“लैङ्गिकतामा आधारित हिंसा विरुद्धको १६ दिने अभियान” यो एक हिंसा विरुद्धको विश्वव्यापी अभियान हो । यसले प्रत्यक्ष र परोक्ष ढङ्गले लैङ्गिक हिंसामा परेका विश्वका आम महिलाहरूसँग सम्बन्ध राख्दछ । यसका वारेमा अध्ययन गर्ने हो भने यसको छुट्टै बृहत र अध्ययन गर्न लायक इतिहास रहेको छ । हामीले यसका वारेका यो सानो टिप्पणीमा लामो विश्लेषण गर्न नसके पनि मनन् गर्न भने निश्चित सक्दछौ ।
उदाहरणका लागि एउटा यो एतिहासिक परिघटनालाई लिन सकिन्छ, डोमेनिकन गणतन्त्रका मिरावेल परिवारमा सहोदर तीन दिदी बहिनीलाई त्यहाँको त्रुजिलो तानाशाही सरकारले निर्मम हत्या गरेको घटनाबाट प्रारम्भ हुन्छ । मिरावेल परिवारमा जन्मीएका यी तीन दिदी बहिनी राजनीतिक कार्यकर्ता थिए, यी सचेत अगुवा महिला कार्यकर्ताका रुपमा स्थापित समेत थिए। शिक्षित र चेतनाका हिसाबले बलिया देखिएका यी दिदी बहिनीहरुलाई तत्कालीन त्रुजिलो तानाशाहीको सरकारले ती सचेत अगुवा राजनीतिक चेतले ओतप्रोत दिदी बहिनी र तिनका सबै परिवारलाई राजद्रोहको आरोप लागाएको थियो । यसैकारणले गर्दा यिनीहरू पटक–पटक जेल समेत पर्ने गरेका थिए। पटक पटक जेल पर्दा जेलमा दिइने चरम यातानाका वाबजुद यी दिदी बहिनीले तानाशाही सरकारको विरोध गर्न छाडेका थिएनन् । पेट्रिया, मिनर्भा र मारिया नाम गरेका यी दिदी बहिनीहरूलाई सन् १९६० मा निरंकुश सरकारले एउटा विशाल राजनीतिक भेलाबाट पक्राउ गरी ती राजनीतिक चेतद्वारा सजिएका नारीहरुलाई नै मुलुककै ठूलो चुनौती भएको कुरा सार्बजनिक गर्दै ती नारी र उनका निर्दोष परिवारलाई नै राज्यको गंभीर समस्या भएको भनी घोषणा गरियो । राजद्रोहको गंभीर आरोप सहित तानाशाही शासकले ती नारीहरुलाई ११ महिना पछि नोभेम्वर २५ तारिखका दिन उनीहरूको जीवन साथीहरूलाई जेलमा राखी निर्ममता पूर्वक हत्या गरियो र यसै दिनलाई नै विश्वका मुक्तिकामीहरुले कालो दिनको रूपमा स्थापित गरेका छन्।
यसरी यिनीहरूको हत्या भयो । तत्पश्चात त्रिजुलो सरकार विरुद्धको आन्दोलन अझ सशक्त बन्यो । परिणामतः सो हत्याकाण्डको एक वर्ष अर्थात केहि महिना भित्रै डोमिनकन गणराज्यमा निरंकुश त्रिजुलो सरकारको निरङ्कुश शासनको अन्त्य भयो । यहि दुर्लभ घटना नै महिला विरूद्धको हिंसाको नमूनायोग्य परिघटनाका रुपमा स्थापित रहेको छ। त्यसपछि ती महान दिदी बहिनीहरूको सम्झनामा संसार भर नै विभिन्न कार्यक्रमहरूको आयोजना गर्न थालियो र यी महान् तीन दिदी बहिनीको सम्झनामा थुप्रै रचनाहरू लेखिए ।
सन् १९९१ मा ‘ Center for Women Global Leadership Institute’ ९महिला ग्लोबल नेतृत्व संस्थान केन्द्र०को सहयोगमा विभिन्न २० देशका सक्रिय महिलाहरूको समूहले लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान सुरूवात गर्दै यस अभियानमा जुट्न सम्पूर्ण विश्वलाई आह्वान गरेका थिए। सन १९९५ मा डोमेनिक गणराज्य र अन्य ७४ वटा सदस्य राज्यले नोभेम्वर २५ लाई महिला विरूद्ध हुने हिंसा उन्मुलन दिवसको रूपमा मनाउन संयुक्त राष्ट्रसंघमा पेश गरेको प्रस्तावलाई संयुक्त राष्ट्रसंघको महासभाले सोही वर्षको डिसेम्वर १७ का दिन सर्वसम्मत रूपले पारित गरेको थियो । अहिले यो दिवस मनाउने क्रममा महिलामाथि हुने हिंसा विरूद्ध ब्यापक जनचेतना जगाउने र समस्याको पहिचान गरी तिनको समाधानका लागि राज्यलाई कानुनी आधार तय गर्न सहकार्य गर्दै आएको छ। अहिले विश्वका १८७ वटा देशले यो अभियानमा भाग लिइरहेका छन् ।
यो अभियान देश अनुसार फरक–फरक तरिकाले साथै फरक फरक समयमा मनाइने भएता पनि हरेक वर्ष नोभेम्वर २५ देखि डिसेम्वर १० सम्म अझ विशेष महत्वका साथ मनाउने गरिन्छ । महिला तथा बालबालिका बिरूद्ध भैरहेको हिंसाको वारेमा बोल्ने जिम्मेवारी पुरुष वर्गले पनि लिनु पर्दछ भनी १९९१ मा क्यानडाका पुरुषहरूबाट पहिलो पटक ऐक्यबद्धता ब्यक्त भएको थियो । यो अभियानमा प्रतिवद्धता जनाउन तत्कालीन समयमा त्यहाँका पुरुषहरूले सेतो रिबन बाधेका थिए । सेतो रिबन लागाउनु भनेको पुरूषद्वारा महिला तथा बालबालिकामाथि गरिने हिंसाको बिरूद्ध पुरुष वर्गले देखाएको प्रतिवद्धताको संकेत हो भनी बुझ्न जरूरी छ।
नेपालको सन्दर्भमा यो दिवस सन् १९९७ अर्थात वि।सं। २००४ साल देखि मनाउदै आएका छौ। विश्वको सामु नेपाल भौगोलिक तथा प्राकृतिक संरचनाका दृष्टिले सुन्दर भए पनि युग अनुसार यहाँको राजनीतिक, साँस्कृतिक, आर्थिक र सामाजिक अबस्थामा सुदृढीकरण गर्न सकिरहेको अवस्था छैन । हिंसा कै बारेमा चर्चा गर्ने हो भने अन्य विकसित राष्ट्रका सचेत महिलाले गर्ने क्रियाकलाप र हामी नेपाली महिलाले गर्ने क्रियाकलापमा काफी मात्रामा फरक रहेको देखिन्छ । चेतना र व्यावहारिक हिसाबले पनि विकसित राष्ट्रका महिलाले आफूमाथि आपतकालिन अवस्था आई पर्दा तुरुन्तै भएको सबैखाले हिंसाका खिलाफमा महिला आश्रम तथा सुरक्षा निकायहरुमा तत्कालै फोन गरी हिंसाका घटनाहरू दर्ज गर्ने गर्दछन् । तर, त्यस्तै प्रकृतिका घटनाहरु नेपालमा नेपाली महिलाहरूले आफैमा दबाएर राख्ने भूल दोहोर्याइ रहेका छन् । आज पनि नेपालका दूर दराजका गाउँहरूमा हुने हिंसाका थुप्रै घटनाहरू गोप्य रूपमा मिलाउने देखि लिएर समाजिक बहिष्कारको डरले पीडितलाई अझ पीडित बनाई दमन गर्ने कार्य गरेको परिघटनाहरु कतै लुकेका छैनन् ।
नेपालको संविधान २०७२ मा प्रत्येक महिलालाई लैङ्गिक विभेदबिना समान वंशीय हक हुने कुरा उल्लेख गरिएको छ । संविधानको धारा ३८ को उपाधारा ३ मा कुनै पनि महिला विरूद्ध शारीरिक, मानसिक तथा अन्य किसिमको हिंसाजन्य कार्य नगरिने र त्यस्तो कार्य कानुनद्वारा धार्मिक, सामाजिक, साँस्कृतिक परम्परा अनुसार वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसा गरिने छैन । त्यस्तो गरेमा कानुन अनुसार दण्ड हुने छ भनिएको छ । तर त्यो कानुनको पालना गर्नु पर्ने कुरा कानुनकै संरक्षकहरुबाट उलंघन भइरहेको तितो सत्य पनि हामी सबैले देखेका र भोगेका छौ।
हामीले हरेक वर्ष एकपटक सञ्चालन गर्ने यो अभियान “महिला हिंसा विरूद्धको अभियान” एउटा अन्तराष्ट्रिय अभियानको एक अङ्ग भएको कुरा सर्वविदितै छ। समयको विकाशक्रमसँगै नेपाल सरकारले पनि सापेक्षित महत्वका साथ यो अभियानलाई लिएको छ र यो हाम्रा लागि खुसीको कुरा हो । अहिले नेपाल सरकारको यो अभियानको मूल नारा “हामी सबैको प्रतिबद्धता, लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता” भन्ने रहेको छ । घरायसी हिंसा देखि लिएर, महिलाले महिलामाथि गर्ने हिंसा, अपमान र तिरस्कार , घृणित ब्यवहार, आफन्त लाग्ने पुरुषहरूबाट महिलामाथि हुने दमन, बलात्कार–हत्या जस्ता घटनाहरू नेपालमा प्राय घटिरहेका छन् । यसको ज्वलन्त उदाहरणका रुपमा बहिनी निर्मला पन्तको बलात्कार पछि भएको विभत्स हत्या र नानी भागिरथी खड्काको पनि भएको उस्तै प्रकृतिको बलत्कार पछिको हत्यालाई लिन सकिन्छ । आज निर्मला र भागिरथी मात्र होइन देशैभर थुप्रै महिला तथा बालबालिकाहरू यसरी नै मानवरुपी नरपिचासहरुको सिकार बनिरहेका छन् । यी नेपालको संविधानले व्यवस्था गरेका कानुनी धारा तथा उपधाराहरूले मात्र होइन गृहप्रशासनले समेत न्याय दिन नसकेका घटनाहरू हुन् १ यो असाध्यै दुःखद कुरा हो ।
यो विश्वमा राज्यलाई चुनौती दिने महिलाहरू देखि लिएर पीडा लुकाएर जीउने महिलाहरूको जीवन अहिले पनि चलिरहेको छ । यस्तै खालका असमानता, विकृति, विसंगती र विभेदका विरूद्ध विभिन्न समयमा अनेकन आन्दोलनहरु भए। मूलतः महिला मुक्तिका लागि १० वर्षे सशस्त्र जनयुद्धले एउटा गुणात्मक चेतना सिङ्गो देशलाई बाँड्न सफल रहयो र त्यसकै जगमा भएको १९ दिने जनआन्दोलनमा समेत महिला मुक्तिका सवाल र सहभागिता सेतु बि कको बलिदानी सहित स्थापित भएको थियो । यसकै परिणाम स्वरूप अहिले नेपाली जनताले गणतान्त्रिक वातावरणमा केही आंसिक परिवर्तन भने प्राप्त गरेका छन् भन्न गार्हो छैन। विडम्बना भन्नु पर्दछ, आज यो प्राप्ती फेरी पनि धरापमा पर्ने खतरा त्यतिकै देखिन्छ । यहाँ स्वतन्त्रताको नाममा मन परी गर्ने, कुरीति फैलाउने, समाजमा असान्ती र हिंसालाई बढवा दिने कार्य भइरहेको छ, यो रोक्नु पर्छ। अधिकार प्राप्त निकाय बाट समेत यस प्रकारका अपराधहरु भइरहेका छन् यो चिन्ताको विषय बनेको छ। हिंसालाई बढवा दिने र राजनीतिकरण गर्ने काम कतैबाट नहोस् । साथै यो लैङ्गिक हिंसा विरूद्धको अभियान १६ दिनमा मात्रै सिमित नहोस्, यो अभियानले सम्पूर्ण देशवासीहरूको चेतना बृद्धि गरोस् १ न्यायकालागि बलिदान गरेकाहरूको आत्माले शान्ती पाओस् । सम्पूर्णमा लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियानको भूगोल भरीको शुभकामना छ १ अस्तु ।
कमेन्ट गर्नुहोस !