सोमवार, कार्तिक ३, २०८३ | Monday 19th October 2026

जिउँदो मानिस वन्ने प्रयास होस् ।


देशलाई दुखेको बेला तिम्रो मुटु छुदैन भने, आमा रोएको बेला तिम्रो आँखा रसाउदैन भने, तिम्रो आफ्ना चेलीहरु बलात्कार हुँदा तिमीमा आक्रोश उत्पन्न हुँदैन भने, आफन्तलाई भेलले बगाएर लैजादा, पहिरोमा पुरिएर मृत्यु वा बेपत्ता हुँदा, थुप्रै–थुप्रै देशबासी घरबार विहीन हुँदा, थुप्रै दाजुभाइ, दिदीबहिनीलाई कोरोनाको माहामारीले चट्टक चुँडेर लैजादा तिमीमा कुनै संवेदना, चिन्ता, दयामाया, सहयोग, दान केही हुँदैन र यसप्रति तिम्रो मन कटक्क खादैन भने, तिमी आफै भन तिमी आखिर मान्छे हौ कि के हौ ? तिमी मान्छेको स्वरुप पाएको मान्छे त भन्नु नै प¥यो तर खास जिउदो मान्छे भन्न सकिदैन । तिमी जिउदो मुर्दा, तिमी सिनो, तिमी मान्छेको रुपको कलंक बाहेक तिमी के हौं ? तिमी मान्छेको अरु मान्छेसंगको साइनो कसरी खुट्याउने ?गाह्रो छ, तिमीलाई मान्छे भित्रको मान्छे भन्नलाई । तर बुझ्नेले पनि नबुझेपछि फेरि तिमीलाई मान्छेकै पंक्तिमा उभ्याएका छन् र त तिमी मान्छेको कारण साच्चै मान्छेको पनि बदनाम भएको छ । मान्छे भनेका त्यस्तै त हुन्–तिम्रो उदाहरण दिदा, साच्चै नै मान्छे भित्रको मान्छेको मन कटक्क काटिन्छ । लाग्छ, साच्चै मान्छेले आपूmलाई किन मान्छे भए हुँला भन्ने महसुस गर्दो हो । विवशता, यहाँ यस्तैको वीचमा साच्चै मान्छेले आपूmलाई उभ्याउन परेको छ । यस्तै अर्थहिन मानिसको माझ, यस्तै संवेदना शून्य मानिसको माझ, उस्तै विवेकहीन मान्छेसंग, यस्तै–यस्तैको आदेशमा, यस्तै–यस्तैको खटन–पटनमा, यस्तैले जता डोरायो उतै डोरिदै, लाग्छ, यस्तो पनि जीवन जीउनु पर्दो रहेछ, यसरी पनि मानिस मानवशून्य पाखोमा आपूmलाई उभ्याउनु पर्दो रहेछ । यसैले त विरक्त लाग्छ, जीवन जीउनुको अर्थ खोज्दै जादा ।
विरक्त मात्र होइन यहाँ घृणा उर्लेर आउँछ । विद्रोहको आगो उठ्छ मुटुको माझबाट । कुमान्छेहरुको चालढाल देखेर । लाज नभएका नकचराहरु ! रोममा आगो लागि हुँदा त्यहाँका राजा निरोे बाँसुरीको धुनमा रमाउदै गरेको इतिहासमा पढिन्छ । त्यस्तै छन् यहाँका कुमान्छेहरु, जसले देश डोराएका छन् । यिनीहरुको उपस्थिति लौ कहाँ छ ?जलमग्न तराई क्षेत्रमा छ कि, कोरोना माहामारीबाट पीडित कहाँ छ कि, बाढी पीडित कहाँ छ कि, बाढी र पहिरोबाट ज्यान गुमाएका परिवारजनमा छ कि, कहाँ छ त उपस्थिति ? नेपालको नयाँ नक्सा जारी गरिसकेपछि पनि इन्डियाले नेपाली भूमि विभिन्न ठाउँमा अतिक्रमण गर्दै आएको, सीमानामा गाडिएका सीमा पिलरहरु उखेल्दै आएको, सीमामा खटिएका सुरक्षाकर्मीलाई भारतीय पक्षबाट हतियार सहित हमला गरिरहेको अहिलेको अवस्थामा यहाँको सरकार, यहाँका विभिन्न पार्टीहरुको उपस्थिति तथा यसबारेको प्रतिक्रिया केही देखिदैन । मधेशको ठेक्का लिएका मधेशवादी नेताहरु कोही केही बोल्दैनन् । यस्तो पीडाको घडीमा, देश चिथोरिरहेको अवस्थामा केही नबोल्ने, केही नगर्ने, जनतालाई दुःखमा काम नदिने यस्ता नेता र यस्तो सरकार किन चाहियो ?जनता ठूलो हो कि सरकार ठूलो हो ?यिनीहरु त अहिले कुर्सी तानातानको खेलमा व्यस्त छन् । कसले कुर्सी ओगट्ने र ठूलो भाग ओकर्ने–यही चक्कर छ यिनीहरुलाई । यस्ता लोभी, पापी, स्वार्थीबाट देश र जनताको के सुरक्षा हुन्छ त ? के यस्ता व्यक्तिहरुले संमृद्ध नेपाल बनाउँछन् ? के यस्ताले देशलाई अतिक्रमणबाट जोगाउछन् त ? जनताहरुले यी अहं प्रश्नहरुको जवाफ खोजिरहेका छन् । एकैछिन् तिम्रै कुर्सी खेलकै कुरा गरम–वलीले देश चलाउन सकेनन्, प्रचण्डलाई देश चलाउने जिम्मा दिनु पर्छ, प्रचण्डले सकेनन् माधबलाई दिनु पर्छ, माधबले सकेनन्, झलानाथलाई दिनु पर्छ, झलानाथले सकेनन् भने सेरबहादुरलाई देश चलाउन दिनु पर्छ । यी चार, पाँच जनाले आलोपालो गरी देश चलाउने रे । देश चलाउने साँचो यी चारपाँच जनासंग मात्र छ । यिनीहरुको वीचमा कुरो मिल्यो भने मिल्यो, मिल्यो । अरु प्रतिनिधि सभाका सदस्यहरु र राष्ट्रिय सभाका सदस्यहरुको के काम छ ?के यिनीहरु भरियाहरु हुन् ? के तिनीहरुको केही भूमिका हुुुँदैन ?हुन्थ्यो, तर हुँदैन । चारपाँच जना मालिकले अरुलाई भरिया जस्तै गराएर डोराइरहेका छन् । अब भनौ वलीको सट्टा प्रचण्ड, प्रचण्डको सट्टा माधब, माधबको सट्टा झलनाथ, झलनाथको सट्टा सेरबहादुरलाई प्रधानमन्त्री बनाएपछि हुन्छ के ?यि सबै त धेरै पटक प्र.म. भएकै हुन् । गरे के ?अब गर्छन के ?कुमालको हाँडी बनाउने मशिन उही नै छ भने कुमाल फेरेर मशिन नफेर्ने हो भने अर्को कुमालले पनि त्यही मशिनबाट त त्यस्तै प्रकारको हाँडी बनाउँछ । यो कुरा त पक्का हो । त्यस्तै दलाल पूँजिवादी व्यवस्थाको मशिनमा व्यक्ति फेरिदैमा आर्कै हुन्छ भन्नु अत्यन्तै ढाँट कुरा हो ।
बाहाना बाजी त अनेक हुन सक्छन्–प्रतिपक्षले काम गर्न दिएन, आफ्नै पार्टीबाट पनि सहयोग पाइएन, छोटो अबधि मात्र सत्ता समालियो आदि–आदि । यहाँ ६, ७ कक्षामा पढेको ‘जिउदो मान्छे’शीर्षकको कथाको याद दिलाउन चाहन्छु । “मरेको मान्छे मात्र ल्याउने ग¥यौ, अब जिउदो मान्छे ल्याउन प¥यो भनेर यमराजले शन्ड, प्रचण्डलाई आदेश दिए र उनीहरुले जिउदो मान्छे यमराज कहाँ पुराए । उसको पाप पुण्य जाँच गर्दा एकदिन मात्र उसले धर्म गरेकोले एकदिन उसलाई स्वर्ग बस्ने अवसर मिल्यो । एकै दिन त हो नि भनेर यमराजले उसलाई एकदिनको लागि उसले जे चाहना गर्छ त्यो दिने भनेपछि जिउदो मानिसले आपूm एकदिनको लागि राजा हुने अनुरोध ग¥यो । उसको अनुरोध स्वीकार गरी उसलाई एकदिनको निम्ति राजा बनाइयो । राजा भएपछि उसले तेल तताउने आदेश ग¥यो र तातेर उम्लेको तेलमा शण्ड, मुण्ड, प्रचण्ड र यमराजलाई त्यसैमा राखेर मार्ने आदेश दियो । अब त फसाद प¥यो भन्ने ठानेर यमराजले हात जोडेर विन्ति गरे” महाराज ! तपाईलाई हामी तपाईकै मत्र्यलोकमा पठाउछौं, हामीलाई नमार्नुस ।” यति भनेपछि जिउदो मान्छेले स्वीकार ग¥यो र उसलाई स–सम्मान मत्र्यलोकमा ल्याइयो । यो कथाले के शन्देस दिन्छ भने जिउदो मान्छेले एकैदिनमा पनि ठूलै काम पो गर्दो रहेछ । समय अबधि छोटो भयो, गर्नसकिएन, भन्ने कुरो जिउदो मान्छेमा लागू हुँदैन । छोटै अबधिमा पनि विभिन्न कठिनाइको बावजुद पनि जिउदो मानिसले त महत्वपूर्ण काम गरिहाल्छ । यर्सैले यहाँ जिउदो मानिसको जरुरत छ । हिम्मती मानिसको जरुरत छ । हिम्मत छ भने व्यक्ति फेर्नु भन्दा विद्यमान परिपाटी फेरेर जिउदो मानिस बन्ने प्रयास होस् ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top