शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

कोरोना नियन्त्रण तथा रोकथाममा सवै किसिमको प्रयत्न रहने छ ।


 

खिमराज भुसाल प्यूठानको प्रमुख जिल्ला अधिकारी । भुसालले ०७७ भाद्र महिनाको १ गते देखि प्यूठानको प्रमुख जिल्ला अधिकारीको जिम्वेवारी सम्हाल्नु भएको छ । सानै उमेरमा निजामती सेवामा प्रवेश गर्नु भएका छिमेकी जिल्ला अर्घाखाँची निवाशी भुसालले आफ्नै जन्मभूमी अर्घाखाँचीको प्र.जि.अ. र ललितपुर जिल्लाको सहायक प्र.जि.अ.को अनुभव समेत हासिल गरिसक्नु भएको छ । यो वेला युवा जोश जाँगरले ओतप्रोत भुसालले प्यूठानमा कुशलतापूर्वक आफ्नो जिम्वेवारी वहन गर्न खोज्नु भएको छ । विश्वव्यापी कोभिड १९ को महामारीको अवस्थामा जिल्लामा उहाँको आगमनले साँच्चै कस्तो भूमिका प्रदर्शन होला ? जिल्लाको नागरिक समाजले चासोका साथ हेरिरहेको वेला हाम्रो एकता सहकर्मी प्रकाश बैद्यले समसामयिक परिवेशमा रहेर प्रमुख जिल्ला अधिकारी भुसाल संग कुराकानी गर्नु भएको थियो प्रस्तुत छ कुराकानीको सार संक्षेप ः

प्यूठान जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्वेवारी लिएर भर्खरै प्यूठान आउनु भएको छ यहाँको वातावरण कस्तो लाग्यो ?
मिडियावाट यहाँले केहि जिज्ञासा राख्नु भो जसको लागि हार्दिक आभार प्रकट गर्न चाहन्छु । म प्यूठानको छिमेकी जिल्ला गुल्मीमा जन्मेको मान्छे र यस अघि पनि अर्घाखाँची जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा करिव २ वर्ष वसेको हुनाले प्यूठान जिल्लाको वारेमा यहाँको भुगोल ,रहन सहन रितिरिवाजको वारेमा पहिले नै मलाई जानकारी भएकाले मलाई असाध्यै सहज छ र सहज महशुस भईरहेको छ ।
प्यूठानको प्रशासन ,सेवा प्रवाह र जनजीविकाका सवालमा अव यहाँका प्राथमिकताहरु के के होलान् ?
नेपाल सरकारले ऐन कानुनले तोकिएका प्राव्धानहरु कानुनी व्यवस्था अनुसार जिल्ला प्रशासन कार्यालयले गर्नु पर्ने नियमित कामहरु त्यो रहिरहन्छ । त्यस वाहेक मुलुक अहिले कोभिड १९ कोरोना भाइरसवाट निकै आक्रान्त वनिरहेको छ, यसको भयाभह छ यसवाट नागरिकहरुलाई जोगाउनु र यो रोगको नियन्त्रण रोकथाम गर्नु अहिले राज्यको प्रमुख उद्धेश्य छ । मूलत ः मूख्य हाम्रो ध्यान यस तर्फ नै केन्द्रित हुनेछ । जिल्लामा कोभिड संकट व्यवस्थापन समिति छ र त्यसको प्रमुख जिम्मेवारी पनि म मा रहेको छ यसले गर्दा यो कामलाई हामी उच्च प्राथमिकता दिन्छौ जव सम्म यो नियन्त्रण हुदैन । हाम्रो नियमित कामहरु सवै जारी नै रहन्छ त्यस वाहेक अहिलेको सन्दर्भमा कुरा गर्दा बाढिपहिरो लगायत विपद व्यवस्थापनका कामहरु पनि गर्नु पर्ने हुन्छ । वर्षातको समय अझै बाँकी पनि छ त्यसैले त्यता पनि हामीले हेर्नु पर्ने हुन्छ । यस वाहेक जिल्लामा अपराध न्यूनीकरण ,शान्ती सुरक्षा ,आम नागरिकको जीउधनको सुरक्षा जस्ता कार्यहरुलाई उच्च प्राथमिकतामा राख्ने मेरो प्रमुख अभिप्राय हुनेछ । त्यसै गरेर स्थिति सहज वन्दै जाँदा विकास निर्माण लगायतका कुराहरुमा पनि हामीले समन्वय सहकार्य गरेर अगाडि बढ्ने छौ ।
प्रमुख जिल्ला अधिकारीहरु ६ महिना वर्ष दिनमै सरुवा हुने परिपाटीेले प्राथमिकतामा राखेका कामहरु कार्यान्वयनमा असर परेको देखिन्छ नी ?
कर्मचारीको सन्दर्भमा ऐन कानुनले पनि केहि निश्चित व्यवस्थाहरु गरेको छ । कर्मचारी सरुवा प्रमुख जिल्ला अधिकारीको सरुवा हाम्रो नियमित प्रक्रिया हुन्छ समय अनुसार सरुवा हुने प्रक्रिया हुन्छ । तथापी जिल्लामा रहँदा वस्दा आफ्नो कार्यकाल जति रहन्छ त्यो समय पूर्ण रुपमा विकास निर्माण देखि लिएर अहिलेको सन्दर्भमा कुरा गर्दा कोभिड १९ को रोकथाम र नियन्त्रणका कुराहरुमा ,नागरिकहरुको सुरक्षा लगायतका कुराहरुमा हामी लाग्नु पर्ने हुन्छ । यहाँले भनेको एउटाले सुरु गर्ने अर्कोले छोड्ने त्यस्तो हुँदैन । राम्रा कामहरुले हामीले निरन्तर रुपमा अघि बढाइयो भने अघिल्लोले बढाउनु भएको राम्रा विषयहरुलाई पछिल्लोले पनि अनुसरण गर्दै आफ्नो प्राथमिकतामा राख्न सकियो भने यी कुराहरुले निरन्तरता पाउँदछन् र जसले गर्दा विकास निर्माण लगायत जिल्लाको सवै कुराहरुलाई साथ पुग्दछ भन्ने मेरो बुझाई छ ।
प्यूठानका कतिपय कार्यालयमा कर्मचारी व्यवस्थापन फितलो देखिन्छ जस्तै समयमा उपस्थित नहुने दरवन्दी अनुसारका पुरा कर्मचारी कार्यालयमा नहुने जस्ता समस्या व्यवस्थापनमा यहाँको पहल कस्तो रहला ?
कर्मचारी व्यवस्थापन सम्वन्धित निकायहरुले गर्नु पर्ने हुन्छ आ आफ्नो मन्त्रालयले मातहतका निकायहरुमा कर्मचारीहरुको व्यवस्थापन धेरै कार्यालयवाट भएकै होला तथापी कुनै ठाउँमा पदपुर्ति अथवा सरुवावाट आउनु पर्नेमा नआएको हुन सक्दछ । त्यसको लागि सम्वन्धित कार्यालय प्रमुखलाई मैले घच्घचाएर वहाँको तालुक निकायहरुमा भन्न लगाउने छु र म आफैले पनि समन्वय गरेर कर्मचारीहरुको व्यवस्थापन गर्ने तर्फ क्रियाशिल रहनेछु । कर्मचारीहरुको निश्चित आचरण हुन्छ कानुनले तोकेका विषयहरु हुन्छन् कार्यालय समयको नियमितता र आफ्नो आचरण व्यवहार सुधार नगर्ने कर्मचारीहरुलाई माया गर्न सकिदैन हामी कानुन वमोजिम काम गर्नु पर्ने हुन्छ । नागरिकको सेवा प्रवाह मैत्री गर्न नसक्ने ,निश्चित समयको पालना नगर्ने र तोकिएका आचरण र व्यवहार पालना नगर्ने कर्मचारीहरुलाई पक्कै पनि कानुन वमोजिम कार्वाही हुन्छ ।
मुस्कान सहितको सेवा ,डिजिटल प्रविधि जस्ता विषय यस अघिका प्रमुख जिल्ला अधिकारीहरुले प्यूठानमा सफल रुपले अघि बढाएका विषयहरु हुन् अव यहाँको पनि त्यस्तो छुट्टै कुनै प्राथमिकताको विषय छ की ?
मुुस्कान सहितको सेवा नेपाल सरकारको नीति अनुरुपको कार्य हो नेपाल सरकारले घोेषणा गरेकोे थियो मुुस्कान सहितको सेवा भनेको थियोे जुन अहिले पनि छ त्यसैले हामी यो काम सधै गर्दछौ । सरकारको नीति सरकारका कामहरु सधै गर्नुु पर्ने हुन्छ । जस अनुरुप वहाँहरुले सो अनुसार ती कार्यक्रमहरु अघि बढाएको हो भन्ने लाग्दछ र त्यो काम अहिले हामी पनि गर्दछौ । समयको आवश्यकता अनुसार पनि के कामलाई बढि प्राथमिकता दिने भन्ने हुन्छ जस्तै यहाँले भने जस्तै प्रविधिको कुरा पनि भयो नेपाल सरकारको नीति नै प्रविधिीमैत्री हुनेछ र अझ कोरोनाको समयमा त जति सक्यो प्रविधीमैत्री हुनु पर्नेछ जति सक्यो सामाजिक दुरी कायम गर्नु पर्नेछ यो कुरा हुने नै छ । अनलाइन सेवाहरुलाई हाम्रो कार्यविधीले भ्याएसम्म हाम्रो जनशक्तिले सके जति हामी प्राथमिकताका साथ सेवा दिने व्यवस्था मिलाउनेछौ मुस्कान सहितको सेवालाई पनि व्यवहारिक रुपमा कार्यान्वयन गर्नेछौ त्यो वाहेक जिल्लामा विकास निर्माण देखि लिएर मुलतः अहिले यो कोरोना रोकथाम र नियन्त्रणका कुराहरुमा त्यसमा पनि मुस्कान सहितको सेवा सहित हामी अघि बढ्नेछौ र यो रोगलाई निर्मुल गर्न तथा जति सक्यो कम भन्दा कम न्यूनीकरण गर्नको लागि मेरो सवै किसिमको प्रयत्न रहने छ । यसको लागि मेरो अपेक्षा छ स्थानीय तहका प्रतिनिधि र राजनैतिक दलका प्रतिनिधी ज्यूहरु संग पनि म एउटा बैठकमा वसे निकै सहज ठानेको छु पक्कै पनि जिल्लाका जे जति समस्याहरु छन् हाम्रो तर्फवाट गर्नु पर्ने यहाँको आवश्यकता जस्ता कुराहरुलाई समग्रमा बुझेर समन्वय गरेर हामीले ती समस्याहरुको सम्वोधन गर्नेछौ भन्ने विश्वास राख्न चाहन्छु ।

लकडाउनको मौका छोपेर बजारमा यहाँका कतिपयले सामान महंगोमा बेच्ने ,कृत्रिम अभाव सृजना गरेको देखिन्छ नी ?
अहिले हामी सवै कोभिड १९ को संकटमा छौ । राष्ट्र नै संकटमा छ यो संकटमा परेको वेला फाइदा लिएर निश्चित व्यापारीहरुले अथवा त्यस्ता किसिमका तत्वहरुले यसको क्षणिक फाइदा लिन खोज्यो भने त्यस प्रति सहकार्य हुन सक्दैन त्यसको विरुद्धमा जानु पर्ने हुन्छ । अहिले पनि म आइसके पछि सहायक प्रमुख जिल्ला अधिकारीज्यूको संयोजकत्वमा उद्योग वाणिज्य संग,प्रहरी,स्थानीय तह,पत्रकारमहासंघका प्रतिनिधिहरु सहितको टोली बजार अनुगमनमा मैले पठाईसकेको छु । केहि दिन अघि मात्रै यस्तो गलतकार्य गर्ने ५ वटा पसलहरु हामीले शिलवन्दी गरीसकेका छौ । पक्कै पनि कानुन विपरितका काम गर्नेहरु सचेत हुनुपर्नेछ मैले यस्ता गलत कार्य गर्नेविरुद्ध निर्मम भएर लाग्नेछु । राज्यलाई अप्ठेरो परेको वेला सवैलाई समस्या परेको वेला क्षणिक फाइदा लिन यस्ता खालको हर्कत गर्नेहरुलाई कानुनको हदै सम्मको हामी सजाय गर्नेछौ ।

अहिले प्यूठानमा यातायात क्षेत्र मात्र बन्द गरियो तर व्यावसायिक क्षेत्र वन्द गरिएन भन्ने गुनासो छ नी ?
म जिल्लामा आएकोे ११ दिन भयो म आएको २,३ दिन पछि जिल्ला कोेभिड संकट व्यवस्थापन समितिको वैैठक आयोजना गरेको थिएँ । जुन वैठकमा सवै स्थानीय तहका प्रमुखहरु हुुनुहुुन्थ्यो । त्यसका साथै हामी सरोकारवाला निकायहरुका जिम्मेवार व्यक्तिहरु सवै वसेर व्यापक छलफल गरेर हाललाई सवारी साधन आवतजावतमा रोक लगाउने र बजारलार्ई खुल्ला राख्ने भन्ने कुरा भयो । यसमा एउटा तर्क के छ भने सवै क्षेत्र वन्द गर्दा मान्छेमा निराशा हुने ,कुुण्ठा हुने सवैतिर राज्यको सवै निकायहरु प्रति यसलार्ई सम्वोेधन गर्ने कुराहरुलाई पनि हामीले विचार गर्नु पर्दछ भन्ने कुरा त्यहाँ उठ्योे कम्तीमा पनि यातायातकोे क्षेत्रहरु ठप्प भयो भने मान्छेको आवतजावत हुँदैन जसले गर्दा कार्यालय लगायत बजारमा पनि मान्छेकोे आवागमन कम हुन्छ त्यसले गर्दा खासै प्रभाव पर्दैन की भनेर हामीले यातायात क्षेत्र वन्द गरेकोे हो । तथापी बजार पनि वन्द गर्र्नु पर्ने अवस्था हामीले देख्यौ भने त्यो पनि गर्र्नुपर्र्ने हुुन्छ । हाम्रो चाहना सधैे लकडाउन गर्ने यसरी नेै जाने भन्ने पनि हुुँदैन सुरुवाती दिनहरुमा लक्षण सहितको विरामीहरु देखिनु भो त्यस पछि १ जनाको बुटवलमा कोरोेना अस्पतालमा मृत्यू समेत भयो । जिल्लामा ४०० भन्दा बढिको कोरोना पोजेटिभ देखियो जसले गर्दा नेपाल सरकारको नीति अनुुसार पनि २०० भन्दा वढि कोरोना पोजेटिभ आएकोे ठाउँहरुमा छुुट्टैे किसिमको निर्णय गर्नु पर्ने र सावधानीहरु अपनाउनु पर्र्ने भन्ने हुन्छ त्यसले गर्दा हामीेले हेर्यौ कम्तिमा यो दुइ हप्ता करिव वन्द गरियो नतिजा हेर्दा अहिले हामी त्यति उच्च जोखिममा छौ जस्तो मलाई लागेको छैन । हामीले जति टेष्टहरु गरायौ त्यसको नेगेटिभ रिजल्ट हामीले पाईरहेका छौ । संख्यामा मात्र पोजेटिभ केश आइरहेको छ पोजेटिभ आएकोलाई पनि होम क्वारेन्टिनमा राख्ने ,आइशोेलेसनमा राख्ने जस्ता कुराहरु हामीले स्थानीय तहहरु संग वसेर मिलाईसकेका छौ । भयाभह अवस्थामा त्यहि किसिमले सवै क्षेत्रहरु वन्द गरेर जानु पर्ने नै हुन्छ अन्य अवस्थामा ठाउँ विशेष क्षेत्र विशेष गरेर पनि हामी अगाडि बढ्नु पर्ने हुन्छ हाम्रो डि.सि.सि एम.सि .को निर्णय अनुसार यी कामहरु गरेको हो र अव हामी पुन छलफल गर्दैछौ त्यस्तो महसुश भयो भने पुनः गर्न सक्दछौ र अव १५ गते पछि कसरी जाने भन्ने हाम्रो अर्को वैठकवाट तय हुन्छ । मैले अहिले सम्मको हेर्दा त्यति भयाभह पाएको छैन किन की दुई हप्तामा यो देखिएको भए लक्षणहरु देखिएको विरामीहरु बढ्ने हुन्थ्यो ,पोजेटिभ केशहरु धेरै आउने हुन्थ्यो त्यस्तो पाइएको छैन यो हाम्रो लागि सुखद कुरा हो ।

अन्तमा यहाँको केहि भन्न छ की ?
म यो वेला प्यूठान जिल्लामा रहेर काम गर्न पाउँदा एकदमै खुशी छु कि न की मेरो छिमेकी जिल्ला पनि भएकाले यस्तो वेलामा मलाई काम गर्ने अवसर पनि मिलेको छ । यस अघि अर्घाखाँचीमा पनि रहेर काम गरेको हुनाले यहाँका जनता संग नजिक रहेर काम गर्ने अवसर पाउने छु त्यो किसिमको वातावरण वन्दै गएको पनि छ । मैले यहाँको राजनीतिक नेतृत्व देखि लिएर स्थानीय तहहरु,पत्रकार साथीहरु,उद्योगवाणिज्य संघ तथा विभिन्न संघ संस्था नेतृत्वदायी निकाय सवै संग मैले साक्षात्कर गर्ने भेटघाट गर्ने क्रम सामाजिक दुरी कायम गरेर भईरहेको छ यसपटक निकै सहज वातावरण वन्दै गइरहेको छ र मलाई आसा र विश्वास छ म एउटा राम्रो काम गरेर यो जिल्लाको आवश्यक्ता अनुसार ,यहाँको समय परिवेश अनुसारका सवै कुराहरुलाई सम्वोधन गर्दै अगाडि बढ्नेछु र आफु रहदा वस्दा जहिले पनि यो जिल्लाको हित यसको सम्वृद्धि र विकासको लागि लागि पर्नेछु भन्ने प्रतिवद्धता यहाँ मार्फत सवै संग अनुरोध पनि गर्न चाहन्छु ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top