सोमवार, कार्तिक ३, २०८३ | Monday 19th October 2026

कथा र व्यथा


कुनै समयमा एका देशमा दिनहुँ कपडा बदल्ने राजालाई ठगी गर्ने नियतले दुईवटा ठगले योजना बनाए । त्यसपछि उनीहरु राजा कहाँ गएर भने “हामीले नयाँ कपडा बुन्छौं तर ती कपडा अयोग्य मानिसले देख्न सक्दैन । कपडा नदेख्ने अयोग्य मानिस पहिचान गर्ने एउटा अवसर पनि हो ।” ठगका कुरामा विश्वास गरेर राजाले ठूलो रकम पेश्की दिई नयाँ कपडा बुन्न लगायो । उनीहरुले एउटा ठूलो कोठामा तान राखेर कपडा बुन्न लाएको बहाना शुरु गरे । राजाले विश्वासपात्र मन्त्री र भारदारहरु कपडाको निरीक्षण गर्न पठायो । ती सबैले तान मात्र देखे तर बुन्न लाएको कपडा देखेनन् । तर ती ठगले कपडाको बारेमा निकै बर्णन गरेको मात्र सुने । यदि कपडा देखेनौ भन्ने हो भने आपूm अयोग्य ठहर भई जागिरबाट हट्नु पर्ने भएकोले ठगहरुले जे कुरा भने हूबहूँ त्यही कुरा राजालाई कपडाको बारेमा सुनाउन पुगे । केही दिनपछि राजालाई कपडा लगाउन बोलाइयो । राजाले पनि केवल रित्तो तानमात्र देख्यो तर कपडा देख्न सकेन । ती ठगहरुले कपडाको बारेमा अत्यान्तै लोभलाग्दो ढंगले बर्णन गरिरहदा राजाले थान्यो कि म आपैm अयोग्य रहेछु र कपडा देख्न सकिन । अनि राजालाई उसले लगाएको कपडा उतार्न लगाएर नयाँ कपडा भन्दै खाली हात हल्लाउदै, कपडा लगाई दिएजस्तो गरी, बटन पनि लगाइदिए जस्तो गरी, कलर र बाहुला पनि तन्याकतुनुक पारे जस्तो गरी नयाँ कपडा पहिराएको बहाना गरे । मन्त्री लगाएतका भारदारहरुले राजाको यो नयाँ कपडा अत्यान्तै राम्रो र राजालाई अत्यान्तै सुहाएको भनी प्रशंसा गरे । त्यसपछि ठगहरुले राजालाई शहर परिक्रमा गर्ने अनुरोध गरे । अनि राजा शहरमा आउदा थुप्रै मानिसको भीड लाग्यो । सबैले राजाको नयाँ कपडा अत्यान्तै सुन्दर भनेर प्रशंसा गरिरहेको अवस्थामा भीडमा भएका दुई जना केटाले राजा त नाङ्गै छ भनेर खास–खुस कुरा गरे । तिनीहरुको नजिकैको अर्कोले सुन्यो अनि अर्कोले सुन्यो । “एक कान, दुई कान, मैदान” भने झै अन्तमा भीड कुल्र्याे“राजा नाङ्गै छ ।”
नयाँ शिक्षा लागू हुनभन्दा पहिले कक्षा १० को अंग्रेजी विषयको प्रोज किताबमा यो कथा पढिन्थ्यो । कथा भनेको काल्पनिक घटनाक्रमहरुको बेलीविस्तार हो भन्ने लाग्थ्यो । तर कैयो बर्षपछि यो कथा त विश्वमा दैनिक जीवन व्यवहारमा लागू हुन पुगेको महसुस भइरहेको छ । प्रस्तुत कथामा दुईजना ठगले राजालाई नाङ्गो बनाएको देखाइएको छ । त्यस्तै प्रकारले बर्तमान परिबेशमा डब्लू.एच.ओ.को माध्यमबाट एउटा ठगहरुको झुण्डले कोरोना भाइरसको त्रास देखाएर विश्वलाई नै नंगा गराउन गइरहेका छन् । कथामा अयोग्यताको त्रास देखाइएको थियो भने अहिले महामारीको त्रास देखाउदै विश्वलाई तहस–नहस र नांगेझार गराइदै छ । कोरोनाको त्रास सृजना गरेर अरबौं–खरबौं रुपियाँको विश्वमा भ्रष्टाचार गरिदै आएको, यसैको निहुँमा कतै–कतै राजनैतिक अभिष्ठता पूरा गर्दै आएको, मध्यम वर्गीय र निम्न वर्गीय जनसमुदायलाई हर क्षेत्रबाट नांगो बनाउदै आएको, शैक्षिक अवस्था भताभुङ्ग पार्दै आएको, उद्योगधन्दा ठप्प पार्दै आएको, ठूला व्यापारी मालामाल हुँदै र साना व्यापारीलाई चौपट पार्दे आएको, महङ्गीले जनताको ढाड सेकेको, विश्वमा आर्थिक संकट सृजना गरेको, मानवीय क्षति गराएको, ५, ६ महिनासम्म मानिसलाई घरभित्रै बन्दी गराएको, उन्पादन कार्यमा ठूलो घाटा व्यहोर्नु परेको, कोरोना भाइरस पत्ता लगाउने भनी पी.सी.आर. किट्स (जसमा कोरोना भाइरस लागे नलागेको पत्ता लगाउने क्षमता छैन) को व्यापार गर्दै जनतालाई ठगी गर्दै आएको, अब भ्याक्सिनको व्यापार गरेर अरबौ–खरबौ ठगी गर्ने दाउँमा यी मेडिकल माफियाहरु लागि परिरहेका छन् । यति मात्र होइन, जुनसुकै रोगले मृत्यु भएपनि कोरोनाबाट मृत्यु भएको भनी अफवाह पैmलाउदै गरेको, आफन्तलाई मृतकका लाससम्म हेर्न नदिएको, कतिपय विरामीको मृगौला, किड्नी, आँखा निकालेर कतिपय हस्पिटलले व्यापार गरेको आदि इत्यादि अपराधिक क्रियाकलाप कोरोनाको त्रास पैmलाउदै भइरहेको जगजाहेर छ । कोरोना भाइरसको लक्षण नै नदेखिएको स्वस्थ्य मानिसलाई तथाकथित पी.सी.आर.बाट टेष्ट गरी कोरोना लागेको भनी क्वारेन्टाइनमा राख्दै मनोवैज्ञानिक त्रास उत्पन्न गर्दै विरामी बनाएपछि औषधी उपचार केही पनि नगरी मृत्यु वरण गर्न लगाउने मेडिकल माफियाहरु नै प्रस्तुत कथामा बर्णन गरीएका ठग पात्रहरु जस्तै हुन् । कोरोना भाइरस छदै छैन भन्न खोजिएको होइन तर जे–जस्तो त्रास सृजना गरिएको छ त्यो चाहिँ होइन भन्नेमा अब विश्व समुदाय सडकमै देखिन थालेको छ । प्रस्तुत कथामा राजा नंगा छ भन्ने सत्य कुरा बाहिर आउन केही समय लागे भैm अब कोरोना भाइरसको पनि सत्य–तथ्य उजागर हुँदैछ । डब्लू.एच.ओ. अब मेडिकल माफियाको मतियार संस्था हो भन्नेमा विमति हुन सक्दैन । जब कि कोरोना भाइरसको बारेमा यसको कुनै उपचार छैन भन्ने एलोपेथिकवालाहरुले यसको बारेमा दुनियाँदारी कुरा गर्नुको औचित्य के हो ? यतिजना संक्रमित, यति जना क्वारेन्टाइनमा, यति जना निको भए, यति जना मरे भनेर कुर्लनुको के अर्थ छ ? निको हुनेहरु तिम्रो औषधी उपचारले निको भएको त होइन नि ? प्रकृतिको नियम नै हो, वातावरणीय अनुकूलतामा ढल्न नसक्नेहरु अस्तित्वमा रहन सक्दैनन् । अस्तित्वको लडाईमा जित्नेहरु बाँच्ने र हार्नेहरु मर्ने नै हो । यस्तो यो स्वभाविक प्रक्रियाको बारेमा बढ्ता त्रसित गराउने, उत्तेजित गराउने, मनोवैज्ञानिक टर्चर दिने काम गर्नु उचित होइन । यो सरुवा रोग भएको जो कोहीले बुझिसकेको हुँदा सकभर भौतिक दूरी कायम गर्ने र लसपस नगर्नेतिर सबैको ध्यान जानु जरुरी देखिन्छ । तर ठगी धन्दा गर्नेहरुको लागि यो कुरा पाच्य हुँदैन । धेरै अगाडिको काल्पनिक कथा पनि बर्तमान परिवेशमा सत्यसावित हुन आउदो रहेछ, यसले मूर्त रुप धारण गर्दो रहेछ भनेर यो टिप्पणीकार दंगदास परेको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top