सोमवार, कार्तिक ३, २०८३ | Monday 19th October 2026

सञ्चारकर्मी प्रतिको विश्वसनीयता


प्रकृति नै प्रसारणमय छ । विहानमा सूर्यबाटउत्पन्न प्रकाश प्रसारण हुँदै पृथ्वीमा आउदा पृथ्वी प्रकाशमय बन्दछ । पृथ्वी समग्रमा हरितमय छ र यसको रङ प्रसारणमा आकास प्रतीयमान रुपमा निलो देखिन्छ । आगो आपैmमा तातो छ र यसको प्रसारण वा पैmलावटले यसको आफ्नो सीमासम्म तातो पैmलिएको हुन्छ । भनाईको तात्पर्य संञ्चारण, प्रसारण प्रकृतिमय छ । यो नितान्त अनिवार्य सत्य हो । यो प्रकृतिको नियम त्रिकालिक, सर्वव्यापी र अविनाशी छ । कुनै एउटा वस्तुमा निहित गुणको प्रसारण सञ्चारण अरु वस्तु समक्ष हुने र प्रभाब पार्ने प्रक्रियाबाट एक वस्तु र अर्को वस्तु एकापसमा सम्बन्धित छन् । यही सम्बन्धले विश्वब्रम्हाण्ड सापेक्षतामा व्यवस्थित छ भनेर वैज्ञानिकहरुले आफ्नो धारण व्यक्त गरेका छन् । प्रसारण हुनु, सञ्चारण हुनु भनेको नितान्त प्राकृतिक विषय वस्तु हो र यो सत्य छ । यो सत्यलाई यसको धर्म अनुसार कर्ममा देखिएको हुनु पर्दछ । तर यसको धर्मलाई अर्कै कर्ममा देखाउनु भनेको असत्य गर्नु नै हो । असत्य नै महापाप हो । यहाँ भन्न खोजिएको कुरा हो–संञ्चारको आफ्नो प्राकृतिक धर्म अनुसार कर्म भइरहेको हुन्छ तर त्यो सत्यमाथि भ्रम पार्ने गरी असत्यको सानो त्यान्द्रो पक्डेर सत्यता त यो हो भन्ने सञ्चारकर्मीको सञ्चाधर्मी पेशा प्रतिको इमान्दारितामा खडेरी पर्दै गइरहेको अवस्था विशेषलाई यहाँ उजागर गर्न खोजिएको छ ।
संञ्चारमाध्यम भन्नाले त्यो त कुनै यन्त्र हो । त्यसलाई संञ्चालन गर्ने त संञ्चारकर्मी हो । संञ्चारकर्मी मानिस हो । त्यो मानिस कस्तो हो ? त्यो प्रश्न उठ्नु पर्छ । संञ्चारमाध्यमबाट जानकारीमा आयो भनेर सत्य मान्ने गरिन्छ । घटित कुनै घटनाको जानकारी संञ्चाारकर्मीबाट प्राप्त गरेपछि पनि त्यसलाई सत्य मान्ने गरिन्छ । यसप्रकारको जानकारी गराउने क्रममा संञ्चारकर्मीको आफ्नो धारणा पनि अभिव्यक्त भएको हुन्छ । त्यो अभिव्यक्त धारणा कति ठीक र कति बेठिक छुट्याउनु पर्ने हुन्छ । यसको मतलब संञ्चारकर्मी कस्तो हो ?, कहाबाट संञ्चालित छ ?विषय वस्तु प्रतिको गाम्भीर्यता कस्तो छ ?, र उसमा रहेको इमान्दारिता निष्पक्षता कस्तो छ ? भन्ने कुराको विश्लेषण नगरी सत्य र असत्य छुट्याउन गाह्रो हुन्छ । हिटलरको शासनकालमा गोयबल्स भन्ने व्यक्तिले प्रतिपादन गरेको एउटा सिद्धान्त भन्ने कि झुठको खेती गर्ने कुटील चाल भन्ने, आ–आफ्नै ढंगले बुझिदिनु होला– सिद्धान्त वा झुठको खेती । “कुनै पनि असत्य कुरालाई सत्य हो भनेर विभिन्न तथ्यहीन कुतर्कको सहारा लिएर सयौं पटक सत्य हो भन्यो भने त्यो सत्य हुन जान्छ ।” धेरै जनसमुदायले मान्यो भने त्यही त सत्य हो भन्ने सूत्र जर्मनीमा प्रयोग गरिएको थियो । त्यो सूत्र खराब हो भन्ने मान्दा मान्दै पनि बर्तमानमा छदम्भेषी रुपमा कतिपय संञ्चारकर्मीबाट प्रयोग हुँदै आएको छ । अनि त्यस्तै थ्योरी प्रयोग गर्ने कतिपय मिडियाकर्मीले आपूmलाई अब्बल दर्जाको दावी गरिरहेका हुन्छन् । यसको मतलब यस्ता व्यक्तिले झुठको खेती गरिरहेका हुन्छन् । बास्तबमा भन्ने हो भने संञ्चारकर्मी अत्यान्तै इमान्दार, ठिक–बेठिक छुट्याउन सक्ने क्षमता भएको, निस्वार्थी, पक्षपात रहित विचारले सम्पन्न, पत्रकारिता वा संञ्चार सेवा सम्बन्धमा विशेष ज्ञान र दक्षता हासिल गरेको, मिडियाबाट प्रसारण गरिने सामाग्रीले देश र जनताको हित गर्न सकोस भन्ने मनशाय भएको, राष्ट्रियताको भावना जागृत गराउन सक्ने, जनतामा नयाँ भिजन दिन सक्ने, बाटो देखाउने, उज्यालो प्रदान गर्ने आदि विषय सामाग्री पस्कन सक्ने संञ्चारकर्मीमा हुनपर्ने गुणहरु हुन् । अझ भन्ने हो भने संञ्चारकर्मीले सरकारलाई पनि मार्ग निर्देश गर्न सक्नु पर्छ । यसैले त संञ्चारकर्मीको संघ संस्थालाई सरकारको चौथो अंग भनेको हो ।
यो चौथो अंगको महत्व अत्यन्तै ठूलो छ । यो जहिले पनि जनपक्षीय भूमिकामा रहनु पर्दछ । सामाजिक विकृति–विसंगति, अन्याय, अत्याचार, नीतिगत भ्रष्टाचार, खुल्ला भ्रष्टाचार, अनियमितता, नातावाद, कृपावाद, ढिलासुस्ती, घुसखोरी, दण्डहीनता, कमिसन, अपारदर्शिता, कर्तव्यप्रतिको उदासिनता, जनताप्रति अनुउत्तरदायित्व, आदि विषयवस्तुका सम्बन्धमा सत्य–तथ्य उजागर गर्दै हरक्षेत्रलाई सजग र सचेत गर्ने काम संञ्चारकर्मीको हो । यो नै संञ्चारकर्मीको धर्म हो । संञ्चारकर्मीको भूमिका विश्वमा नै महान छ । विश्वमा भएका महान परिवर्तनमा संञ्चारकर्मीको भूमिकालाई उच्च स्थानमा राखिएको छ । नेपालकै सन्दर्भमा पनि यहाँका ठूला–ठूला आन्दोलनमा पनि मिडियाकर्मीहरुको भूमिका अत्यान्तै उचो देखिएको छ । आन्दोलनका क्रममा थुप्रै मिडियाकर्मीले जेल–नेल, गोलीको प्रवाह नगरीजनतालाई दिशा निर्देश गरेको इतिहास साक्षी छ । यसप्रकारका प्रशंसनीय कार्य मिडियाकर्मीबाट भए र अहिले पनि यसले निरन्तरता पाइरहेको छ । तर कतिपय मिडियाकर्मीहरु आफ्नो धर्मबाट विमुख भएको सन्दर्भ पनि देखिन्छ ।यहाँ सबै मिडियाकर्मीलाई एउटै घानमा राखेर भन्न खोजिएको कदापि होइन । संञ्चारकर्मीको धर्म पालन गर्नेहरु तर्सनु पर्दैन ।
संञ्चारकर्मी पथभ्रष्ट भयो भने देश कतातिर जान्छ ?कतिपय संञ्चारकर्मीले पत्रिकामा लेखौ कि भन्दै केही लाभ लिने र आफ्नो निहित स्वार्थसंग सम्बन्धित काम पटाउने पनि गर्दा हुन् । कुनै संञ्चारकर्मीहरु पार्टीका झोले पनि छन् । आफ्नो पार्टीको समर्थकले अन्यापूर्ण काम गरेको छ भने पनि उसलाई सत्जन् व्यक्ति हो भनेर पत्रिकामा लेख्ने, समाजमा सांस्कृतिक विचलन ल्याउनेलाई मिडियाका माध्यमबाट भाइरल बनाइदिने, शीर्षक एउटा राख्ने र पेटबोली आर्कै बनाउने, कुनैको अनावश्यक तरिकाले बदनाम गर्ने, कुनैको अनावश्यक प्रशंशा गर्ने, सत्यतथ्यको अबलोकन नगरी सुनेको भरमा लेख्ने, उल्लू, सिल्ली, बौलाहा, सन्काहा, छाडा, अराजक व्यक्तिहरुलाई सत्य–तथ्य नबुझी भाइरल बनाइदिने, सत्ताको चाकडी गर्ने नियतले मन्त्रीले आफ्नो करेसाबारीमा गएर तरकारीको अबलोकन गरिबक्सियो भन्ने जस्ता समाचारहरु सम्प्रेषण गर्दा देश र जनतालाई कस्तो फाइदा होला ?बर्तमान स्थितिमा मिडियाकर्मीहरुमा जासूसी प्रथा निकै मौलाएको स्थिति छ । मिडियाकर्मी हुँ पनि भन्ने र आर्कोतिर जासूसी कलो पनि खाने कतिपय मिडियाकर्मीहरु पनि छन् । यी जासूसी कलेहरुको पनि विभिन्न तह छ । एउटा थरी स्वदेशीय कले छन् भने आर्को थरी विदेशी कले छन् । विदेशी दुई कौडीका कलेहरुले कुनदिन देशै बर्बाद गर्छन् , थाहा छैन । यिनीहरु प्रति कडा निगरानी गर्नु जरुरी छ । तर स्वदेशीय जासूसहरुले पनि मिडियाको ओत लागेर समाज भाड्न पाइदैन् । यसबारेमा पनि पत्रकार महासंघले बेलैमा होस पु¥याउन जरुरी छ । यसका निम्ति पत्रकारितामा शुद्धीकरण आन्दोलनको जरुरी छ । कुन चाहि बास्तविक इमान्दार मिडियाकर्मी हो र कुन चाहि नक्कली हो भन्ने बारेमा सम्बन्धित निकाय सचेत हुनु पर्दछ ।
यहाँ मिडियामा लिइने अन्तर्वार्ता विषयमा पनि केही भन्नु पर्ने देखिन्छ । कतिपय पत्रकारले पक्ष–विपक्ष खडा गरेर स्टुडियोमा नै मुक्का हानाहानको स्थिति सिर्जना गर्दछन् । कुनै–कुनैले पक्ष–विपक्ष हैसियत नमिल्ने गरी वादविवाद गराउदा झगडा हुने र कुनैले त स्टुडियो नै छोडेर जाने स्थिति हुन्छ । कुनै–कुनै पत्रकारले एउटा प्रश्न सोध्यो, त्यसको जवाफ नआउँदै आर्को सोधि हाल्ने गर्छन् । जागिरको निम्ति अन्तर्वार्तामा जाँदा जस्तो गरिन्छ, त्यस्तै गरिन्छ, प्रश्नमाथि प्रश्न सोध्दै ।क्रषि धमलाले यस्तै गरेको देखिन्छ । प्रश्नकर्ताले उत्तरकर्तालाई मिजासिलो ढंगबाट, उसको प्रोटोकललाई ध्यानमा राखेर, झर्को–फर्को नमानी, एक प्रश्नको जवाफपछि अर्को प्रश्न सोधे मात्र देख्ने र सुन्ने मानिसलाई पनि चासो हुन्छ । तर अनचिनारु कुकुर भेट भए जस्तो गरी मिडियामा पेश भएपछि श्रोता–दर्शकले कस्तो मुल्याङ्कन गर्लान ? सभ्य, शालीन तरिकाले मिडियामा पेश हुने वातावरणको विकास गर्नु प्रत्येकसंञ्चारकर्मीको कर्तव्य हो । अपराध अभियोग लागेको मानिसलाई प्रहरीले केरकार गरे जस्तो गरी अन्तर्वार्ता लिनु पटक्कै राम्रो होइन र यस्तो तरिकाले स्वयम् मिडियाकर्मीको पनि स्तरीयतामाथि प्रश्न चिन्ह तेर्सिन्छ । यसकारण पत्रकारितालाई मर्यादित बनाउन विशेष ध्यान दिन पर्ने देखिन्छ । जनतालाई सु–सूचित गर्ने नाममा ताई न तुईका कुरा, उरुन्थ्याउले कुरा, जनतासंग सरोकार नभएका कुरा, जनचेतना प्रदान गर्न नसक्ने कुरा आदि स्तरहीन कार्यक्रम पस्केर मिडियाकै बदनाम गर्ने काम नगरियोस । कुनै पनि देशको बौद्धिकता, नैतिकता, शालिनता, सभ्यता, संवेदनशलिता, गाम्भीर्यता मिडियाकै माध्यमबाट मापन हुन्छ । यसकारण बदनाम हुने काम कोही कतबाटै नहोस् ।
हुन तः युटुब, फेसबुक, ट्वीटलाई पनि संञ्चारको सशक्त माध्यम मानिएको छ । अधिकांश मानिसहरु यही संञ्चार माध्यममा व्यस्त देखिन्छन् । यसको सरकारी निकायमा दर्ताको व्यवस्था छैन । यो माध्यमबाट भिडियो प्रदर्शन गर्दै आएको अवस्था छ । तर कतिपय भिडियोहरु ज्ञानवर्धक, मनोरन्जनात्मक पनि छन् । तर केही भिडियोहरु निहित स्वार्थपूर्तिको लागि, सांस्कृतिक विचलनको निम्ति, कुनैलाई अर्थ विना नै भाइरल बनाउन प्रदर्शन गरिएका हुन्छन् । कतिपय तथ्यहिन असत्य समाचार पनि प्रसारण गरेका हुन्छन् । तर यो सामाजिक संञ्चारको माध्यमलाई छाडा हुनबाट बचाउन पर्दछ । कुनै न कुनै ढंगबाट पत्रकार महासंघको अम्रेला भित्र राखियो भने यसले मिडियाकर्मीको आचार संहिता पालना गर्ने छ र यो मिडिया पनि मर्यादित विश्वास लाग्दो हुने छ भन्ने आशा गरिन्छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top