शुक्रबार, चैत्र १६, २०८० | Friday 29th March 2024

जमाना


कुनै समयमा चंखे, चत्तुरे र भोलानाथ एउटै भान्सामा खाना खाने गर्थे । त्यहाँ तिनीहरुले एउटा बिरालो पनि पालेका थिए । तिनीहरु बिरालोसंग खेल्ने, जिस्किने र यो कति किलो रहेछ भनेर जोख्दा एक किलो बिरालोको तौल भएकोमा हस्सिमजाक पनि गर्थे । एकदिन तीनजनाले मासु खाने बिचार गरेर एककिलो मासु ल्याई पकाउन सुरु गरे । त्यतिकैमा भोलानाथलाई जरुरी काम छ, मलाई भेट्न आऊ भनी कुनैले फोन ग¥यो । भोलाले भन्यो “करिब एकघण्टा जति लाग्छ होला । म त्यहाँबाट फर्केपछि संगै बसेर मासु भात खाउँला ।” यति भनेर भोला हिडेपछि चंखे, चत्तुरेले पकाएको मासु दुबै मिलेर कर्लाककुर्लुक पारिहाले । अनि भान्सामा सिन्कीको तरकारी पकाएर राखे । भोलानाथ एकघण्टापछि फर्केर आयो र तीनजनाले संगै खाने गरी भात पस्कियो । तर मासु थिएन मात्र सिन्कीको झोल । भोलानाथले भन्यो–“मासु खै !” चंखे, चत्तुरेले भने–“मासु पकाएर राख्यौं र हामी पनि एकछिन बाहिरतिर अल्मलियौं । त्यही मौका छोपी सबै मासु बिरालोले खाएछ ।”
भोलानाथलाई चंखे, चत्तुरेको कु्रामा विश्वास नलागेर कोठाको एक कुनामा बसेको बिरालो लिएर तराजूमा राखेर उसले जोख्यो । जोख्दा बिरालो एककिलो नै भएपछि उसले भन्यो ‘एक किलो त बिरालो छदै थियो । एक किलो मासु खाएपछि त यो दुई किलो किन भएन ?यदि यो बिरालो हो भने मासु खोइ, यदि यो मासु हो भने बिरालो खोइ ?’ चंखे, चत्तुरे एक छिन् त अलमलमा परे । फेरि उनीहरुले बुद्धि अजमाएर भने–“बिरालो र मासुको सानो कुरा के गर्नु, कुरा भनेपछि ठूलै गर्नु पर्छ । अहिले नेपालमा एउटा रेल ल्याइएको छ । कुनैले उपहार हो भन्छन् त कुनैले किनेर ल्याएको हो भन्छन् । किनेर ल्याएको यो रेल हो भने अर्को उपहारमा आएको रेल चाँहि खोइ ? यदि उपहारमा ल्याएको यो रेल हो भने किनेर ल्याएको रेल खोइ ?खोइ–खोइमा देशै अल्झिएको अवस्थामा मासु र बिरालोको झन् के कुरा गर्नु ?सबै प्रश्नको उत्तर फटाफट हुँदैन । कुनै प्रश्नको उत्तर त खोइ–खोइ नै हुन्छ । खै, भगवानले जानून् ! सिद्धिगो नि के कुरा गर्नु ! कुरा ग¥यो कुरैको दुःख ! यस्तै–यस्तै तपाईको प्रश्नको उत्तर मान्नु भए त टाउको दुखाई नै कम ! हरेक कुरा मान्नु र ठान्नुसंग सम्बन्धित छ । यसैले मित्र, अब झपाझप सिन्कीको झोलसंग भात खाऊँ, मनमनै मासु भात सम्झेर । यसैमा जय कल्याण छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 5609

सम्बन्धित पोस्टहरू

Top