मङ्लबार, फाल्गुन २६, २०८२ | Tuesday 10th March 2026

मसानघाट पुगेको राजतन्त्र फर्कन्न : रामकुमारी झाँक्री


२७ चैत, प्युठान । नेकपा एकीकृत समाजवादी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले मसानघाट गएको राजतन्त्र कुनै पनि हालत नफर्कने बताएकी छन् ।
एकीकृत समाजवादी प्युठानको १०औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेकी झाँक्रीले दुई दशक अगाडि मसानघाट पुगेको राजतन्त्र कुनै पनि हालतमा नफर्कने बताएकी हुन् ।
लामो समय म्युजियममा थन्क्याएर राखेको व्यक्तिको पक्षमा अहिले सडकमा आन्दोलन गर्ने अवस्था आउनुमा राजनीतिक दलका नेताहरूको केही कमजोरी भएको भन्दै उनले लोकतन्त्रवादी राजनीतिक दलहरूले समीक्षा गर्नुपर्ने बेला भएको बताइन् ।
मुलुकमा यति धेरै परिवर्तन ल्याउन मुख्य भूमिका निभाउने राजनीतिक दलका नेतृत्व गर्ने नेताहरूले अब समीक्षा गरेर नसुध्रिए आगामी निर्वाचनमा लोकतान्त्रिक शक्तिहरूको अवस्था दयानीय हुने उनको तर्क छ ।
हामीसगँ दुईवटा मात्रै विकल्प छन् । पहिलो सुध्रिने या दोस्रो सक्किने । दुई दशक पनि समय भएको छैन । हामीले ल्याएको परिवर्तनमाथि धावा बोल्ने काम कसका कारणले भयो,’ उनले भनिन्,ञ अब हामी समीक्षा नगर्ने र समयअनुसार परिवर्तन भएर चल्न सकिएन भने सडकमा हिँड्दा पनि जनताले चड्कन हान्ने दिन आउन सक्छ।राजनीतिक दलका नेताहरू नसच्चिने हो भने आगामी स्थानीय, प्रदेश र सघंको निर्वाचनमा राजनीतिक दलकै नेता तथा कार्यकर्ताहरू स्वतन्त्र उम्मेदवार बनेर मैदानमा देखिने उनको भनाइ छ ।

source:online khabar.com

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top