
डक्टरबाहेक अरुलाई रोगको बारेमा के थाहा छ र प्याक–प्याक गरेर बोल्छन् होला भन्ने कुरा बहुतै चर्चित छ, आजकल । हो, डक्टरलाई मेडिकल सम्बन्धी ज्ञान बढी छ, पक्कै पनि सम्बन्धित विषय नपढेको मानिसको भन्दा । मेडीकल साइन्सको अध्ययन र प्रयोग बैदिक कालभन्दा पनि पहिले नै अनुभवको आधारमा हुँदै आएको र यजुर्वेदमा यो ज्ञानलाई अझ व्यवस्थित ढंगबाट अध्ययन, अध्यापन र प्रयोग गर्दै आएको यथार्थलाई नकार्न सकिदैन । आधुनिक युगमा मेडिकल साइन्सको अभूतपूर्व प्रगति हुँदै आएको छ । कतिपय रोगहरुको प्रभावकारी उपचार हुन नसकेको यजुर्वेदी औषधी विज्ञानलाई पनि अहिले एलोपेथिक औषधी विज्ञानले उछुनेको छ । अहिले आयुर्वेदिक, हामोपेथिक, प्राकृतिक चिकित्सा, आक्युपन्चर, आक्युपे्रसर, फिजियोथेरापी, एलोपेथिक पद्धति रोग निवारणको लागि अपनाउँदै आइएको छ । यतिमात्र होइन, मनोवैज्ञानिक पद्धति अपनाएर पनि थुप्रै रोगहरु निको गरिएको छ । अहिले त अझ वेयभ माध्यमबाट पनि उपचार गर्ने पद्धतिको पनि विकास भएको छ । आजकाल योगसाधना गरेर पनि धेरै रोगहरु निर्मूल गर्ने पद्धतिको विकास दिनानुदिन बढ्दो क्रममा देखिन्छ । जे जति उपचार पद्धति अपनाएता पनि मृत्यु त अवश्यम्भावी छ । माथि उल्लेखित पद्धतिहरुको प्रयोगबाट कतिपय रोग निको पार्न सकिने, आयु लामो गराउन सकिने यावत कुरा त हुन्छन् नै तर मृत्युलाई जित्न सकिदैन ।
“जानी न बुझी, हल गौडो पुजी” भने जस्तै यहाँ सम्बन्धित विषयमा ज्ञान हाँसिल नगरेको मानिस रोग र उपचारको बारेमा किन प्याक–प्याक बोल्छन् भन्ने प्रसङ्गको बारेमा केही भन्न खोजिएको छ । परापूर्वकालका हाम्रा पूर्वजहरुले ओपचारिक शिक्षा नलिएता पनि अनुभव, प्रयोग, देखासिकी, आवश्यकताको कारण नयाँ कुराको खोज अनुसन्धान गर्दै आइरहेको सत्य हो । कृषि, भवन निर्माण, बाटोघाटो, भाँडाकुडा निर्माण, बस्त्र निर्माण, हतियार निर्माण, औषधी आदि क्षेत्रमा परापूर्वकालदेखिनै अध्ययन अनुसन्धान र प्रयोग गर्दै आएको र तत् विषय क्षेत्रको ज्ञानलाई परिष्कृत र परिमार्जित गर्दै अझ नयाँ–नयाँ खोज अनुसन्धान गर्दै व्यवस्थित ढंगबाट ज्ञानको दायरा फराकिलो गराउँदै लगिएको छ । यसप्रकारका विषयवस्तुको ज्ञानलाई अहिले विद्यालयका माध्यमबाट औपचारिक शिक्षा प्रदान गरिदै आएको अवस्था छ । औपचारिक शिक्षाको सर्टिफिकेट लिएका मानिस मात्र सम्बन्धित विषयमा बोल्नु पर्छ , अन्य मानिसहरु किन बोलेको भन्नु उपयुक्त नहोला । सम्बन्धित विषयका जानकारहरुले “तपाईले यस विषयमा जिज्ञासा राख्नु भयो, तर यस विषयमा यस्तो पो हो त भनेर शालीन ढंगले उक्त व्यक्तिलाई दिशा निर्देश गर्नु भएमा वेश होला । तर बोल्नै हुँदैन त भन्नु भएन नि ।”
कोरोनासम्बन्धमा सामान्य जनताको प्रश्नोउत्तर
(१) अहिले विश्वमा कोरोना भाइरसबाट हुने माहामारीको कुरो जोडतोडले उठिरहेको छ । पहिलो प्रश्न त यो महामारी हो वा होइन ? कुनै देश वा समुदायमा कोरोनाको कारण कतिजनाको मृत्यु भयो भने महामारी भनिन्छ–अन्यौलता छ, महामारी हो कि होइन ।
(२) कोरोना पोजेटिभ देखिएमा औषधी वा भ्याक्सीन केही छ ?–अहँ, केही छैन ।
(३) आइसोलेसन कुनै उपचार पद्धति हो ?–नाइँ, उपचार पद्धति होइन, सतर्कता हो भन्छन् ।
(४) उपचार के छ त ?–केही पनि छैन ।
(५) कोरोना संक्रमित भनिएकाहरुको संपर्कमा आएका सबै मानिसलाई कोरोना सर्छ त ?–नाइँ, सबैलाई सर्दैन ।
(६) साधारण मास्कले कोरोना भाइरस छेक्न सक्छ ?–नाइँ, सक्दैन (मास्कको प्वालभन्दा तीन गुणा सानो कोरोना भाइरस हुन्छ भन्ने गरिन्छ) ।
(७) रुघाँखोकी लागेको मानिसलाई कागती, नून, बेसार मिलाए तातोपानी खुवाउनु पर्छ , रुघाँ विग्रे निमोनिया र ब्रोङकाइटिस हुन्छ र एण्टीबायोटिक औषधी खुवाएर अधिकांसलाई निको पारिन्छ भने कोरोना संक्रमित विना औषधी उपचार कसरी ठीक हुन्छन् ?–खै, कुनैलाई थाहा छैन ।
(८) कोरोना लागेको मानिसको मृत्यु पक्का हो ?–होइन, कुनै–कुनैको मृत्यु हुन सक्छ ।
(९) कोरोना संक्रमितको मृत्यु दर कति छ ?–१.२% देखि ४% सम्म ।
(१०) कोरोनाबाहेक अन्य रोगबाट मानिसको मृत्यु भएको छ ?–अँ, भएको छ ।
(११) रोगको कुनै लक्षण नै नदेखिएको मानिसलाई तिम्रो स्वाब जाँच गर्दा कोरोना देखियो, तिमी विरामी छौ भनेर क्वारेन्टाइनमा वा आइसोलेसनमा राख्नु कति जायज, कति नाजायज ?–विल्कुलै नाजायज ।
(१२) आज नेगेटिभ भोलि पोजेटिभ, आज पोजेटिभ, भोलि नेगेटिभ देखियो भन्ने गरिएको छ कि छैन ?–गरिएको छ ।
(१३) कुनै एउटा ठाउँमा वा एउटा किट्सले कुनैलाई पोजेटिभ देखायो, तर २, ४ घण्टाकै अन्तरालमा अर्को ठाउँमा र अर्को किट्सबाट जाँच गर्दा नेगेटिभ देखाएको छ कि छैन ?–देखाएको छ ।
(१४) उसो भए अब कोरोना भाइरसबाट जोगिन सावधानी अपनाउन पर्दैन त ?–नाइँ, सावधानी त अपनाउनु पर्छ ।
(१६) सावधानी भन्नाले लकडाउन, सटडाउन, मास्क र शील गर्ने नै हो त ?– यो त असम्भव, कति बर्ष भन्ने नै थाहा छैन ।
(१७) के हो त कोरोना भाइरस ?–के हो, के हो, थाहा छैन ।
(१८) कस्तो सावधानी अपनाउने त ?–अधिकांश डक्टरहरुका अनुसार–घरायसी गाउँले खाना, एकआपसमा भौतिक दूरी कायम गर्ने, भीडभाड भोजभतेरमा सामेल नहुने, आयुर्वेदिक, प्राकृतिक तथा अन्य चिकित्शकहरुको सल्लाह अनुसार औषधी चलाउने र दैनिक योगाभ्यास गर्ने जस्ता सावधानी अपनाउने ।
विभिन्न भाइरसहरु प्रकृतिमा नै मौजुदा अवस्थामा छन् । ती भाइरसहरु प्रकृतिप्रदत्त हुन् । मानवीय क्रियाकलाप तथा वातावरणीय प्रभावका कारण यी भाइरसहरु कहिले कुनै र कहिले कुनै प्रभावी देखिन्छन् । अहिले कोरोनाको प्रभाव विश्वव्यापी रुपमा देखिएको छ । यो भाइरसलाई रुघाखोकीको भाइरस भन्दा कडा ठहराइएको छ । यो भाइरस नाकमा प्रवेश गरी त्यहाँ ५ दिनसम्म विकसित हुने त्यसपछि घाँटीमा ५ दिनजति विकसित हुने र अन्त्यमा फोक्सोमा प्रवेश गर्ने कुरा विभिन्न डक्टरहरुले खुलासा गरेको कुरा सुनिन्छ । त्यसैले कोरोना संक्रमित विरामीलाई १५, १६ दिन क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेको हुनुपर्दछ । यसकारण नाक र घाँटी नै सर्वप्रथम जोगाइराख्नु पर्ने देखिन्छ । कतिपय डक्टरका अनुसार मनतातो पानीमा नून राखेर नाकबाट तान्ने र फाल्ने, मनतातो पानीमा बेसार र नून मिसाएर घाँटीमा गलगल गरेर पानी फाल्ने, त्यसपछि कागती पानी पकाउने र मनतातो भएपछि नून र बेसार मिसाई पिउनाले पनि यो भाइरसको आक्रमणबाट जोगिन सकिन्छ भन्ने कतिपय डक्टरले सल्लाह दिएका छन् । हामी हाम्रो दैनिक क्रियाकलापमा पनि केही परिवर्तन ल्याउन जरुरी छ । हामी योगा गरेर पनि शरीरलाई तम्दुरुस्त राख्न सक्छौं । योगाबाट र खानपानबाट पनि रोग प्रतिरोधात्मक शक्ति बढाउन सकिन्छ ।
हालसम्म एलोपेथिक विधिबाट कोरोना रोगको खासै औषधी पत्ता लागाएको छैन । अब कोरोनाको बारेमा कुनै औषधी पत्ता नलगाएको अवस्थामा डब्लु.एच.ओ.ले यसो गर्नु पर्छ, उसो गर्नु पर्छ भन्नु नै व्यर्थ हो । राजनीतिक र आर्थिक कारोबारसंग सम्बन्धित कोरोनाको हाउगुजी डब्लु.एच.ओ.ले मच्चाएकोले यसको पछि लाग्नु उपयुक्त छैन । अब भ्याक्सीन पत्ता लाग्यो भनेर नेपाल जस्ता देशलाई भ्याक्सीन परीक्षणको थलो बनाई त्यहाँको अर्थतन्त्र ध्वस्त गर्ने र नयाँ रोग फैलाउने नियतले डब्लु.एच.ओ.ले कार्य गर्दै आएको स्पोष्ट हुँदैछ । डब्लु.एच.ओ.कु््रा पत्याउनु भनेको “कच्चा वैद्यको मात्रा, यमपुरीको यात्रा” भने जस्तै हो ।
कमेन्ट गर्नुहोस !