मङ्लबार, कार्तिक ४, २०८३ | Tuesday 20th October 2026

जाँड, रक्सी के हो ?


जाँड र रक्सी बनाउने प्रविधि संसारमा सबै भन्दा पहिले ई. पू. १५० बर्ष पहिले इटलीका वैज्ञानिक मार्कस क्याटोले आफ्ना समकक्षी साथीहरु समक्ष आफ्नो नयाँ खोज र अनुसन्धानको प्रतिवेदन पेस गरेका थिए । त्यसैको आधारमा संसारभरका सबै जाँडरक्सी व्यावसायीहरुले नयाँ प्रविधि र सिपको विकास गर्दै गाउँघरको जाँड र तुम्बाबाट नसा(लागु पदार्थ)को रुपमा खान सुरु गरेका व्यवसायीहरुले रक्सीको विकास गर्दै अहिले आएर रक्सीको विकसित रुप बियर, बा्रण्डी, जीन, रम, ह्विस्की, रेडवाइन, सेतोवाइन, भर्जिन, सिग्नेचर, बल्याकलेभल, रोयालस्टक जस्ता गनि नसक्नु अनगिन्ति रक्सीका विकसित विभिन्न रुपहरु शहर बजारको डोकानहरुमा छेयापछेयाप्ति पाईन्छन् । रक्सीको वैज्ञानिक नाम ईथायल अल्कोहल हो । गाउँ घरमा रक्सीको आमा जाँडलाई भन्छन् किनभने सुरुमा जाँडलाई बफाएर त्यसको वास्प(पसिना) निकालेर नै रक्सी तयार पारिन्छ ।
जाँड बनाउदा मकै, कोदो, गहुँ, जौ, चामलको कनिकाको प्रयोग गरिन्छ भने फलफुलहरुमा स्याँउ, केरा, आरु, आरुबखडा, आँप, लिचि, अर्थात मान्छेले खान हुने सबै फलफुलको प्रयोग गर्न सकिन्छ । यतिमात्र फरक छ अनाजलाई पकाइन्छ भने फलफुललाई पकाइदैन । सिधै ओखती (मोर्र्चा) संग मोलिन्छ । जाँडमा राख्ने ओखती (मोर्चा) बनाउनको लागि जंगलमा पाइने विभिन्न किसिमका वानस्पतिक विरुवाहरु–मझेरी, कुरीलो, डोरीफुले, तोरीफुले, भोकटे, बाँघजुगे, तुलोडण्डी जस्ता मण्डगतिमा शरीर र मनलाई उत्तेजित गराउने एक किसिमको स्लोपोइजनको रुपमा काम गर्ने विषादी विरुवाहरुको मिसावटबाट जाँड बनाउने ओखती(मोर्चा) तयार पारिन्छ । यो ओखती(मोर्चा) तयार पार्दा कोदाको पिठो वा चामलको पिठोलाई माथि उल्लेखित वानस्पतिक विरुवाहरु मध्धे एउटालाई कुटेर मसिनो पारी मिसाएर पानीसंग मुछनु पर्छ । मुछेपछि डल्ला पारेर त्यस डल्ला पारेको पिठोको बाहिरी भागमा जोरनको रुपमा पुरानो ओखटी(मोर्चा)को ढुलो छर्कि दिनुपर्छ । यसरी तयार पारेको ओखतीको डल्लोलाई पराल अथवा खरमा नखप्टाई एक–एक गरेर चाज्नुपर्छ ।
यसरी चाजेको ओखती(मोर्चा) को डल्लोलाई माथिबाट खर वा परालले छोप्नुको साथै कपडाहरु सिरक अथवा बर्कीले न्यानो हुने गरी छोपि दिनुपर्छ । छोप्नुको कारण त्यसलाई तापक्रम दिनु हो । जव पराल र कपडाले छोपेको दुई अथवा तीन दिन हुन्छ । त्यस ओखतीको तापक्रम १०० डिग्री फरेन्हाइट देखि लिएर १०३ डिग्री फरेन्हाइटसम्म पुग्न जान्छ । जसलाई गाउँले भाषामा ओखती(मोर्चा)लाई ज्वरो आएको पनि भनिन्छ । यसलाई ज्वरो आउनुको परिणाम हो, अव ओखती अत्यान्तै राम्रो बनेको छ भन्ने जानउछ । ओखतीलाई जव ज्वरो आउँछ, त्यसले अत्यान्तै सेतो रुप धारण गर्छ । यसरी ज्वरो आई सेतो रुप धारण गर्नुको कारण हो, ओखती(मोर्चा) अव राम्रो बन्दैछ भन्ने लक्षण हो । ओखतीलाई पराल वा खरले छोपिसकेपछि जवसम्म त्यसमा ज्वरो र सेतो चिन्ह आउदैन तवसम्म दिनको दुईपटक मुनिको भाग माथि माथिको भाग मुनि पर्ने गरी फर्काउने गर्नुपर्छ । यसरी पराल, खर र कपडाले छोपेको ५ देखि ७ दिनको विचमा त्यो ओखती जाँड बनाउनको लागि योग्य भैसकेको हुन्छ ।
यसरी तयार भएको ओखती(मोर्चा)लाई पराल,खर,कपडाबाट बाहिर निकालेपछि अन्य भाडोमा सुरक्षितसाथ राखिन्छ । जुन ओखती बनाएको १ बर्षदेखि लिएर २ बर्षसम्म जाँड बनाउन योग्य हुन्छ । जाँड बनाउदा फलफुलबाहेक जुनसुकै अन्न अनाजलाई राम्ररी पकाइन्छ । पकाएपछि त्यसलाई पलास्टिकको बोरीमा फिजाई सेलाएर १०० डिग्री फ. तापक्रममा झारिन्छ र चारपाथि अन्नअनाज बराबर १ वटा ओखती पिसेर धुलो बनाई त्यहि पकाएको अन्न आटो,ढिडो,भातमा सबैलाई बराबर पुग्ने गरी छरिन्छ र त्यसलाई फेरी पलास्टिकको बोरी अथवा चामल खर्च राख्ने ढक्कि(ढक्के) धेरै भएमा थुन्से अथवा डोकोमा चापेर राखिन्छ, जसलाई ओथारो मोल्ने र मोलिसकेपछि ओथारो राख्ने पनि भनिन्छ अर्थात भाडोमा राख्ने । यो राखेको ठिक गर्मीको समय भएमा तीन दिन जाडोको समय भएमा पाँच दिनको हल्का खान योग्य हुन्छ । यसलाई पनि राखेको ३–५ दिनको विचमा ओखतीको कारणले अत्यान्तै ज्वरो आएको हुन्छ । जसले जाँड राम्रो बन्दै छ भन्ने लक्षणहरु देखाउँछ । तर यहाँ विचारणीय कुरो के छ भने ज्वरो आउँदैमा जाँड राम्रो हुन्छ भन्ने कुनै ग्यारेन्टी हुदैन । जाँड राम्रो हुने र नहुने सबै ओखतीमा भर पर्छ भने त्यसभन्दा अझ विचार पु¥याउनु पर्ने कुरो त के भने ओखती(मोर्चा) बनाउने देखि लिएर खानयोग्य रक्सी बनाउदासम्म सबै बाह्यि वातावरण तापक्रममाथि भर पर्छ । जो बनाउने व्यवसायीक मान्छे हो त्यसले वाह्यि बातावरणीय तापक्रमसंग परिचित हुन सकेन भने जाँड रक्सी विग्रने मुख्य कारण नै त्यहि हो ।
यसरी तयार भएको जाँडको कलिलो अवस्थालाई ओथारो भनिन्छ, जुन ओथारो खानको निम्ति तयार भएर राम्रो गन्ध दिन थाल्छ, त्यसलाई ओथारो उठेको भनिन्छ । ओथारो उठेको ३–५ दिन विचमा घैटोमा राखिन्छ । घैटोमा राखेको १० दिन देखि लिएर रहेसम्म कैयौं महिनासम्म खान योग्य हुन्छ भने त्यसै मध्धे अझ कोदाको जाँड रक्सी अत्यान्तै प्रसिद्ध छ । कोदाको जाँड घैटामा राखेको १० दिन देखि लिएर तीन बर्षसम्म खान र रक्सी पार्न योग्य भएको कुरा गाउँघरका पुराना जिनापाका आमाबुबाहरु र विज्ञहरु बताउछन् । कतिपय गाउँघरका मान्छेहरु यसलाई औषधीको रुपमा पनि प्रयोग गर्छन । सुत्केरी भएको बेलामा हल्का रुपमा खुवाउने र सुत्केरीलाई कोदाको रक्सी थालीमा राखेर त्यसैमा बसाउदा रहेछन् । बसाउनुको कारण घाउँ नपाकोस भनेर बसाइदो रहेछ । जसले एन्टीवायोटिकको काम गर्दोरहेछ । कोदाको जाँड रक्सीलाई सर्दी गर्मी विग्रेकोमा पनि प्रयोग गर्दा रहेछन् र हात खुट्टा दुखेमा त्यसैले मालिस गर्दा रहेछन् , यसको कारण यसले मलहमको काम गर्दोरहेछ
रक्सी पिइरहने मान्छेलाई गाउँसमाजमा नराम्रो दृष्टिले हेर्छन । तर यो धुर्व सत्य कुरो हो, धेरै जसो जसले धेरै रक्सी पिएर अनुभव गरेको छ, त्यहि व्यक्तिले उसको विगतको छवि सुधार्नको निम्ति अर्को रक्सी खाने मान्छेको खिल्ली उदाइराखेको हुन्छ । रक्सी नखाने भनेर बनाएको होइन, खाने भनेर बनाएको हो तर हामी रक्सी खानेहरुमा पनि थुप्रै गल्ति कम्जोरीहरु छन् । हामीले खाएर दुःख पाएका छैनौं, खान नजानेर दुःख पाएकाछौं । धेरै खाने हो भने त आटो, ढिडो, दालभात, तरकारी, सागसब्जि, माछामासु, फलफुल सबैले असर गर्छ । यो त सबैले जानेकै कुरो हो । तै पनि किन हामीले हाम्रो मन बाँध्न सक्दैनौं । यहिनेर हाम्रो गल्ति छ । जाँड रक्सी खाने भन्ने कुरो एउटा नसा हो । संसारभरका अरवौं मान्छेहरुको अरवौं आ–आफ्ना स्वभावहरु छन् । कोहिले जाँड रक्सी खादैन तर उसलाई जाँड रक्सी भन्दा कैयौं गुणा खतरनाक जुवातास र रण्डीबाजि जस्ता कामहरु नगरेमा उनीहरुलाई रातमा निद्रा लाग्दैन, दिनमा भोक लाग्दैन । कसैले जाँड रक्सी खादैन, तर उसलाई एकपटक त्यो रोग लागेमा जीवनबाट सधैको निम्ति हात धुने क्यान्सर जस्तो खतरनाक रोगलाई निम्त्याउने चुरोट, विडी, सुर्ती , खैनी खान्छन् । जुवातास, रण्डीबाजी, गर्नेहरु र चुरोट, विडी, सुर्ती, खैनी खानेहरुले जाँड र रक्सी खानेलाई अति घृणा गर्छन तर स्वयम् आफूहरु जडेहाभन्दा ठुलो भलखाडोमा गएको थाहा हुदैन । जाँड रक्सी खाएर भुक्त्तभोगी भएका विज्ञहरु भन्छन्–“ जाँड रक्सी खानको लागि ५ वटा “ क ” को प्रयोग गर्नु पर्छ । ती हुन्– कहिले खाने, को संग खाने, कति खाने, कुन समयमा खाने, कहाँ खाने ” । यहि कुरोलाई हामीले मनन् ग¥यौं भने हाम्रो मान सम्मानमा पनि धक्का लाग्दैन । धेरै धन पैसा पनि खर्च हुदैन । स्वास्थ्यलाई पनि खराव गर्दैन । तर हामी खानेहरुको यो विवेक कहिले आवस !
जाँड रक्सी नखानेको भन्दा खाने मान्छेको औसत आयु १२ बर्ष छोटो हुन्छ भनेर विज्ञहरु बताउछन् । तर हामी जानि–जानि त्यसैको साथ गर्छौ र अकालमा काल निम्ताइरहेका छौं । जाँड रक्सी खाएपछि परको त जतासुकै जावस आफ्नै जीवनसंगिनीको हेला भइन्छ, छोराबुहारी, छोरीज्वाइ,ना–नातिना, छरछिमेक, संगीसाथी, साहुमाहाजन, सबैको अपमान सहनु पर्छ । जाँड रक्सी खाने जडेहाहरुले गर्दा उसको घरदेखि लिएर परसम्मको काम त विग्¥यो–विग्¥यो, गाउँसमाज, कार्यालय, शिक्षण संस्था, यातायात, विवाहा, पुजाआजा, सैसभा, सामाजिक कार्य जस्ता महत्वपुर्ण कामहरुमा पनि क्षति पु¥याई राखेको हुन्छ । जाँड र रक्सी खाने मान्छेहरुको हातखुट्टा अनुहार कहिले राम्रो हुदैन । शरीरभरी घाउँ, चोटपटक, टुटफुट भएको देखिन्छ भने उसको भित्री सोचविचार पनि राम्रो हुदैन, उसको मनभित्र कहिले सकारात्मक सोचले बास गर्दैन । सधैभरी नकारात्मक सोच बोकेर हिडेको हुन्छ । उसको जीवनको कुनै लक्ष्य हुदैन । उसको घर र गाउँसमाजमा सधैको लागि झगडाको विउ रोपिन्छ । घरको आर्थिक अवस्था तहसनहस भएको हुन्छ । जाँड रक्सी खाएर उसले जतिसुकै राम्रो काम गरोस, तर कसैले विश्वास मान्दैन । उ नखाएर लडोस, खाएर लडेको हो भन्छ । उ जतिसुकै इमान्दार होस, बेइमान हो भन्छ । जाँड रक्सी पेट र आन्द्रामा केहि नबदलिकन सोशित हुन्छ । सबैभन्दा पहिले यसले केन्द्रिय स्नायुप्रणालिमा असर गरी त्यसपछि मुटु र कलेजोमा असर गर्न पुग्छ । शरीरमा भिटामीन र प्राटीनको मात्रालाई क्षति पु¥याइदिन्छ । रक्ताल्पता, सुगर, यौनक्रियामा सिथिलता, बाँथरोग, छालामा जटिलता, आँखामा असर, पेटमा गडबडि जस्ता अनेक रोगहरु निम्त्याउछ । रक्सी खाएको ५ मिनेटमै रगतमा पुग्छ । ३०–९० मिनेटमा पुरै शरीरभर फिजिन्छ र उसले मान्छेलाई उसभित्र भएको चारित्रीक अवगुणहरु पोख्न लगाउँछ । १००० एम.एल. जाँड रक्सीमा ७ क्यालोरी शक्ति पाइन्छ ।
शरीरमा १ एम.एल.–१०० एम.एल. रगतमा जाँड रक्सीको मात्रा यसरी बढ्यो भने यसरी असर गर्छ, जुन यस प्रकार छ–(१) १एम.एल रगतमा ३० एम.एल. जाँड रक्सी छ भने अलि हर्ष खुसी गराउँछ । (२) १०० एम.एल. रगतमा ५० एम.एल. भएमा सामान्य हिडडुलमा गडवड देखिन्छ । (३) ५० एम.एल रगतमा १०० एम.एल. जाँड रक्सी भएमा देख्ने गरी खुट्टो लटपन्छि । (४) १०० एम.एल. रगतमा २०० एम.एल. जाँड रक्सी छ भने मानिस झुम्म परेको र कुनै पनि चिज विर्सने गराउँछ । (५) १०० एम.एल. रगतमा ३०० एम.एल. जाँड रक्सी छ भने मानिस पुरै ढल्ने हुन्छ । (६) १०० एम.एल. रगतमा ४०० एम.एल. जाँड रक्सी छ भने मान्छे गहिरो निद्रामा पर्ने र मृत्यु समेत हुन्छ ।
हामी अगाडिका पिडीले जानिनजानि जे गल्ति ग¥यौं, यी हाम्रा गल्तिहरुबाट आगामी पिडीका युवाहरुले राम्रा पाठहरु सिक्दै जाँड रक्सी जस्तो समाज भडुवा चिजसंग संगत नगरेर आफ्नो घर, गाउँसमाज, देश र जनताको निम्ति राम्रा विचार राम्रा सोचहरु लिएर यस्तो कुलतमा नफस्ने अनुरोध गर्दै यो आलेख वन्द गर्दछु !

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top