बिहिबार, भदौ २५, २०८३ | Thursday 10th September 2026

कालिका अङ्ग्रेजी आवासीय माविले बाढीपीडितलाई दियो २ लाख सहयोग


प्यूठान,  प्यूठान बिजुवार स्थित कालिका अङग्रेजी आवासीय माध्यमिक विद्यालयले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरुको उद्धार तथा राहतका लागि २०००००/ दुईलाख रुपैयाँ सहयोग गरेको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले देशभर सञ्चालन गरेको विपद् राहत सहयोग अभियानमा ऐक्यवद्धता जनाउँदै विद्यालयमा अध्ययनरत विद्यार्थी, शिक्षक, कर्मचारी तथा विद्यालय स्यमको सहभागितामा सङ्कन गरिएको रकम प्याब्सन प्यूठानका सचिव शरद गौतम मार्फत हस्तान्तरण गरियो । संकलित रकममा विद्यार्थीहरुबाट रु ५२ हजार १ सय ८० रुपैया, शिक्षक तथा कर्मचारीवाट रु ३८ हजार ३ सय ५३ रुपैंया र विद्यालयको तर्पबाट १ लाख ९ हजार ४ सय ६७ रुपैया संकलन भएको विद्यालयले जनाएको छ । संकलित रकम जिल्ला प्याब्सनमार्पत केन्द्रीय प्याब्सन हुदै प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको विद्यालयका प्रिन्सिपल दुर्गा बहादुर गुरुले बताउनु भएको छ । बाढीबाट प्रभावित परिवारको पीडामा साथ दिदै उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुऱ्याउने उद्देश्यले विद्यालय परिवारले उक्त रकम संकलन गरेको गुरुङले बताउनु भयो । उहाँका अनुसार विपद्का समयमा पीडितहरु प्रति दुःखमा साथ दिने सरकारको विकाससँगै विद्यार्थीमा मानवीय संवेदना, सामाजिक उत्तरदायित्व र सहयोगको भावना अभिवृद्धि गर्ने उद्देश्यले समेत अभियानमा सहभागी गराइएको हो । प्याब्सनको देशव्यापी राहत अभियानमा विद्यालय परिवारको सहभागिताले विपद्मा परेका नागरिकप्रति ऐक्यबद्धता प्रकट गर्नुका साथै राहत तथा पुनःस्थापनाका लागि सहयोग पुग्ने विश्वास विद्यालयले व्यक्त गरेको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top