शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

सामान्य कुरामा ध्यान नपु¥याउँदा परिस्थिति असामान्य बन्दै गयो


डा. पुष्प भुसाल
प्रवन्ध निर्देशक
फलोरेन्स हस्पिटल प्रा.लि. लमही दाङ

१. फलोरेन्स हस्पिटलले अहिले कस्तो सेवा प्रदान गरिरहेको छ ?
देउखुरी क्षेत्रमा सामान्य बिरामी भएको अवस्थामा उपचारको लागि बाहिर जिल्ला पठाउनु पर्ने बाध्यतालाई मध्यनगर गर्दै आज भन्दा चार बर्ष अघि यस क्षेत्रका बिरामीको आवश्यकता केहि हदसम्म पुरा गर्न फलोरेन्स अस्पताल प्रालि सञ्चालनमा ल्याएका हौँ । स्थापनाकाल देखि नै हामीले ईमरजेन्सी सेवा, ओपिडि सेवा, ल्याब सेवा, भिडियो एक्सरे, डिजिटल एक्सरे, फार्मेसी, डेन्टल, इसीइजी (१२ च्यानल), आइयूसीडी, मेजर तथा माइनर शल्यकृयाको सुबिधा समेत उपलब्ध गराउदै आईरहेका छौ । यसका साथै अस्पतालमा २४सै घण्टा एमविविएस डाक्टर बाट सेवा दिदै आइरहेका छौँ । महिनाको एक पटक अनिवार्य गाउँ गाउँमा पुगेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिदै आएको छ । जसमा विभिन्न विशेषज्ञ डाक्टरहरु बाट सेवा दिदै आएका छौँ । हालको अवस्थामा यस अस्पताल देउखुरी क्षेत्रको ट्रमा सेन्टरको रुपमा स्थापित भएको छ । हामीकहाँ धेरै सडक दुर्घटनाका केसहरु आउछन । प्राथमिक उपचार समेत नपाई बाहिर जिल्लामा रिफर गर्दा हुने मानविय क्षेतिलाई न्यूनिकरण गर्ने यस अस्पतालले ठृलो भुमिका निर्वाह गरेको छ । अहिले कोरोनाको माहामारीमा समेत हामीले स्वास्थ्य सम्बन्धी मापदण्ड पुरा गर्दै सामान्यदेखि जटिल प्रकृतिका सडक दुर्घटनाका केशहरु हेरिरहेका छौँ । अन्य हामीले दिइरहेका सेवाहरु यथावत नै छन । तर हामीले यस अस्पतालबाट कोरोना माहामारि हुनुअघि प्रत्येक हप्तामा विशेषज्ञ सेवा दिदै आएका थियौँ । अहिले ति सेवाहरु निरन्तरता दिन सकेका छैनौ तर विशषज्ञ डाक्टरहरु अस्पतालमा नआएपनि बिरामीहरु फलोअफमा आउनुहुन्छ हामीले डाक्टर सावहरु सँग टेलिफोनमा कन्सन गर्दै आएका छौ ।
२ तपाईहरुले लमही क्षेत्रमा निजी क्षेत्रको तर्फबाट सुविधायुक्त अस्पताल सञ्चालनमा ल्याउनुभयो । यहाँका नागरिकहरुको स्वास्थ्य अवस्था कस्तो पाउनुभयो ?
पक्कै पनि यस क्षेत्रकै पहिलो सुविधा सम्पन्न अस्पतालको रुपमा फलोरेन्स अस्पताललाई स्थापित गर्ने हामी लागि परेका छौ । यसका लागि भर्खर मात्रै यस भेगका नागरिकको मागलाई मध्यनजर गरि डेण्टल सेवा सञ्चालनमा ल्याएका छौँ । साथै यहाँको रोगको प्रकृति र आवश्कतालाई ख्याल गरी अन्य सेवा सुविधा समेत थप गर्दै जाने योजनामा रहेका छौँ । चार बर्षको अनुभवमा खासगरि यहाँका नागरिकको स्वास्थ्य अवस्थाको कुरा गर्दा मुख्य तय पानीको कारणले गर्दा लाग्ने रोगहरु धेरै छन । बिशेष गरि पथ्थरी, पिसाबमा समस्या बढी रहेको छ । महिलाको पाठेघरको मुखमा समस्या, खानपिनको कारणले गर्दा कलेजो तथा पेट रोगको समस्या छ । अर्काे कुरा अस्पताल राजमार्ग क्षेत्रमा भएकाले पनि धेरै जसो सवारी दुर्घटनाका केशहरु आउने गरेका छन । हामीले स्थापना कालदेखि नै दिइरहेको हाडजोर्नी तथा नसा रोग सम्बन्धी विशषज्ञ सेवा लिन आउने बिरामीहरुको संख्या हेर्दा पनि यस क्षेत्रमा हाडजोर्नी र नसा रोग सम्बन्धी समस्या भएका बिरामीहरु पनि छन । साथै बालरोग तथा प्रसुति, उच्च रक्तचाप, डाइविटिज र दन्त रोग सम्बन्धी समस्याहरु पनि रहेका छन ।
३ अहिले कोरोना माहामारीले विश्वलाई नै आक्रान्त बनाएको छ । नेपालमा पनि मृतकको संख्या बढीरहेको छ । लमहीमा यसको तयारी कस्तो भएको पाउनुभएको छ ?
कोभिड १९ एक नयाँ प्रजातिको कोरोना भाइरसको कारण लाग्ने रोग भएकोले यसको बिषयमा सबैको चासो हुनु स्वभाविकै हो । अहिले विश्वका विकसित देशहरुका नागरिकहरुले समेत स्वास्थ्य सेवा नपाइरहेको अवस्थामा नेपालमा यस रोगको माहामारि फैलियो भने नियन्त्रण गर्न असम्भव प्राय छ । तसर्थ सरकारको भन्दा पनि धेरै जिम्मेवारी नागरिकहरुको रहेको छ । राज्यले त आफुले सकेको व्यवस्थापन गर्ने संघ, प्रदेश र स्थानीय गरि तीनै तहबाट प्रयास भैरहेको छ । यस क्षेत्रमा पनि स्थानीय तहले जोखिम क्षेत्रबाट आएकाहरुको अभिलेख राखि क्वारेन्टाइनको व्यवस्थापन गरिरहेका छन । सुरुमा यहाँ कोरोना सक्रमति व्यक्तिलाई बेलझुन्डी अस्थायी आईसोलेसनमा लिनुपर्ने अवस्था थियो तर अहिले यो वाध्यता हटेको छ । यस क्षेत्रका सबै स्थानीय तहको पहलमा राप्ती गाउँपालिका क्षेत्रमा रहेको राप्ती प्राविधि शिक्षालयमा अस्थायी आइसोलेसन अस्पताल सञ्चालनमा ल्याएको छ । यहाँका निजि स्वास्थ्य संस्थाहरुले पनि कोरोना माहामारी नियन्त्रण तथा फैलावट रोक्न विभिन्न किसिमको प्रचारात्मक कामहरु गर्दै आएका छन । हामीले पनि सरकारले लकडाउन सुरु गरेसँगै अस्पतालमै छुटै फिबर क्लिनिक सञ्चानमा ल्याएका छौ । हामी, स्थानीय निकाय तथा स्वास्थ्य क्षेत्र सँग सम्बन्धीत सबैले आ–आफनो क्षेत्रबाट यस रोग फैलनबाट रोक्न प्रयत्न गरिहेका छौँ । जबसम्म नागरिक स्वयम सचेत भइदैन जूनसुकै रोग नियन्त्रण गर्न निकै गाह्ररो छ ।
४ कोरोना माहामारीका बीच पनि धेरै विरामीहरु अन्य समस्या लिएर अस्पतालमा आइरहेका हुन्छन्न । उनीहरुलाई कसरी सेवा प्रदान गरिरहनुभएको छ ?
तपाईले राम्रो कुरा उठाउनु भयो । हो जनमानसमा अहिले अस्पतालहरुमा कोरोना भाइरसका बिरामीहरु मात्रै छन भन्ने हल्ला छ तर त्यो होईन कोरोना सक्रमित भएपनि उपचार गर्ने स्थान छुटै हुन्छ । हामी कहाँ अहिले अरु बेला झै नियमित उपचारका लागि आउने बिरामीहरु आउने गरेका छन । हामीले अस्पतालमा उपचारको लागि आउने बिरामीहरुलाई सुरुमा अस्पताल प्रबेश गर्दा बाहिर साबुन पानी र धाराको व्यवस्था गरेका छौ । त्यसपछि बिरामीले सेनिटाइज गरेपछि मात्रै विरामीको अवस्था बुझने काम गरेका छौ । त्यसमा हामीले स्वास्थ्य मापदण्ड पूरा गरेर बिरामीको उपचार र बिरामीलाई जाँच गर्ने गरेका छौ । यहाँलाई यसअघि पनि जानकारी गराईसके हामीले प्रत्येक बिरामीहरुको लागि फिबर क्लिनिक पनि सञ्चालन गरेका छौ । यसमा सुरुमा बिरामीको टा्रभल हिस्ट्री लिई ज्वरो नाप्ने काम गरिन्छ । ट्राभल हिस्ट्री तथा लक्ष्यण बाट सम्भावित जोखिम देखिएमा उहाँहरुलाई स्थानीय निकायहरु सँग समन्वय गरेर व्यवस्थापन गर्ने गरेका छौ । अन्य विरामीहरुको केशमा भने हामीले दिने गरेका नियमित सेवाहरु यथावत नै छन । कोरोनाकै समस्या देखाई बिरामीलाई अलपत्र पार्ने जस्तो घृणित कार्य यस अस्पतालबाट आजसम्म भएको पनि छैन हुने पनि छैन । हामीले स्वास्थ्य सम्बन्धी मापदण्ड पूरा गर्दै बिरामीको स्वास्थ्य सम्बन्धी जोखिमलाई मध्यनजर गर्दै हरसम्भव सेवा दिइरहेका छौँ । जोखिम त अवश्य पनि छ परिक्षण नगर्दै कोभिड १९ को बिरामी हो भनि भन्नसक्ने अवस्था हुदैन तर पनि अस्पतालले रोग नफैलियोस भन्नको लागि उच्च सर्तकर्ता अपनाएर बिरामीहरुलाई सेवा दिदै आएका छौँ ।
५ अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको स्वास्थ्य सुरक्षा सतर्कता कत्तिको छ ?
अहिले मात्रै नभएर अस्पतलामा काम गर्र्ने सबै स्वास्थ्यकर्मीहरुले स्वास्थ्य सुरक्षा सतर्कता अपनाउनै पर्छ । अहिलेको यो माहामारीमा स्वास्थ्य सुरक्षा सतर्कता नअपनाउने कुरै भएन । सुरुवातमा सरकारले लकडाउन ग¥यो जनस्तरमा पनि डरत्रास उच्च थियो । यस अस्पताल सँग सम्बन्धीत स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई माहामारीबाट जोगाई जन्तालाई स्वास्थ्य सेवा प्रवाह गर्नु यस अस्पतालको प्रमुख दायित्व थियोे । जसको लागि हामीले हाम्रा स्वास्थ्यकर्मी र कर्मचारीहरु सबैलाई अस्पतालमै क्वारेन्टिनको व्यवस्था गरि परिवार र समुदायमा जोखिम कम गर्न भुमिका निर्वाह ग¥यौ । साहेद नेपालमा पहिलो पटक होला निजी अस्पतालले सबै कर्मचारीहरुलाई अस्पताल भित्रै खानबस्नको व्यवस्था गरेको । योसँगै यस अस्पताल कर्मचारी र स्वास्थ्यकर्मीबाट समुदायमा कोरोना नफैलियोस भन्ने बिषयमा सचेत छ । जसको लागि हामीले अस्पताल क्षेत्र भित्र एक बिरामी एक जना मात्रै कुरा बस्ने व्यवस्था मिलाएका छौ । यसले गर्दा पनि अस्पतालमा भिडभाड कमहुन्छ । त्यस्तै अस्पताल प्रवेश गर्दा अनिवार्य रुपमा सबैले साबुनपानीले हात धुने र माक्स लगाउने नियम बनाएका छौ । अस्पतालका कर्मचारीहरु लाई पनि स्वास्थ्य सम्बन्धी मापदण्ड अनुरुप पिपिईको व्यवस्था गरेका छौ । साथै सबै कर्मचारीले माक्स र ग्लोप्सको प्रयोग अनिवार्य गरेका छौ । यसका साथै हामीले अब छिटै अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुको कोरोना बिमा गर्ने योजना गरेका छौँ ।
६ कोरोना माहामारीको जोखिम कम गर्न नागरिक स्तरबाट के गर्नुपर्ला ?
अहिले कोरोना भाइरस माहामारी नियन्त्रणका लागि सामान्य कुरामा ध्यान नपु¥याउँदा परिस्थिति असामान्य बन्दै गएको छ । कुनै पनि मुलुकमा आइपर्ने जुनकुनै प्रकोप तथा माहामारीहरुको सामना गर्न नागरिक सचेतना जरुरी हुन्छ । नागरिकमा अनुशासन तथा धैर्यता भयो भने सरकारलाई पनि माहामारीहरुसँग जुध्न मद्दत पुग्दछ । भनिन्छ, रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु बेश । अब हामीले यसको वास्तविक पालना गर्नुपर्ने अवस्था सिर्जना भएको छ । कोरोना भाइरस सजिलै विभिन्न माध्यमबाट मानिसमा सर्ने भएकोले बढी नै सावधानी अपनाउनुपर्ने देखिएको छ । अर्को कुरा सरकारले लागू गर्ने आदेश, निर्देशनहरुको पालना भएका देशहरुमा मात्र कोरोनाको नियन्त्रण भईरहेको देखिन्छ । त्यसैले पनि यहाँ नागरिक संयमता त मूल विषय नै हो ।
७ यहाँका नागरिकहरुमा कोरोना माहामारीबाट बच्नका लागि कत्तिको सचेतना देख्नुभयो ?
खास गरी यस क्षेत्रमा सुरुवाती चरणमा सरकारले गरेको लकडाउनको पालना भएको थियो तर अहिले पछिल्लो समयमा झन बढी स्वास्थ्य सर्तकर्ता अपनाउनु पर्नेमा लापरर्वाहि भएको हो कि ? हामी कहाँ सामाजिक दुरी कायम नगर्ने, माक्सको उचित प्रयोग नभएको देखिन्छ । यसले गर्दा केहि मात्रामा अहिले कोरोना समुदायमा फैलिएकोले झन बढी फैलन सघाउ पु¥याउछ । केही समय अगाडि नेपालमा देखिएका कोरोना संक्रमितहरुमा लगभग सबैमा लक्षणविहिन थिए । तथ्यांक हेर्दा करिब उनान्सय प्रतिशतमा नै लक्षण देखिने गरेको थिएन । उनीहरु आइसोलेसन रहँदा योग गर्ने, नाच्ने, गीन गाउने गरेको देखिन्थे । तर केही सातायता कोरोना पुष्टि भएका अधिकांशमा लक्षणहरु देखिन थालेको छ । हुनत सबै लक्षण कोभिड १९ सँग मिल्दोजुल्दो हुँदैमा कोरोना भाइरसको संक्रमण भन्न सकिने अवस्था छैन ।
८ आम नागरिकहरुलाई तपाई के भन्न चाहनुहुन्छ ?
म स्वय एक चिकित्सक र अस्पताल सञ्चालनक भएको नाताले आम सर्वसाधारणको स्वास्थ्य प्रति चासो हुनु स्वभाविक हो । कोरोना जस्तो माहामारि लाई सामान्य तरिकाले बुझाई राखेर स्वास्थ्य सर्तकर्ता नअपनाउने हो भने यस क्षेत्रमा झन ठुलो विकराल अवस्था आउन सक्छ । यस्तो अवस्थामा यहाँका नागरिकहरुले सरकार पक्षको मुख ताक्नुभन्दा पनि एउटा सचेत व्यक्तिको रुपमा परिवार र समाज प्रतिको आफनो दायित्व पुरा गर्नुपर्छ । यसको लागि विश्व स्वास्थ्य संगठनले कोरोना बाट बच्नको लागि बनाएको मापदण्ड पालना गरिदिए धेरै हतसम्म हामीले कोरोना समुदायमा फैलनबाट रोक्न सक्छौ । यस्तै अब लक्षणसहितको कोरोना भाइरस समुदायमा फैलिएर स्थिति अकल्पनीय हुनसक्छ । सो अवस्था सिर्जना भए हाल उपलब्ध अस्पताल, शैया, जनशक्ति स्रोत साधन अपुग हुने निश्चित प्राय देखिन्छ । लक्षण देखिनु भनेको अस्पताल भर्ना हुनु हो, अस्पताल भर्ना हुनु भनेको आईसीयू पुग्ने सम्भावना बढ्नु हो, आईसीयू पुग्नु भनेको भेन्टिलेटरसम्म पुग्ने सम्भावना बढ्नु हो, र भेन्टिलेटर सम्म पुगेपछि बिरामी सामान्य अवस्थामा फर्कने सम्भावना कम हुनेछ । त्यसैले घरमै बसौँ स्वस्थ्य जिवन शैली अपनाउ जस्तो बिहान एक घण्टा योग अभ्यास गरौँ, स्वस्थ खानपान गरौँ । कोरोना भाइरस हामी सबैको सानो प्रयासले सजिलै फैलनबाट रोक्न सकिन्छ । त्यसैले बिचलीत नभई सर्तक रहन म आम सर्वसाधारणलाई अनुरोध गर्दछु ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top