शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

प्यूठान प्रहरीद्धारा साइबर क्राइम सम्बन्धि जनचेतना


प्यूठान प्रहरीद्धारा साइबर क्राइम सम्बन्धि जनचेतना
प्यूठानमा प्रहरीले साइबर क्राइम सम्बन्धि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । पछिल्लो समयको बढदो सामाजिक सञ्जालको प्रयोग संगै त्यसको गलत प्रयोगको बिषयलाई मध्यनजर गर्दै साइबर क्राइमलाई नियन्त्रण गर्ने उद्देश्यका साथ प्रहरीले समूदायमै पुगेर जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।

बिहिबार पनि इलाका प्रहरी कार्यालय प्यूठानले जिल्लाको प्यूठान नगरपालिका वडा नं. ३ सापडाडामा साइबर क्राइम सम्बन्धि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । स्थानिय महिला पुरुष बुद्धिजीवी तथा बिद्यार्थी बालबालिकाको उपस्थितिमा कार्यक्रम सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय विजुवार प्यूठानका प्रहरी सहायक निरीक्षक बचन चौधरीले जानकारी दिएका छन ।

कार्यक्रममा साइबार क्राइम,साइबर क्राइम हुन सक्ने अवस्था,तथा ऐन नियम तथा कारबाहिको बारेमा छलफल भएको प्रहरी सहायक निरीक्षक चौधरीले बताए ।
प्यूठानमा पनि बिशेष गरि किशोर उमेर समूहका ब्यक्तिहरुले साइबर क्राइम सम्बन्धि निवेदा दर्ता गर्ने गरेको प्रहरीले बताएको छ । फेसबुक म्यासिन्जरमा अपशब्द प्रयोग गर्ने,फोटो इडिट गरेर राख्ने तथा फोटो र नाम प्रयोग गरेर फेसबुक टिकटक चलाउने लगायतका निबेदन प्रहरीकोमा आउने गरेका छन ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top