
नेपाल कृषि प्रधान देश हो । कृषिबाट जीविका उपार्जन नभएपछि देशका अधिकांश युवाहरु विदेशीको दाश बन्न बाद्य भएका छन् । गाउँमा मलामी पाउँन समेत गाह्रो भैसक्यो । शहरीया क्षेत्रका युवा शक्ति पनि विदेशीको दाश बन्न बाद्य भएका छन् । कृषिलाई आधुनिकीकरण गरेर कृषिजन्य उत्पादनमा आधारित उद्योग संचालन गर्ने ठोस क्रार्यक्रम सरकारले ल्याएको छैन । खनिज पर्दाथमा आधारित उद्योगधन्दा त झनै परैको कुरा भयो । विद्यृत उत्पादन लगायत अन्य उद्योगधन्दाहरु पनि खासै द्रुतगतिमा अगाडि बढ्न सकिरहेका छैनन् । विदेशी दाताहरुले स्थापना गरिदिएका उद्योगहरु पनि निजीकरणको नाममा नेकाको सरकार हुँदा यसलाई पनि समाप्त गरियो । पटक–पटक बनेको नेकपाको सरकारले पनि यसलाई पुनर्जीवित गर्न सकेन । अहिले पनि प्रतिष्पर्धा के मा देखिन्छ भने कुन पार्टीको सरकारले देशका युवाशक्तिलाई बढी भन्दा बढी विदेशीको दाश बनाउन पठाउन सक्यो, उसैको नाँक ठाडो भएको बुझिन्छ । नेपालमै विभिन्न प्रकारका उद्योगधन्दाहरु खोलेर यति धेरै बेरोजगार युवाशक्तिलाई हामीले रोजगार दिन सफल भयौं भन्नुको साटो यति धेरै युवाशक्ति बाहिरी मुलुकमा दाश हुन पठायौ भन्नेमा सरकारले गर्व ठानेको छ ।
नेपाल सुगौली सन्धि पश्चात् नै दाश मनोवृतिमा रमाउँदै आएको छ । जंगबहादुरको शासनकालदेखि हालसम्म नेपाल नाम मात्रको स्वतन्त्र देश हो र यो देशमा यहाँका दलालहरुलाई प्रयोग गरेर मूलरुपमा भारतले र अन्य पश्चिमा मुलुकले यो मुलुक संचालन गर्दै आएका छन् । इन्डियासंगको कतिपय असमान सन्धिसम्झौता नेपालको लागि अत्यान्त घातक सिद्ध भएका छन् । यस सम्बन्धमा सत्ता बाहिर हुँदा कम्युनिष्ट पार्टी कहिलेकाहीं कुर्लन्छ । यो जनताको भोट तान्ने मेसो हो । सत्तामा पुगेपछि चुइक्क नबोल्ने यो पार्टी यसपटक भने खै, किन हो कालापानी लगायतको क्षेत्र समेटी नेपालको नयाँ नक्सा जारी ग¥यो । तर अतिक्रमित भूमि फिर्ता गर्ने सम्बन्धमा भारतसंग जोडतोडले बार्ता अगाडि बढ्ननसकिरहेको स्थिति छ । “नहुनु भन्दा कानो मामा निको” भने झै नयाँ नक्सा जारी गर्नमा शहास गरियो, यस मानेमा नेपाल सरकार लगायत नेपालका विभिन्न पार्टीलाई धन्यवाद दिनु नै पर्छ ।नेपालको कालापानी लगायतको क्षेत्र मात्र होइन– सुस्ता, महेशपुर, तिलाथी, पशुपतीनगर लगायत सीमा क्षेत्रका विभिन्न ठाउँमा नेपाली भूमि अतिक्रमित भएका छन् । भारतीय हतियारधारी जल्लादहरु अनधीकृत तरिकाले नेपाल प्रवेश गरी नेपालीहरुमाथि कुटपिट, लुटपिट, हत्या, हिंसा, बलात्कार, अपहरण जस्ता जघन्य अपराध मच्चाइरहेका छन् । यस सम्बन्धमा पनि निरीह बनेर नेपाल सरकार टुलु–टुलु हेरी बसिरहेको देखिन्छ । सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र देशको सरकार यसरी निरीह बनिरहनुको खास कारण के हो ? कारण खोज्दै जाँदा सरकारको दब्बु नीति, दलाली बाहेक पनि अरु केही हुन सक्छ । नेपालले आप्mनो अडानलाई मजबुतीका साथ पक्कड गर्न सकिरहेको छैन । नेपाल दलाली चंगुलमा फसेको छ । नेपालको नदी–नाला, यहाँका खनिज पदार्थहरु, यहाँका तालतलैयाहरु, यहाँको माटो र वनस्पति यी सबै दलालहरुले दर्ता गरिसकेका छन् । नेपालको प्राकृतिक श्रोतसाधनहरु दलालहरुले कब्जा गरेर नेपालमा उद्योगधन्दा खोल्ने निहुँमा नीतिगत रुपमै यसलाई बैधानिकता प्रदान गरी विदेशीलाई बेचविखन गरिरहेको यथार्थलाई नजर अन्दाज गर्न मिल्दैन ।
भारतसंगको सीमावर्ती क्षेत्रको नजिक नदीबाट एउटा कुलो निकाल्न प¥यो भने भारतले यसलाई रोक्ने प्रयत्न गर्दछ तर भारतले सीमासंगै जोडिएको ठाउँ अझ दशगजाभित्रै सडक, डयाम, तथा अन्य निमार्ण कार्य गरेमा नेपाल चुइक्क बोल्न पनि सक्दैन । यस्तो चालले देश चल्न सक्दैन । अब देशको सार्वभौमसत्ता, अखण्डता, राष्ट्रियता, अन्तराष्ट्रसंग आप्mनो समान हैसियत बचाएर समृद्ध नेपाल बनाउन चाहने हो भने सर्वप्रथम दलालहरुलाई नै आक्रमणको निशानी बनाउनु पर्छ । यिनै दलालहरु, यिनै विदेशीका सुराकीहरु, यिनै कमिशनखोरहरु, यिनै भ्रष्टाचारीहरु, यिनै घुस्याहाहरुको हालिमुहाली खत्तम नगरी देश बच्न पनि सक्दैन र समृद्ध नेपाल पनि हुन सक्दैन ।
जनतासामु खाँटी राष्ट्रवादी ठहरिने कतिपय राजनेताहरु, कतिपय कर्मचारीहरु, कतिपय संघसंस्थाका महामानवहरु, कतिपय वित्तिय संस्थाका माहामानवहरु, कतिपय आपूmलाई बुद्धिजीवी ठह¥याउनेहरु, कतिपय ठेकदारहरु, कतिपय व्यापारीहरु लगायतले भित्र–भित्रै नेपाललाई खोक्रो बनाइरहेका छन् । परमुखी अर्थतन्त्रको चंगुलमा नेपाललाई फसाएका छन् । कृषि सम्बन्धकै कुरा गरौं–नेपालमा कृषि विभाग गठन भएदेखि प्रत्येक जिल्लामा कृषि कार्यालयहरु गठन भएका छन् । अहिलेसम्म अरवौं–खरवौंको बजेट कृषिको विकास गर्ने नाममा खर्च गरिएको छ । देशको प्रत्येक जिल्लामा अरबौंको खर्च गरेर कृषिमा खास उल्लेखनीय उपलब्धि के देखियो ?यो ठाउँ फलपूmल खेती, यो ठाउँ तरकारी खेती, यो ठाउँ खाद्यान्न बाली उत्पादन, यो ठाउँ विशाल रुपमा मत्स्यपालन, गाई पालन, भैसी पालन, बाख्रा पालन, विउ उत्पादन, जडीबुटी उत्पादन लगायतका खासै देख्न लायक, नमूना बन्न लायक कृषि क्षेत्रमा खासै काँहा के कस्तो प्रगति भएको छ त ?यस्तै अवस्था छ , जति पैसा खर्च गरे पनि बालुवामा पानी हाले जस्तै हाम्रो नेपालमा ।यहाँ खास किसानको पहिचानभएको छैन । कुन क्षेत्र, कुन भूगोलमा, कस्तो माटोमा कुन खेती गर्न उपयुक्त छ भन्ने बारेमा पनि जनतालाई जानकारी छैन । नमूनालायक कृषिको विकास भएको खै, कहाँ छ ? सहकारीको माध्यमबाट कृषि विकास गरिएको कहाँ छ ?देखावटीको निम्ति खस्¥याक–खुस्रुक गरेको त कतै होला, पैसा पचाउने हिसाबले । कृषि विकास कार्यालयको माध्यमबाट नमूनालायक कृषि विकास कहाँ भएको छ ? खाद्यान्न, फलपूmल, तरकारी, माछा–मासु , दुध उत्पादनमा हामी आत्मनिर्भर भयौ भने कही कतैबाट सुनिएको छ ?इन्डियाबाट खुर्सानी आएन भने हाम्रो भान्सामा खुर्सानी उपलब्ध नहुने अवस्था सृजना भइरहेको अवस्थालाई मध्यनजर गर्दा कृषि विकास नेपालमा कुन हदसम्म भएको रहेछ भन्ने सहजै अनुमान गर्न सकिन्छ । हाम्रो यहाँका स्थानीय उन्नत जातका विउविजन समाप्त गरिएको छ । प्यूठानकै सन्दर्भमा भन्ने हो भने हाँसा गहुँ , गजुले गहुँ , मार्सी धानको विउ पाइदैन । त्यस्तै गरी काल्ने काउली (तोरी काउली), मादले फर्सीको विउ पाइदैन । मुठीभरि हुने फर्सीलाई उन्नत जातको फर्सीको विउ भनि प्रचार गर्दै मादले फर्सीलाई विस्थापित गरिएको छ । खास प्यूठानी मुलाको विउ समाप्त गरियो र नक्कली मूलाको विउलाई प्यूठानी मूला भनेरप्रचार गरिएको छ । ठूलो मकैको विउ समाप्त गरियो र हाइव्रिड भेराइटीको नाममा विउ उत्पादन गर्न नसकिने मकैको विउ प्रचलनमा ल्याइयो । औषधियुक्त काँडेभन्टाको विउपनि समाप्त गरिदै छ । यसरी उन्नत खालका विउविजन जुन नेपालको हावापानी, माटो सुहाउदो कृषि उपज किन समाप्त गरिदैछ भन्ने बारेमा सोच्दै जाने हो भने सम्बन्धित क्षेत्रका उच्च पदस्थ महामानवहरु कमिशनको खेलमा चुर्लुम्म छन् । उनीहरु विकाउ भएका छन् । तिम्रो देशको उन्नत जातका विउविजन नष्ट गर र हाम्रो देशको विउविजन किन्ने गर । यसबापत् तिमीलाई यति कमिशन दिन्छौं भनेर माोटो रकम थमाइदिएपछि यसप्रकारका घृणित कार्य नेपालमा हुँदै गरेको जो कोहीले पनि सहजै अनुमान गर्न सक्छ । यसरी भित्रभित्रै देश खोक्रो बनाइदै छ । यसरी नै देशलाई परनिर्भर बनाइदै छ । हाइव्रिड विउबाट उत्पादित अन्नबाट फेरी विउ उत्पादन गर्न सकिदैन । कति ठूलो चलखेल छ हाइव्रिड विउको ? यदि विदेशीले विउ रोकिदियो भने हाम्रो जमिन बाँजो बन्छन् । विदेशीले जति पैसा भन्यो त्यतिमै विउ किन्न पर्ने बाद्यता छ । थुप्रै बाली विशेषज्ञ, कृषि विषयका बैज्ञानिक नेपालमा छन् भन्छन् के तिनीहरुले हाइव्रिड विउ उत्पादन गर्न सक्दैनन् ?तर उनीहरुले गर्दैनन् वा गर्न दिइदैन । यसरी पो कृषिमा फड्को मार्न सकिन्छ । धन्य हो, कृषि विकास !सरकार, यसबारेमा खोज अनुसन्धान गर । कृषि क्षेत्रको बारेमा बढ्ता घोत्लिऊ । किनभने नेपाल कृषि प्रधान देश हो । उपनिवेश, अर्धउपनिवेश भन्नुनै परनिर्भरता हो । यसबारेमा सोच । यहाँ यस्तै थुप्रै–थुप्रै बदमासी अरु पनि छन् । जनताको स्वास्थ्यमा पनि ख्याल राख । पालिस लगाएका दाल चामल, विषादी प्रयोग गरिएका फलपूmल र तरकारी, विभिन्न केमिकल प्रयोग गरिएका तेल र दुग्धउत्पादित खाद्य सामाग्रीहरु, विभिन्न प्रकारका फास्टफुडहरु आदि बारेमा सरकार बेखवर नवन । खाद्य पदार्थहरुको गुणस्तरको जाँचबुझ हुनु जरुरी छ । अस्वस्थ खाने कुराकै कारण मानिस रोगी बन्छ भन्ने कुरा सरकारले बुझ्ने गर । सिलबन्दी र विदेशी रक्सीको मात्रै प्रचार नगर ।
कमेन्ट गर्नुहोस !