
सदाचारिता अङ्ग्रेजी शब्द integrity को नेपाली रुपान्तरण हो । सदाचारिता शब्दको सट्टामा “सत्यनिष्ठा ” शब्द पनि प्रयोग गरिन्छ । सदाचारिता मजबुत नैतिक सिद्धान्त अडिग ब्यक्तिमा हुने एक आदर्श या मुल्य हो । कुनै पनि सदाचारि ब्यक्ति आफुले सहि ठानेको बिचार प्रति इमान्दार र दृढ रहने गुण हो ।सामान्यतयाः इमान्दारिता, सत्यता, निष्ठा, शालिनता, अखण्डता, सम्पूर्णता, एकता, सम्मान, सुधर्म, जबाफदेहिता, धैर्यता, निष्पक्षता, उदारता र जीबनप्रति आशाबादिता जस्ता सकारात्मक गुणहरुको सारलाई नै सदाचारिता भनिन्छ । इमान्दारिताको उच्चतम तह नै सदाचारिता हो । यसको बिपरित दुराचार,बेैमानी, भ्रष्ट आचरण वा भष््रटाचार हो । सदाचारिताको अभियानमा ख्याति प्राप्त अमेरिकी पत्रकार चार्लश लिविसका अनुसार कसैले नदेखेको समयमा पनि अबिचलित रही सधै सहि कार्य गर्नुलाइ सदाचारिता भनिन्छ ।
बिश्व पुँजीबाद र सञ्चार प्रबिधिको नविनतम् बिकास सङ्गसगै मानव जीवनमा बिविध अकर्मन्यता र जटिलताहरु थपिदै जाँदा मानिसका महत्वाकाँक्षा र चुनौतिहरु चुलिंदै गएको छ । औकात भन्दा माथिका महत्वाकाँक्षा पूरा गर्न र भोग बिलासमा रमाउने चाहानाले गर्दा आजका कतिपय युबाहरुले गलत बाटो अपनाउने प्रवृति पनि मौलाउदै गएको देखिन्छ ।यी जटिलता र चुनौतिहरुलाई बौद्दिक तरिकाले समाधान गर्न सामुदायिक सदाचारिताको अत्यन्तै आबश्यकता पर्दछ । सामुदायिक सदाचारिता काएम हुन सकेमा मात्र कर्मचारी, राजनितिज्ञ, ठेकदार, ब्यापारी, निती निर्माता, कुटनितीज्ञ र सार्बजनिक पदमा बसेका सबैलाई देश र जनताप्रति जबाफदेहि बन्ने र भ्रष्टाचार नियन्त्रणको सम्भावना रहन्छ । अतः आउदो पिढीलाई सत्यनिष्ठ बनाउने हो भने बिश्वका धेरै राष्ट्र्हरुमा जस्तै बिद्यालय शिक्षा पाठय्क्रममासदाचारिता शिक्षा समाबेस गरी मुल प्रभावीकरण गर्नु अपरिहार्य छ । बिद्मालय शिक्षा पाठ्यक्रम क्रमशः फेरिदै लगिएको बर्तमान परिबेशमा नेपालमा पनि यसको बारेमा सम्बन्धित निकायले ठोस निर्णय लिने सहि समय अहिले नै हो । सदाचारिता शिक्षाले नैब्यक्तिमा बिश्वास, दृढता र शान्ति सम्भव हुन्छ ।
प्राबिधिक तथा रोजगारमुलक शिक्षाले मात्र ब्यक्तिको पूर्णता र सर्बाङ्गीण बिकास सम्भव हुदैन त्यसको लागि एकीकृत ज्ञान र सीपको जरुरि पर्दछ । हाम्रो बर्तमान शिक्षा प्रणालि बालबालिकाहरुलाई आपनो सामाजिक आर्थिक धरातललाई आत्मसात गरी खुसिसंग बाँच्ने कला सिकाउन असफल देखिन्छ । सायद यसै कारणले होला कतिपय शिक्षित भनिएका मानिसहरु नै असामाजिक ब्यवहार देखाईरहेका हुन्छन् । साथै हाम्रो शिक्षाकै दोश होला कि हाम्रो देश जहाँ अनैतिक काम र भ्रष्टाचारलाई समेत सामान्य ब्यबहारको रुपमा लिने गरिन्छ । कतिपय हाम्रा युबाहरु स्वाभिमान, स्वावलम्बी र सङ्ंघर्षशील बन्नुको सट्टा भोग बिलासमा लिप्त भई भ्रष्टाचारी र घुसखोरहरुको धन दौलत तथा ऐयाशी जीवनबाट प्रभावित भई उनीहरुलाई आदर्श मान्न खोज्नु निकै दुखदायी कुरा हो । त्यस प्रकारका किशोर किशोरीहरुले अभिभावकहरु संग ठूलाठूला मागहरु राख्ने र पूरा हुन नसकेमा निराश र आक्रोसित हुने अनि आफै माथि हिंसा गर्ने जस्ता घटनाहरु दिनदिनै बढ्दै छन् । कतिपय यूवा तथा बिद्यार्थीहरु आयश्रोत कम भएका आफ्नाश्रमजिबी बाबु आमा तथामान्यजनहरुमा आदर, सम्मान, सत्भाव र सहयोग भाव देखावउनुको सट्टा उनीहरु प्रति बेवास्ता अनि उपहास गर्ने प्रबृति बढ्दै गएको पनि महशुस गर्न सकिन्छ ।
भनिन्छ परिबर्तन शिक्षा सङ्गै सुरु हुने गर्दछ । माथि उल्लेखित समस्याहरुको समाधान पनि शिक्षाबाट नै सम्भव देखिन्छ ।तसर्थ भविष्यका कर्णाधार अहिलेका बिध्यार्थीहरुका मन मस्तिष्कमा सकारात्मक गुण एवं मुल्यहरु सजाउनको लागि सरोकारवालाहरु जस्तै शिक्षा मन्त्रालय, शिक्षाविदहरु, शिक्षकहरु, बिषय बिज्ञहरु, मनोबैज्ञानिकहरु, बिधि बिधान र निति निर्माताहरु,नागरिक समाज,बिश्वबिद्यालय एवं राजनीतिक तथा धार्मिक समुदायहरुको बीचमा समेत गहन छलफल रबहस जरुरी छ । जसको परिणाम हाम्रो देशको भूराजनिति, संस्कृति, रितिरिवाज र मुल्य मान्यता सङ्ग मेल खाने गरी हाम्रो मौलिकता अनुस।रको सदाचारिता शिक्षाको पाठ्यक्रम तयार पारी लागु गर्न सकिने छ ।हुन त जीवन उपयोगी सीप, सञ्चार प्रबिधि सीप, अन्तर साँस्कृतिक सीपहरु लगाएत थुप्रै बिषय बस्तुहरुबिद्ममान पाठ्क्रममा समाबेश गर्नु पर्ने अबस्था रहिरहँदा पाठ्यक्रम बोझिलो, खर्चिलो र धेरै समय लिने बन्न सक्छ तर यी सबैको उचित ब्यबस्थापन सहित सदाचारिताको लागि शिक्षा समाबेश गर्नुको बिकल्प छैन् । हाललाई बिद्मालय शिक्षामा छुट्टै बिषय वा बिधाको रुपमा समाबेश गर्न सकिदैन भने पनि अन्तर पाठ्क्रम उपागम ९ऋचयकक ऋगचचष्अगबिच ब्उउचयबअज०अपनाएर भए पनि भाषा साहित्य, सामाजिक शिक्षा, नैतिक शिक्षा, नागरिक शिक्षा, पेशा ब्यबसाय र जनसंख्या बालबालिका लगायतका बिषयहरुमा घुसाएरै भए पनि सदाचारिता शिक्षा लागु गर्न सकिन्छ । यो बिषयलाई मानव अधिकार, सुशासन, नागरिक अधिकार र कर्तब्य, कानुनी शासन, सरकारी संरचना जस्ता पाठ्यबस्तुहरु संग जोडेर पनि शिक्षण गर्न सकिन्छ ।
जुनसुकै बिधि र प्रक्रिया अपनाई शिक्षण गरेता पनि यस शिक्षाले बालबालिकाको दिलदिमागमा सदाचारिताको अबधारणालाई चिन्न सक्ने र ब्यबहारमा लागु गर्न सक्ने क्षमता बिकासको लक्ष लिएको हुन्छ ।सदाचारीता शिक्षाको परिणाम बालबालिकाहरुमा आलोचनात्मक चेतको बिकास हुनुको साथै ब्यक्ति, घटना र प्रबृतिहरुलाई हेर्ने द्वन्दात्मक दृष्टिकोण निर्माण हुन पुग्दछ । यसबाहेक, आफ्नै क्रियाकलाप माथि पुर्नमुल्याङ्कन तथा आत्मालोचना गर्न तयार रहनु र अरुले आफूलाई गरेको आलोचना सहन गर्ने क्षमता समेतको बिकास हुन्छ ।त्यसैगरी अरुब्यत्ति, संस्था वा निकायहरुमा भएको भ्रष्टाचार, अनियमितता, ढीलासुस्ति तथा गलत ब्यबहार र भाषाको श्रृजनात्मक आलोचना एवं बिरोध गर्न सक्षम हुन्छन् । भ्रष्टाचार बिरुद्द जुदध्नको लागि संगठित हुन पनि अग्रसरता देखाउँदछन् । यसरी दिक्षित ब्यत्तिहरु कहिले पनि काननुको उलङ्गन गर्दैनन् र गर्न पनि दिदैनन् ।
हाम्रो जस्तो भ्रष्टाचारले थलिएको देशमा सुशासन र सामाजिक जबाफदेहिता कायम गर्नको लागि सामुदायिक सदाचारिता एकमात्र बिकल्प हो । यसका लागि बालबालिकालई सदाचारिता शिक्षा दिन ढिला गर्नु हुदैन । तसर्थ सराकारवालाहरुको प्रतिबद्दता, सहकार्य, लगानि, साथ, सहयोगका ऐक्यबद्दता सहित बिद्मालय शिक्षामा सदाचारिता पाठ्यक्रम तयार गरी लागु गर्न सकेमा मात्र आउदो पिँढीमा सकारात्मक प्रभाव पर्न सक्दछ ।तबमात्र कुनै पनि प्रलोभनमा नपरी यूवाहरुले भ्रष्टाचार, अनियमितता, घुसखोरी,ढाँट—छल, छल—कपट, पाखण्ड, बदख्वाइँ, कानुन उलङ्गन, हिम्सा, बिलाशिता, दुर्बेसन तथा उग्र महत्वाकाँक्षालाई अस्विकार गरी सादकिपूर्ण जीवन ब्यतित गर्ने बानी बस्ने छ । जसको परिणाम दीर्घकालिन रुपमा सत्य निष्ठापूर्ण ब्यत्तिगत यवं राष्ट््िरय चरित्र र्निमाण हुन गई देशमासामुदायिक सदाचारिता कायम हुनेछ । अनिमात्र “ सादा जीवन उच्च बिचार” भन्ने नेपाली उखान चरितार्थ होला । त्यसपछि मात्र नेपालमा पहिलो नम्बरको सामाजिक समस्याको रुपमा रहेको भ्रष्टाचारको नियन्त्रणमा सफलता मिल्नेछ भन्ने आशा गर्न सकिन्छ ।
कमेन्ट गर्नुहोस !