सोमवार, कार्तिक ३, २०८३ | Monday 19th October 2026

कोरोना, कुनैको लागि कहर, कुनैको लागि रहर


सरकार भनेको जनताको अभिभावक हो । जनताको सुखदुःखमा सरकारको उपस्थिति देखिनु पर्छ मात्र नभएर मन बचन र कर्मले सहभागिता जनाउनु पर्दछ । बर्तमान अवस्थामा कोरोनाको कारण जनजीवन अत्यान्तै अस्तव्यस्त र भयावह स्थितिमा देखा परेको छ । यस्तो स्थितिमा जनताको मनोबल बढाउने, स्वदेशी जडिबुटीको माध्यमबाट औषधि उपचार गर्ने गराउने तर्फ सरकार देखिनु पर्ने, कोरोनाको त्रासले विदेशबाट स्वदेशमा फिर्ता भएका मजदूरहरुलाई राहत हुने कार्य गर्नु पर्ने, कोरोनाको निहुँमा प्रभाबकारी नतिजा नआउने कार्यमा राज्यको ढुकुटीबाट मनग्ये धनराशि खर्च नगर्नु पर्ने जस्ता कुराहरु एकापट्टि छन् भने अर्कोतर्फ यसैका निहुँमा ठुला–ठुला भ्रष्टाचार र कमिशनका खेलहरु देखा परिरहेका छन् । कोरोनाको सन्दर्भमा सरकार आफैले जनमानसमा त्रास सृजना गरेको छ । विश्वसनीयता नभएको पी.सी.आर. कीट्स खरिद बिकी्र तथा यसबाट गरिने चेक जाँचबाट जनतामा अत्यान्तै ठूलो त्रास उत्पन्न गरिएको छ ।
कुनै पनि व्यक्तिको अन्य कुनै रोग लागेर मृत्यु भएको छ भने कोरोनाले नै मृत्यु भयो भनी सरकारी मिडियाले ठूलै प्रचार गर्ने गरेको छ । कोरोनाले यतिजनाको मृत्यु र अन्य रोगले यतिजनाको मृत्यु भन्न सक्दैन, सरकारी मिडियाले । कोरोना भाइरसबाट जोगिन यस्ता–यस्ता तरिका अपनाउनु होस् , प्राकृतिक चिकित्सालय र आयुर्वेदिक चिकित्सालयको औषधि तथा विधि प्रयोग गर्नुहोस् र उनीहरुको सल्लाह सुझाब अनुसरण गर्नु होस भन्ने कुरा सरकारी मिडियाबाट प्रचार–प्रसार गरिदैन । केवल पी.सी.आर. टेष्ट गर्नु होस् ,मास्क लगाउनु होस, भौतिका दूरी कायम गर्नु होस भन्ने रटान बाहेक सरकारी मिडियाबाट अरु केही भनिदैन । पी.सी.आर. टेष्टपछि यदि पोजेटिभ रिपोट आयो भने क्वारेन्टाइनमा बस्नु होस् , आइसोलेसनमा बस्नुहोस, भेन्टिलेटरमा बस्नुहोस, अब विदेशीले खोप तयार गर्दैछ हामीले तत्काल खोपको व्यवस्था गछौं जस्ता कुरामा सरकारले जोड दिएको पाइन्छ । स्वदेशका जडिबुटी, स्वदेशी खानपानको विषय, कोरोनाबाट जोगिने स्वदेशी प्राकृतिक तथा आयुर्वेदिकको बारेमा सरकार चुइक्क पनि बोल्दैन । किनभने यसबाट ठूलठूलो आर्थिक चलखेल गर्न पाइन्न र कमिसनमा घाटा पर्छ भन्ने बुझेका छन् , महामहिमहरुले ।
नेपालमा नै कतिपय व्यक्तिले जडिबुटी प्रयोग गरी कोरोना सक्रमित रोगीलाई निको पारेको समाचार सामाजिक संजालको माध्यमबाट सुन्न पाइन्छ । प्राकृतिक चिकित्सालय रजहर, नवलपरासीले अत्यन्तै गम्भीर स्थितिको कोरोना संक्रमितको सफल उपचार गरेको कुरा सामाजिक संजालको माध्यमबाट जानकारीमा आएको छ । त्यहाँका डाक्टर विनोद पौडेलले कोरोनाबाट बच्ने विधि भनेर एउटा भिडियो सार्वजनिक गर्नु भएको छ तर यसबारेमा सरकारले चासो लिदैन । खोकी, ज्वरो, सिंगान बग्नुु, हाछियु गर्नु बर्षमा एकदुई पटक जो कोहीलाई पनि हुन्छ । बर्षमा एकदुई चोटि रुघाखोकी लागेन भने शरीर शुद्ध हुँदैन भन्ने भनाई बुढापुरानाहरुको छ । यदि रुघा विग्रियो भने निमोनिया हुने हुँदा डाक्टरले निमोनियाको औषधि प्रयोग गरी निको पारेका पनि धेरै उदाहरण छन् । सामान्य रुघाखोकी हो वा कोरोना भाइरसबाट भएको रुघाखोकी हो भनेर जाँच गर्ने साधन के छ ? यहाँ रुघाखोकी नदेखिएको भनौकि कोरोना भाइरसको संक्रमणको एउटा पनि लक्षण नदेखिएको मानिसलाई यदि पी.सी.आर.बाट टेष्ट गर्दा यदि पोजेटिभ देखियो भने उसलाई क्वारेन्टाइनमा बस्त लगाइछ । उसलाई मरिन्छ भन्ने मानसिक त्रास देखाइन्छ । कोरोनाको औषधि हुँदैन भन्दै कुनै औषधि उसलाई दिइदैन । अनि उसलाई आइसोलेसन र भेन्टिलेटरमा राखेपछि त्यो मानिसको स्वास्थ्य स्थिति के होला ? यस्तो तौर तरिका अपनाएर स्वस्थ्य मानिस वा सामान्य रुघाखोकी लागेको मानिसलाई मृत्यु वरण गर्न लगाइएको छ । यो ध्ज्इ को खेलमा विश्व रुमलिएको छ ।
कोरोना संक्रमित विरामीको लागि अहिले सम्म घरेलु उपचार विधि नै उपयुक्त देखिएको छ । तर यस प्रति सरकार उदासिन देखिन्छ । घरेलु उपचारमा ठूलो धनराशिको चलखेल हुँदैन र कमिशन पनि प्राप्त हुँदैन । जनतालाई उपचारको नाममा थुप्रै धन खर्च गराउने तर्पm सरकार उद्यत देखिन्छ । जनतालाई गरिब बनाएर २, ४ जानालाई धनी बनाउने काममा सरकार रम्ने गरेको छ । यसरी जनता कंगाल गराउने, स्वादेशको धन विदेशमा पठाउने, स्वदेशी विज्ञान, प्रविधि, औषधि उपचारमा सरकार उदासीन देखिने कार्यबाट जनता दिन प्रतिदिन कंगाल बन्दै गएको सर्वविदितै छ । जनतालाई परनिर्भर बनाउदै लैजाने, नेपाली सिप, प्रविधि, उपचार पद्धति, जडिबुटी प्रति चासो नराख्नु भनेकै कमिसनको खेल हो । यस्ता कमिसनखोर, भ्रष्टाचारी, घुसखोरी, विदेशी दलाल, जनताप्रति अनउत्तरदायी यस्तो सरकार किन चाहियो ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top