मङ्लबार, फाल्गुन १९, २०८२ | Tuesday 3rd March 2026

नौबहिनीमा बार्षिक समिक्षा, बित्तिय प्रगति ९५ प्रतिशत


प्यूठान, नौबहिनी गाँउपालिका प्यूठानले बार्षिक कार्यप्रगतिको समिक्षा गरेको छ । समिक्षामा पालिकाको बित्तिय प्रगति र प्रणालीगत भूमिकामा क्रमश ः सुधार हुँदै गएको प्रस्तुत बिषयगत प्रतिबेदनले औल्याएको छ । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले भौगोलिक बिकटता सिमित स्रोत सााधन र पर्याप्त दरवन्दी अभाव रहँदारहँदै पनि पालिकाले सेवा प्रवाहमा सकेसम्म गुणस्तरीयता प्रदान गर्न आफ्रनो कर्मचारी टीम प्रतिबद्ध रहैको बताउदै आब ०८१।०८२ को सम्पूर्ण खर्च तथा भूक्तानी संबन्धि लेखांकनका आधारमा बित्तिय प्रगति ९५.२१ प्रतिशत रहेको जानकारी दिए ।
सोमवार गाँउपालिकाको सभाहलमा आयोजित कार्यप्रगतिको समिक्षा तथा सार्वजनिक सुनुवाई बिषयक कार्यक्रममा बिषयगत शाखा तथा वार्डहरुको प्रगति बिवरण प्रस्तुत गरिएको थियो । जस अन्र्तगत पूर्बाधारको बित्तिय प्रगति ९९ प्रतिशत रहेको छ । यसबारे जानकारी गराउदै शाखा प्रमुख तथा इन्जिनियर बिष्णु पुनले आर्थिक बर्षमा भएगरेका १६५ योजनाहरुको फेहरिस्त बिवरण प्रस्तूत गरेका थिए । यस्तै स्वास्थ्य शाखा प्रमुख क्रषिराम शर्माले स्वास्थ्य संबन्धि अवस्थाको कार्यप्रगतिवारे जानकारी गराउदै बित्तिय प्रगति ९६ प्रतिशत रहेको जानकारी गराएका थिए साथै यसरी नै बिवरण पेश गर्दै शिक्षा शाखा प्रमुख मेघराज बोहोराले शिक्षाको बित्तिय प्रगति ८४ प्रतिशत रहेको बताए । साथै कार्यक्रममा बिषयगत शाखा प्रमुखहरु रोजगार शाखाका पर्वत केसी, कृषि शाखाका कमल खड्का, पशुसेवा शाखाका लक्ष्मण पौडेल, आर्थिक प्रशासन शाखाका लालचन्द बोहोरा, पंजीकरण शाखाका गणेश बुढा, उद्यम बिकासका दिपा पुन लगायतले आ आफनो शाखाको प्रगति बिवरण प्रस्तुत गरेका थिए भने ८ वार्ड कायम रहेको सो पालिकाका सवै वार्ड सचिवहरुले पनि वार्डगत रुपमा बिवरण पेश गरेका थिए । दुर्गम पालिका भएतापनि जिल्लामा सेवा प्रवाहमा अब्बल भूमिका प्रस्तुत गर्न सफल सो पालिकाको सो समिक्षा कार्यक्रममा शाखा प्रमुखहरुले सेवासेवाहको क्रममा भोग्नु परेका चुनौीतका बारेमा समेत धारणा राखेका थिए ।
प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलको अध्यक्षता तथा अरबिन्द्र बर्माको संचालनमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि दिल बहादुर थापाले आफ्नो पालिकाको भूगोल बिकट रहेको र यसले गर्दा यहाँ देखिएका गरीवी अशिक्षा , खण्डीकृत बस्ती, पछौटेपन, दक्ष जनशक्तिको कमी जस्ता कठिनाई रहँदा रहँदै पनि आफू र आफ्नो समग्र पालिका टीम निस्वार्थ भावनाका साथ जनताको सेवामा समर्पित रहेको बताएका थिए । साथै प्रमुख अतिथि थापाले पालिकामा रोजगारीका अवसर सृजना नयाँ योजनाको खाँचो औल्याउदै उन्नत रुपमा काम गर्न कर्मचारी र सहकार्यका लागि सरोकारवालाहरुमा अपिल गरेका छन् । यस्तै बिशेष अतिथि तथा उपाध्यक्ष बिष्ना थापाले पालिकालाई समृद्धीको प्रक्रियामा जोड्न अझैपनि कैयन समस्या रहेको र यसलाई बिस्तारै हलगर्दै लैजाने बिश्वास ब्यक्त गरेकी थिइन । उनले यहाँको प्रमुख आयस्रोत कृषि रहेकाले यसलाई ब्यवसायिक रुपमा अगाडि बढाउनु पर्ने खाँचो आँैल्याएकी थिइन ् । मन्तब्यको क्रममा उपाध्यक्ष थापाले पालिकाबाट गरिने हरेक गतिबिधिलाई परिणाममुखी नतिजा दिन अनुगमन पक्ष मुख्य रहेकाले यसलाई थप ब्यवस्थित गर्ने बिश्वास दिलाएकी थिइन् ।
यसैगरी नेपाल पत्रकार महासंघका निबर्तमान केन्द्रीय सदस्य तथा जिल्ला सहकारी संघ प्यूठानका अध्यक्ष सुशील पोखरेलले नौबहिनी जिल्लाको दुर्गम पालिका भएतापनि यसबाट सिक्न पर्ने कैयन राम्रा पक्ष रहेको बताउदै सुशासनको पाटोमा अब्बल देखिनु, आन्तरिक स्रोतको दायरा फराकिलो बन्दै जानु, भौतिक पूर्वाधारमा शतप्रतिशत नतिजा आउनु, शिक्षामा गत साल भन्दा सुधार हुँदै, स्वास्थ्य क्षेत्रका सुचकहरुमा पनि बृद्धि हुनु लगायतका पक्षमा सकारात्मक गति पक्रेको बताउदै पालिकाले अहिलेको अवस्थामा युवा जनशक्ति पलायन ुहँदै गइरहेकाले बिकासको मोडालिटीमा परिबर्तन गर्नु समयले खाँचोबोध गरिरहेको बताएका थिए साथै उनले कृषिमा आधुनकीकरण र यसको बजारीकरण तथा उद्यमशीलताको बातावरण तयार गर्न सुझाएका थिए यसैगरी नेपाल पत्रकार महासंघ प्यूठानका पूर्व अध्यक्ष गिरु प्रसाद भण्डारीले बिकास निर्माणका कार्यमा जनभावना अनुसार नतिजा देखाउनु पर्ने बताएका थिए । यस्तै कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिहरुले पनि गत आर्थिक बर्षमा काम कार्वाहीका क्रममा देखिएका कमजोरी उठाउदै सच्चाएर बढ्न सुझाव दिएका थिए ।
स्मरण रहोस बित्तिय प्रगतिमा उच्चतम नतिजा हासिल गर्ने यो जिल्लाको यो नौबहिनी गाँउपालिकाले कार्यप्रगति सहित सार्वजनिक सुनवाई पनि अन्य स्थानीय तह भन्दा अगाडि नै सम्पन्न गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत सम्मानित


प्यूठान, सुशासन, सेवा प्रवाह र प्रणालीगत सुधारका कार्यमा कुशलतापूर्वक भूमिका निर्वाह गर्न सफल गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेललाई यसै समिक्षा कार्यक्रमको अवसर पारेर पालिकाले कदरपत्र तथा दोसल्ला सहित सम्मान गरेको छ । गाँउपालिका अध्यक्ष दिल बहादुर थापाले पालिकाको गतिबिधि र कार्यसम्पादनमा शिव पौडेलको आगमन भएपछि उल्लेख्नीय सफलता प्राप्त हुँदै गएपछि यसको उच्च मुल्याँकन गरी सम्मान गरिएको बताएका थिए । साथै उनले आगामी दिनमा पनि यसरी नै भूमिका प्रस्तुत हुने आशा ब्यक्त गरेका छन् । यता सम्मानित भएका प्रमुख प्रशासकीय अधिकृत पौडेलले यो सम्मानलाई सामुहिक प्रयासको प्रतिफल रहेको बताएका छन् । उनले बार्षिक समिक्षा कार्यक्रमको अवसरमा यो सम्मान गरिनु औपचारिक मात्र नभई यसले अपार माया, बिश्वास, सहयोग र सहकार्यको उपज रहेको प्रतिक्रिया दिएका छन् । उनले यसबाट आफूलाई थप जिम्मेवारीबोध गराएको र आगामी दिनमा अझ प्रभावकारी सेवा र पारदर्शी प्रशासनिक नेतृत्वका लागि आफ्नो भूमिकालाई कुशलतापूर्वक प्रदर्शन गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका छन् ।
मल्लरानी गाँउपालिका ३ चौरपानी निवासी पौडेल ०७८ चैत्र ७ गतेदेखि यस पालिकामा रही सेवाग्राही र कार्यपालिका परिवारबाट न्यानो स्नेहका साथ सेवा पुरयाउदै आएका छन् ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top