बुधबार, माघ २९, २०८२ | Wednesday 11th February 2026

अशक्त  अवस्थाका दिलिपलाइ घरमै  नागरिकता 


प्युठान , प्युठान नगरपालिका – ३ स्थित सापडाडाका अति बिपन्न तथा शारीरिक रुपमा अति अशक्त दिलिप सुनारले घरमै नागरिकता  पाएका छन् ।

प्युठान नगरपालिका – ३ नम्बर वडा कार्यालयको सिफारिस र पहलमा जिल्ला प्रशासन कार्यालय प्युठानबाट  आज अशक्त सुनारको घरमै पुगेर  नागरिकता प्रदान गरिएको हो।
वडा कार्यालयको अनुरोध र सिफारिसमा सुनारको शारीरिक अशक्ततालाइ बुझेर घरमै पुगि नागरिकता  प्रदान गरिएकोमा प्रमुख जिल्ला अधिकारी लगायात प्रशासन कार्यालयको टोलिलाइ वडा न ३ का अध्यक्ष सुमन राज श्रेष्ठले धन्यवाद ब्यक्त गरे ।

अशक्त दिलिपको घरमा पुगेर नागरिकता प्रदान गरेकोमा दिलिपका आमा कलि सुनार सहित स्थानीय बासिन्दाहरुले वडा  कार्यालय र जिल्ला प्रशासन कार्यालय प्युठानको प्रशम्सा   गरेका छन।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top