शुक्रबार, मंसिर २७, २०८२ | Friday 12th December 2025

डेंगु नियन्त्रणका लागि  सचेतना अभियान संचालन 


 

प्युठान ,महामारीको रुपमा फैलने डेंगु रोग नियन्त्रणको लागि स्वास्य कार्यालय प्यूठानको आयोजना र प्यूठान नगरपालिकाको समन्वयमा सचेतना अभियान सञ्चालन गरिएको छ ।
आज जिल्लाको जुम्री बसपार्क ,जुम्री,बिजुवार लगायतका स्थानहरुमा डेंगु बाट बच्ने उपायका सन्दर्भमा चेतनामुलक कार्यक्रम सञ्चालन गरिएको हो ।
जुम्री बसपार्क देखी बिजुवार स्वास्थ्य कार्यालय सम्म चेतनामुलक माइकिङ्ग,व्यानर सहितको सचेतना र्याली तथा  बजारका विभिन्न स्थानमा टायरमा भएका लामखुट्टेका लार्भाहरु स्प्रे गरी नष्ट गरिएको थियो ।
चेतनामुलक अभियानमा प्यूठान नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोविन्द राज घिमिरे,वडा न ४ का अध्यक्ष रेशम कार्की ,स्वास्थ्य कार्यालयका प्रतिनिधि,प्रहरी ,स्वास्थ्यकर्मीहरु तथा अन्य स्थानीयको सहभागिता रहेको थियो ।

 

 

साउन महिनालाई डेंगु रोग नियन्त्रणको अभियानको रुपमा सञ्चालन गर्ने कार्यक्रम अनुसार व्यानर सहित चेतनामुलक अभियान अन्तर्गत बजार क्षेत्रका खाल्डाखुल्डीमा जमेको पानी टायर बोत्तल पोखरीमा जमेको पानीमा डेंगु सार्ने लामखुट्टेको लार्भा हुर्कने भएकाले खुला ठाउँमा रहेको पानी हटाउने र सो पानीमा हुर्कँदै गरेको लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान गरिएको प्यूठान नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोविन्द राज घिमिरेले जानकारी दिनु भयो । साथै अवको केही महिना लामखुट्टेका कारण डेंगु रोग लाग्ने अत्यन्त बढी सम्भावना रहेकाले यसको नियन्त्रणका लागि आ आफ्ना घर आँगर टोल बजार सरसफाईमा जुट्न आम नगरवासीहरुलाई घिमिरेले अनुरोध गर्नु भयो ।
जनप्रतिनिधि ,स्वास्थ्यकर्मी,सर्वसाधारण सहितको चेतनामुलक र्याली  बिजुवार स्वास्थ्य कार्यालयमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top