प्यूठानमा यस बर्ष ५ परीक्षाकेन्द्रबाट एसइइको ग्रेड बृद्धि परीक्षा सञ्चालन हुने भएको छ । २०७८ सालमा एसइइ परीक्षामा सहभागी भई ग्रेड बृद्धि दिन चाहाने बिद्यार्थीहरुको लागी यहि भाद्र ११ र १२ गते परीक्षा सञ्चालन हुदै छ । जिल्लामा कुल २ हजार ६३४ जना बिद्यार्थीले एसइइमा ग्रेड बृद्धिको लागी आवेदन फर्म भरेको जिल्ला शिक्षा समन्वयन इकाई प्रमुख शिवराज पण्डितले बताएका छन ।
जिल्लामा बालशिक्षा माबि ओखरकोट,अमर माबि भिगृ ,मुक्ति माबि रातामाटा ,जनता माबि बाग्दुला र महेन्द्र माबि खलंगाबाट परीक्षा सञ्चालन हुने पण्डितले बताएका छन ।
एसइइ परीक्षामा कम नम्वर आएका आफ्नो ग्रेड बृद्धि गर्न चाहाने बिद्याथीले कुनै २ बिषयमा परीक्षा दिन पाउने प्राबधान रहेको छ । परीक्षा भाद्र ११ र १२ गते बिहान ८ बजेदेखि सञ्चालन हुने छ ।
कमेन्ट गर्नुहोस !