
२०१२ सालमा प्यूठानको पाडाबाङ, बेलघारीमा बुवा टोपबहादुर के.सी.तथा आमा मोहनकुमारीको कोखबाट जन्मनु भएको मदनबहादुर के.सी.को ‘झिमरुकको तीरै तीर’ नामक पुस्तक जुन आख्यान सहितको आत्मवृतान्तले भरिपूर्ण छ र यो पुस्तकले नेपालको विभिन्न ठाउँको भूगोल समेट्नुको साथै मूलतः प्यूठानको झिमरुक नदीको आसपासको भूगोललाई बढ्ता समेटेको पाइन्छ । यसैले पनि यस पुस्तकको नामाकरण ‘झिमरुकको तीरै तीर’ सार्थक देखिन्छ । आफ्नो वाल्य जीवनमा घटित विविध घटनाक्रमहरु, बाल्यकालका दौतरीहरु, बाल्यकालमा माछा मार्ने क्रियाकलापहरु, विद्यार्थी जीवनका विविध घटनाहरु, जागिरको शिलशिलाका भोगाइहरु, राजनीतिक परिवेशका घटनाहरु र प्रहरी हिरासतको भोगाइ, सामाजिक क्षेत्रमा गरिएका समाज उत्थानका कार्यहरु, शैक्षिक क्षेत्रमा पु¥याइएका सेवाहरु, थुप्रै युवायुवतीहरुलाई रोजगार प्रदान गरेको सन्दर्भहरु लगायत आफ्ना निजी तथा वैयक्तिक अनुभूतिहरु यस पुस्तकमा समेटिएका छन् । यो पुस्तक आत्मवृतान्त भनौ वा आत्मकथा जे भने पनि यो स्रष्टा मदनजीको आफ्नै नालीबेली मात्र नभएर झिमरुक नदी किनारको एउटा सिंगो सभ्यताको नालीबेली हो भन्न सकिन्छ । स्रष्टालाई यहाँ केवल प्रतिनिधि पात्रको रुपमा लिदा वेश हुन्छ । कुनैपनि आख्यानात्मक सृजनामा पात्रको खोजी गर्ने क्रममा स्रष्टाले मदनबहादुर के.सी.लाई उभ्याएको सम्झदा स्रष्टाप्रति न्याय गरेको ठहर्छ । यो पुस्तक कुनै एउटा जातविशेष, कुनै एउटा वंशज विशेष, कुनै एउटा व्यक्तिको गुणगान र नालीबेली विशेष मात्रै ठहर गरियो भने आपूmले आपैmलाई खुम्चाएर एउटा सीमित दायरा भित्र उकुस–मुकुस हुँदै गरेको अनर्गल प्रलाप हुने छ । यो आत्मवृतान्तमा अथाह भावनाहरु सल्बलाइरहेका छन् । हाँसले दुध र पानी छुट्याए जस्तै यो पुस्तकभित्र घोत्लेर खोज्न र छुट्याउन थालियो भने यहाँ माटोको मायाको मूल तत्वको मुना भेटिन्छ । मानिसले आफ्नो जीवनको भविष्य पच्छयाउदै जाने क्रममा जन्मथलो पनि छोड्नु पर्दो रहेछ । तर पनि सालनाल गाडिएको ठाउँ, जुन ठाउँको माटोको रस आफ्ना मुखमा प¥यो त्यो ठाउँको माया मुटुमा अमिट भएर रहेको हुन्छ । जहाँ भएपनि जता गएपनि उसलाई त्यही माटोले जहिले पनि तानिरहेको हुन्छ । राती सपनामा पनि मानिसले आफ्नै भूगोलमा आपूmलाई उभ्याउँछ । यस्ता यथार्थ कुराहरु यस पुस्तकमा समेटिएका छन् ।
कहीकतैबाट प्यूठान जाँदा चेरनेटा पुग्दा घरमै आइयो भन्ने अनुभूत हुनुले पनि झिमरुक वरिपरिको भूगोल पुरै आफ्नो घर हो, यस भूगोलका बासिन्दाहरु आफ्नै हुन् भन्ने भावना जागृत गराउन स्रष्टाले चेरनेटाको सन्दर्भ उठाउनु भएकोमा उहाँले आफ्नो माटो प्रतिको अनुराग, कति मायामोह राख्नु हुँदो रहेछ भन्ने थाहा हुन्छ । झिमरुकको फाँट, रोपाइका सन्दर्भहरु, गाई, गोरु, बाख्रा, चराउन लगेको क्षण, मेलापर्वको सन्दर्भ, विद्यालयमा गुरु र साथीभाइसंगको सम्बन्ध, लुङ देवालीको बर्णनन् , माछा मार्दाको बर्णनन् , आफ्न्तहरुको सम्बन्ध, आप्mनो मावली पूजाँको बर्णनन् , एकल महिलालाई गाउँमा कतिपयले हेप्ने प्रवृति आदि विषयको बर्णनन् यस पुस्तकमा छरप्रष्ट पारिएको छ । यस पुस्तकले झिमरुक नदी किनारको संस्कृति, संस्कार, परम्परा, नैतिक मूल्यमान्यता, खानपान, रहनसहन, भेषभूषा, भाषाशैली, अन्धविश्वास आदि सम्बन्धमा कुनै एउटा खास कालखण्डको चित्र उतारेको छ । झिमरुक नदी किनारको जीवन भोगाइ मात्र स्रष्टा मदन के.सी.को मात्र नभएर यस भूगोलमा अवस्थित सबैको जीवन भोगाइ हो । यो पुस्तकले हामीलाई आफ्नो अनुभूतिसंग एकाकार हुने प्रेरणा प्रदान गरेको छ ।
हाम्रा पूर्खाहरुले के गरे, कस्तो गरे, तत्कालको अवस्था कस्तो थियो भन्ने कुरा इतिहासमा लिपिबद्ध हुन्छ । तर हाम्रो यहाँ राजा, महाराजाहरुको इतिहास हुन्छ, कुलीन सामन्त बर्गको इतिहास लेखिन्छ तर पनि यथार्थ सत्य होइन कि चाकडीको हिसाबमा । खास जनताको इतिहास त अलिखित छ । एकदुई पिडीको कुनैलाई विगतको सम्झना होला तर तिनको अवशानपछि सबै मेटिन्छ । तर स्रष्टा मदन के.सी.ले झै कुनै एउटा खास भूगोलको, कुनै खास कालखण्डको इतिवृतान्त नलेख्ने हो भने जनताको इतिहास मेटिन्छ । यसकारण यो पुस्तकले अन्य भूगोलमा अवस्थित मानव समुदायलाई आप्mनो भूगोलको सभ्यता विषयलाई लिपिबद्ध गर्नु पर्दो रहेछ भन्ने प्रेरणा दिएको छ ।
यो पुस्तकमा स्रष्टा इमान्दारीसाथ पोखिनु भएको छ । उहाँले देखेका, भोगेका, राम्रा, नराम्रा पक्षहरु यस पुस्तकमा समेटिएका छन् । उहाँको केही बर्षसम्म मापसेमा लत बसेको, केही समयसम्म डिप्रेसनको रोगी भएको भन्ने उल्लेख भएबाट उहाँमा लुकाइ–छिपाइ, लप्पन–छप्पन नभएको यो पुस्तकले प्रस्टाएको छ । उहाँमा मपाइत्व देखिएन । बैंकमा नवौ तहको अफिसर हुनु भएको, शिक्षामा स्नातकोत्तरको तह पास गरेको, घरको आर्थिक स्थिति पनि त्यति कमजोर नभएको तर उहाँले ढिडो, फाँडो, सिन्की, सुकासाग, मकै, भट्टमास, कोदाको रोटी खाएका जस्ता कुराहरु र सामान्य लवाइ–खुवाइ, बसाइको बर्णनन् यो पुस्तकमा गरिएको छ । यसबाट उहाँको सरल जीवनशैलीको परिचय पाइन्छ । उहाँ बर्तमानमा त्यो परिवेशमा नभए पनि त्यो परिवेशप्रतिको मायामोह अत्यान्त सह्रानीय देखिन्छ । सात बर्षको अवधिभित्र आप्mना सातवटै दौतरीहरु परमधाम हुनुले उहाँ अहिले पनि ज्यादै मर्माहत हुनु भएको र गाउँमा आप्mनो उमेर समुहका साथीसंगति नभएकोले सुनो महसुस गरेको यो पुस्तकमा उल्लेख छ । उहाँले आप्mनो पिताजी र ममतामयी आमाको निधनमा अत्यान्तै गहिरो शोक प्रकट गरेको यस पुस्तकको माध्यामबाट व्यक्त गर्नु भएको छ । उहाँले आपूmलाई शिक्षा प्रदान गर्ने गुरुप्रति, आप्mना अग्रजहरु प्रति, आपूmलाई अभिभावकत्व प्रदान गर्ने माइलो बा प्रति अत्यान्तै अगाध प्रेम र श्रद्धा देखाउदै आउनु भएको कुराले उहाँको आदर्शता अभिव्यक्त भएको छ, यस पुस्तकमा ।
उहाँका दुई छोरा, दुई छोरी शहरीया वातावरणमा हुर्के बढेर आप्mनो गाउँको सभ्यताबाट विमुख भए भन्ठानेर २०४८ देखि २०५० सम्म प्यूठानमै पठनपाठनको व्यवस्था गरिदिनु भयो । यसको मतलब भावी पिडी आप्mनोपन, आप्mनो सभ्यता, संस्कृति, संस्कार, परम्परा, जीवनशैलीसंग साक्षात्कार बनुन् भन्ने अभिप्रायले स्रष्टाले यस्तो व्यवस्था गर्नु भएको थियो । उहाँले दुई छोरा र एक छोरीको नागरिकता पनि प्यूठानबाटै गराउनु भएको छ । तत्काल नेपालगञ्जको बसोबास भएता पनि उहाँले बाँकेको नागरिकता नगराएर प्यूठानको बनाउनु भएको हो । भावी पिडीले हामी पनि प्यूठानी हौं भन्ने गर्ब गरुन् भन्ने मनसायबाट स्रष्टाले यस्तो गरेको देखिन्छ । यसबाट पनि उहाँको माटो प्रतिको अगाध माया उजागर भएको देखिन्छ । उहाँको हृदयभित्र जडित माटोको मायाको खुराक पस्किएको छ , यो पुस्तकमा ।
यो पुस्तकलाई अद्योपान्त अध्ययन गर्दा लाग्छ , उहाँ साहित्यिक क्षेत्रको अध्यता हो तर प्रमाणपत्रवाला साहित्यको विद्यार्थी होइन तर पनि साहित्य प्रति यति ठूलो अनुराग साच्चै नै सह्रानीय छ । आप्mनो जीवन भोगाइको अनुभूतिलाई कलात्मक रुप दिई साहित्यिक विधा सृजना गर्नु आप्mैमा उत्कृष्ट कार्य हो । उहाँले यस कृतिमा कल्ले पर्नु , गइम, भइम, खातिरदारी जस्ता आप्mनै भूगोलको भाषिका प्रयोग गर्नु भएको छ । उहाँले आप्mना जीजू गगनसिंहदेखि हालसम्मका आप्mना गोत्यारहरुको सक्दो बर्णनन् पनि गर्नु भएको छ । उहाँले प्यूठानमा सर्बप्रथम विकास बैंकको स्थापना गर्नु भयो । थुप्रै युवा–युवतीहरुले बैंकमा जागिर खाने अवसर मिल्यो । उहाँले जनता उमावि बाग्दुलालाई सहयोग स्वरुप रु २५०००।–, क्याम्पस भवन निर्माण गर्नको लागि रु १,११,१११।–, देवालीको मूलघर निमार्ण गर्न रु १,११,१११।– सहयोग प्रदान गर्नु भएको देखिन्छ । उहाँले बाटुले स्कुलामा पनि शैक्षिक सामाग्रीहरु विद्यार्थीलाई वितरण गर्नु भएको र केही विद्यार्थीहरुको मासिक शुल्क पनि व्यहोर्नु भएको सन्दर्भले उहाँ कति उदारमना व्यक्ति हुनु हुँदो रहेछ भन्ने प्रष्ट हुन्छ ।
यो पुस्तक सबै प्यूठानीको इतिहास हो र यो भूगोलको, यो पिडीको अमूल्य निधि हो । यस पुस्तकका माध्यमबाट स्रष्टाले झिमरुक किनारको बास्तविकतालाई रौचिरा रुपमा पस्कनु भएको छ । स्रष्टाले आप्mनो माटोप्रतिको असीम माया दर्शाउनुले उहाँको क्षमतालाई उच्च मूल्याङ्कन गर्नु नै न्याय गरेको ठहर्छ । समग्रमा भन्नु पर्दा यो पुस्तक माटोको मायामा फक्रेको फूल हो र फूलको सबैले कदर गरौं ।
कमेन्ट गर्नुहोस !