवद्धता पनि व्यक्त गरे । देङ्गको यो आव्हान र प्रतिबद्धताले लाखौं संख्यांमा विदेशिएका चिनियां युवाहरु स्वतःस्र्फुत रुपले स्वदेश फर्कने वातावरण निर्माण भयो । तिनै चिनियां युवाहरु जो अंग्रेजी या आधुनिक शिक्षाबाट दिक्षित थिए, उनैले आधुनिक चीनको स्वाधिनता,स्वाभिमान र विकासलाई संसारमै हेर्न लायक बनाएका छन् । चिनियां युवाहरुमा अंग्रेजी शिक्षा र पश्चिमा शिक्षालयहरुको नकारात्मक प्रभाव परेको देखिएन । उनीहरुलाई पश्चिमा शिक्षाले देशको स्वाभिमान र स्वाधिनता उच्च राख्न सिकायो । तर विडम्बना नेपालका नेताहरुलाई अंग्रेजी शिक्षाले उनीहरुको वफादार सिपाही, आज्ञापालक बनायो । यो बाबुराम भट्टराइको हकमा पनि लागु हुन्छ । उनलाई पनि बेलाबखत भारतीय शासकहरुले बाबुराम जी हाम्रो उत्पादन हो भनी मनोवैज्ञानिक दवाव दिने गर्दछन् ।
विदेशी शिक्षाको प्रभाव र दवावलाई न्यूनीकरण गर्न स्वदेशकालीन शिक्षा (मौलिक शिक्षा)को विकास र प्रर्बद्धन गर्न आवश्यक हुन्छ । नेपालमा प्राचीनकालीन र मध्यकालीन शिक्षालाई मौलिक र स्वदेशीकालको शिक्षा भनी फ्रान्सेली शिक्षाविद् सिल्भान लेभिले विभाजन गरेका छन् । लिच्छिबीकाललाईलनेपालको इतिहांसमा स्वर्णयुग को नामले पनि चिनिन्छ । साहित्य,कला,संस्कृति,आर्थिक क्षेत्रमा उल्लेख्य विकास भएको ऐतिहासिक ग्रन्थहरुले पुष्टि गरेका छन् । तत्कालीन समयमा स्वदेशी उत्पादनलाई महत्व दिइएको, चीनसंगको व्यापार राम्रो रहेको देखिन्छ । यसको पछाडि नेपालको वैदिक र बौद्ध शिक्षाको प्रभाव मूख्य रहेकोे भनाइ रहेको छ । तत्कालीन राणा प्रधानमन्त्री जंग बहादुर बेलायतबाट फर्केपछि (वि.सं.२०१०) सालमा दरबार हाइस्कुल स्थापना गरेसंगै नेपालमा विदेशी शिक्षाको (अंग्रेजी शिक्षा) को प्रवेश पायो । यो संगै स्वदेशी शिक्षाको महत्व र प्रभाव घट््दै गएको देखिन्छ ।
वि.सं.२००७ सालको राजनीतिक परिवर्तनपछि वि.सं.२००९ सालमा परिवर्तित व्यवस्था अनुसारको शिक्षा व्यवस्था लागू गर्ने प्रयोजनका लागि सरदार रुद्रराज पाण्डेको अध्यक्षतामा नेपाल राष्ट्रिय शिक्षा योजना आयोगको गठन भयो । यो आयोगको सल्लाहकारमा अमेरिकी विश्वविद्यालयका प्रोफेसर एच.वी.उड नियुक्त भएका थिए । यो आयोगले प्रोफेसर उडको सल्लाह अनुसारको नेपालमा शिक्षा व्यवस्था लागू गर्न वि.सं.२०११ सालमा नेपालमा शिक्षा नामक प्रतिवेदन नेपाल सरकारलाई बुझायो । यो शिक्षा योजना नेपालको माटो सुहांउंदो (मौलिक) नभएको अमेरिकी शिक्षाको प्रभाव रहेको भनी व्यापक आलोचना भयो । त्यसपछि बनेका धेरै शिक्षा आयोगका प्रतिवेदनहरुमा अंग्रेजी शिक्षाको प्रत्यक्ष प्रभाव परेको देखिन्छ । मौलिक शिक्षा अनुकुलको पाठ्यक्रम र पाठ्यपुस्तक निर्माणमा जोड दिनु पर्ने तर्क बहसको सुरुवात भएको छ । दब्बु मानसिकता भएका नेता निर्माणमा अंग्रेजी शैक्षिक प्रणालीको प्रभाव रहेको आंकलन गर्न थालिएको छ ।
अंग्रेजी शिक्षाको प्रभाव र दवावसंगै संस्कृत भाषालाई मृत भाषा नामाकरण गरियो । संस्कृत शिक्षालाई राजा महाराजा र आध्यात्मसंग जोडेर हेर्न थालियो । पश्चिमाहरु त्यहि संस्कृति शिक्षाको विषयमा खोज अनुसन्धान गर्दैछन् । विद्यालय तहको पाठ्यक्रममा नैतिक शिक्षा हटाइयो । राष्ट्र–प्रेम र राष्ट्रियताको प्रर्वद्धन गर्ने कार्यक्रमहरु(राष्ट्रिय पर्वहरु) लाई विद्यालयहरुले महत्व दिन छाडे । प्राविधिक शिक्षाका नाममा शिक्षालाई व्यापारिकरण गर्दै लगियो । शिक्षालाई बस्तुको रुपमा सहज रुपमा किन्न सकिने साधन बनाइयो । यी सबै विकृतिहरु पश्चिमी शिक्षाका दुष्प्रभावहरु हुन । अब नेपालको समग्र शिक्षा व्यवस्थालाई नयां ढंगले सोंच्नु पर्ने भएको छ । मौलिक शिक्षाको विकासले मात्र अंग्रेजी शिक्षाको प्रभावलाई घटाउन सकिन्छ । एमसीसीको विषयमा विदेश अध्ययन गरेर आएका नेता÷बुद्धिजीविहरु विरुद्ध स्वदेशी विश्वविद्यालय (त्रि.वि.)मा अध्ययन गरेका एमालेका नेता डा. भिम रावल र माओवादी केन्द्रका नेता लिलामणि पोख्रेलको वाद, प्रतिवाद भित्र देश प्रेमको सुबास भेट्टाउन सकिन्छ । यसमा स्वेदेशी वा मौलिक शिक्षाको प्रभाव रहेको रुपमा बुझ्नु पर्दछ ।
अंग्रेजी शिक्षा पढ्दैमा विदेशी शिक्षा प्रति घृणा गर्नु पदर्छ भन्ने कदापी होइन । तर विदेशी शिक्षाको दवाव र प्रभावमा व्यक्तिमा पर्नु भएन । अंगे्रजी शिक्षालाई राष्ट्र–प्रेम र राष्ट्रियताको जगेर्ना गर्ने साधन बनाउन सक्ने सक्षम र स्वाभिमानी नागरिक÷प्रशासक÷नेता बन्नु र बनाउनु परयो ,न कि विदेशीको इसारामा चल्ने दलाल र दब्बु नेता,प्रशासक या नागरिक । नेपालको समग्र शैक्षिक प्रणालीको सुधार र पुर्नसंरचानले मात्र विदेशी शिक्षाको दवाव र प्रभावलाई परास्त गर्न सक्ने शैक्षिक जनशक्ति निर्माण गर्न सकिन्छ ,जुन कार्य गर्न ढिलो भैसकेको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top