
मेरो प्यारो देश नेपाललाई सम्झदा एकपटक गायककार तथा संगीतकार स्व.महेश पाल्पालीको पनि सम्झना आउँछ । उनले गाएका थिए–“हे आमा ! नेपाल तिमीलाई संसारकी राम्री बनाउँला, जुन् देशमा हामी जन्मेको उई देशको लागि मरौला ।” यो गीतको बोल कति राम्रो छ , स्वर र संगीत पनि कति मिठो छ । अतीतका इतिहास सम्झदा र बर्तमानलाई हेर्दा कति आकाश–पात्तालको फरक छ हाम्रो देशको परिस्थिति ! देख्दा, सुन्दा कति व्यथा र वेदना बनेर आउँछ बर्तमान ! राजा महेन्द्रले ल्याएको पञ्चायती व्यवस्थालाई हामी तानाशाही व्यवस्था भन्थ्यौं । पार्टीमाथि प्रतिबन्ध थियो । लुकीछिपी बैठक बस्थ्यौं । लुकेर नारा जुलुस लगाउथ्यौं । वालपेन्टिङ गर्थ्यौं । पम्पलेटहरु छर्थ्यौं । हामीले लुकीछिपी देश दुनियाँको प्रजातन्त्र, गणतन्त्र, राजतन्त्र, कम्युनिष्ट विचारधारा पढ्थ्यौं ।त्यसबेला प्रजातन्त्रको वकालत् गर्ने काँग्रेसी नेताहरु कति प्यारा थिए ! कम्युनिष्टका वकालत् गर्ने नेताहरु पनि जनता कति प्यारा र महान थिए । तिनैका भाषण, भिषण, तिनैका विचारमा विश्वास ग¥यौं हामीले !
विश्वास ग¥यौं, भर प¥यौं, भोट दिंइउ, सत्तामा पठायौं, हामीले के विगा¥यौ ! गरे त उनीहरुले गरे ! जनतालाई विश्वासघात गरे ! छक्काए, झुक्काए ! जनतालाई मारे ! चारैतिरका सबै दुःखीगरिब निर्धा, निमुखा जनतालाई मारे ! जनतामाथि अन्याय, अत्याचार गरे ! जनताले उठाएको करमा हालीमुहाली गरे ! उनका सातौ पूस्तासम्मलाई पुग्ने सम्पत्ति कमाए ! त्यो जनता ठगेको पाप त एक दिन नेताको घरको धुरीबाट कराउने छ । साँचो र सत्य कुरा डग्ने छैन । त्यो सतिसाल जस्तै अडिग भएर बस्ने छ । त्यस्तो युग एकदिन पक्कैफर्कने छ ! जनताले न्याय निसाफ पाउने छन् । ती अपराधी नेताहरु एकदिन न एकदिन पक्कै जेल जाने छन् । सधैभरि अपराधी, डाँकाहरुको शासन टिकिरहने छैन । तिनीहरुले पनि अन्याय र अत्याचार गरेको फल भोग्नु पर्ने छ । पञ्चायती व्यवस्थामा पंचहरुले अलिअलि खान सिकाए । उनीहरुले पनि अलिअलि हात चाटे । पञ्चायती व्यवस्था गयो, २०४६ सालमा बहुदलीय व्यवस्था आयो । पालैपालो कहिले काँग्रेसको, कहिले कम्युनिष्टको सरकार आयो । जोश र जाँगरका साथ मन्त्रीमण्डलमा कतिपय नयाँ अनुहार थपिए । चोखा छवी बोकेका मानिसहरु गए । जनताले आसा गरे ! उनीहरुमाथि भर परे ! तर दुःखको कुरा उनीहरु पनि विके ! पञ्चले भन्दा धेरै खान सिके । खाए, हसुरे, देशका नदी नाला बेचे ! त्यही बेचेको पैसाले राजधानीमा घर ठोके ! राजनीतिलाई जनताको सेवा होइन, कमाउने पेवा बनाए !
के छैन र हाम्रो देशमा ? के को कमी छ र हाम्रो हिमाली देशमा ? यहाँ सुन,चाँदी, तामा,फलाम, अभ्रख, चुनढुङ्गा, स्लेटढुङ्गा, सिसा, कोइला, सोडा, डिजेल, पेट्रोल, मट्टीतेलदेखि लिएर विभिन्न किसिमका महत्वपूर्ण जडिबुटीहरु यसै देशको गर्भमा छन् । संसारैबाट लोप हुन लागेका अनगिन्ति जनावर, चरा, चुरुङ्गीहरु यही छन् । यतिसम्मकि आणविक बम बनाउने, हवाइजहाज र मिसालइल बनाउनमा प्रयोग हुने संसारको अत्यान्तै महत्वपूर्ण धातु युरेनियम सम्म हाम्रै देशको विभिन्न स्थानहरुमा पाइएको छ । हामीले हाम्रो देशको यी प्राकृतिक साधनहरुलाई खोजनीति गरेर उपयोगमा ल्याउँन सक्यौं भने हाम्रो प्यारो देश र देशबासीलाई संसारको दाजोमा पु¥याउन सक्छौ । ब्राजिलपछि संसारको दोस्रो जलविद्युत यही हाम्रो देशमा उत्पादन गर्न सक्छौ भनेर विज्ञहरु दावी गर्छन । यहाँका खोलानाला, नदी, तालतलैया, छहरा, छाँगा, लहरापहराले नै सबैको मन लोभ्याई दिने जस्ता प्राकृतिक साधनले सम्पन्न मनोरम देश संसारमा अरु कहाँ होला र ?तर दुःखको कुरो यसै देशका जनताहरु दुःखी छन् , दरिद्री छन् , गरिब छन् । एक गास खान, एक आङ्ग लगाउन, साँझ के खाने, विहान के खाने, कहाँ बास बस्नेको पिरलोमा दिन विताइरहेका छन् ।
यो समस्याको कारण के होला त ? यसको निराकरण गर्न निकै जटिल बनेको छ । कारण हो–राजनीतिक कारण । राजनीतिक कारणको गर्भभित्र अपराधी, पापी, नैतिकहिन नेताहरुको जन्म हुनु र देशलाई सिक्किमीकरण, भुटानीकरण, फिजिकरणको बाटोमा डो¥याउनु नै गरिवी, दुःखको मुख्य कारण बनेको छ । यहाँका जनताका मनमुटुमा नेताहरुप्रति एकरतिको विश्वास छैन । किनकी जनताले उनीहरुबाट बारम्बार धोका खाइरहेका छन् । जनताका भविष्यप्रति उनीहरुले विश्वासघात गरेका छन् । प्राकृतिक साधनले सुसम्पन्न देश भएता पनि त्यसको सदुपयोग सट्टा दुरुपयोग उनै नेताहरुबाट भएको कारणले गर्दा जनताले पाउनु नपाउनु दुःख पाएका छन् । यहाँका नेताहरुको जनता र देशप्रति कत्ति मायामोह छैन । राजनीतिको निहुँमा आप्mनो व्यत्तिगत् स्वार्थ पूर्ति गर्नु सिवाय यी नेताहरु अरु केही गरेनन् । एउटै विचार, एउटै सोच, एउटै उदेष्य, एउटै लक्ष्य बोकेर हिडेको पार्टीमा सम्म दरार आयो भने विपरित ध्रुर्वमा हिडेका पार्टीको झन् के विश्वास । २००७ सालमाजहानीयाँ राणा शासन हटेपछि नेपाली जनताले थुप्रै पार्टी नेता तथा कार्यकर्ताहरुको अनुभव चाखे । तर कोही कसैबाट आपूm र आईआप्mन्तका स्वार्थपूर्ति सिवाय अरु केही पाएनन् ।
सत्तासिन नेपाल कम्युनिष्ट पार्टीमा दरार आएपछि आजकल देशको राजनीति तरल अवस्थामा पुगेको छ । काँग्रेस पार्टी, राप्रपा, समाजवादी पार्टी, नेपालको लागि नेपाली पार्टी, नेकपा ओली समुह, माधब नेपाल प्रचण्ड समुह एक अर्काको विरोधमा छुट्टाछुट्टै कुर्लन्छन् । अझ अचम्म मान्नु पर्ने कुरो त यहाँ के छ भने ओली समुह र प्रचण्ड समुहको वीचमा एक अर्का वीच आरोप–प्रत्यारोपको खेल खेल्दै सत्ताको लागि अगाडि बढिराखेका छन् । यहाँ खान पाउने र खान नपाउनेहरुको वीचमा लडाई चलिराखेको छ । ओली समुह र प्रचण्ड समुह जुन आएपनि जनताको लागि केही फरक पर्ने छैन । किनकि यिनका जन्म दिने आमाबाबु एउटै हो । सत्तामा पुग्नको लागि यतिमात्र फरक छ जन्मदिने आमाबाबुले कुन समुहलाई काख ल्याउँछ भन्नेमा मात्र हो ।
कमेन्ट गर्नुहोस !